बिजनेस बैंकिंग

बिजनेस बैंकिंग

बिजनेस बैंकिंग
आफ्नो व्यापार / व्यवसायलाई सफलताको नँया उचाईमा पुर्याउनुहोस

प्रत्येक व्यापार/ व्यवसाय एक नँया सोचबाट प्रारम्भ हुन्छ। यदि यस्तो सोँचलाई उचित ढंगले मलजल गरियो भने भविष्यमा यसले अवश्य मिठो फल प्रदान गर्नेछ। यसै सन्दर्भमा तपाईको व्यापारिक/व्यवसायिक सम्भावनाहरुलाई सफलतामा परिणत गर्न स्टाण्डर्ड चार्टर्ड बैंकले तपाईलाई पूर्ण साथ दिनेछ।

रिटेल, ट्रेडिंग, उत्पादन वा सेवा जुनसुकै क्षेत्रसंग तपाई सम्बन्धित भएपनि हामी तपाईको सम्वृद्धि र सफलताको लागि कटिवद्ध छौ। हाम्रो १५० वर्ष लामो अनुभव एवं व्यापक विश्वव्यापी संजालको परिचालन गर्दै हामी तपाईलाई उत्कृष्ट भन्दा उत्कृष्ट वित्तिय सेवा, सुविधा र सुझाव प्रदान गर्दछौ।

उपलब्ध सेवाहरु
बिजनेस प्लस खाता

स्टाण्डर्ड चार्टर्ड सदैव तपाईको व्यवसायिक/व्यापारिक आवश्यकता र आकांक्षा परिपूर्ति गर्न कटिवद्ध छ। यसै कटिवद्धता अनुसार हामी सहर्ष प्रस्तुत गर्दछौ बिजनेस प्लस खाता। तपाईको व्यापार/व्यवसायको प्रगति र उन्नतिको लागि यो नँया प्रकारको निक्षेप खाता सहायक सिद्ध हुनेछ।

बिजनेस प्लस खाताका साथ पाउनुहोस निम्न उल्लेखित फाइदाहरु :

  • रु.१,००,००० लाखको न्यूनतम मौज्दात
  • रिभर्स स्विपको माध्यमबाट ब्याजदर प्रदान गरिने
  • अन्य सहुलियत र छुटहरु
  • गुड फर पेमेन्ट दस्तुर केवल रु.१५०
  • सीओएस र नेपाल राष्ट्र बैंकको चेक जारी शुल्क केवल रु .१५०
  • बिजनेस प्लस खाता खोलेका ग्राहकहरुलाई सहुलियतपूर्ण सटही दर (परिमाणको आधारमा आपसी समझदारीद्वारा दर तोकिने )
  • विगत ६ महिनादेखि रु. १०,००,००० बराबरको निक्षेप जम्मा गर्ने खातावालहरुलाई विना शुल्क क्रेडिट कार्ड
  • नि: शुल्क जुनसुकै शाखाबाट बैंकिंग सुविधा
  • नि: शुल्क शुल्क ई-स्टेटमेन्ट
  • नि: शुल्क चेकबुक
  • शिघ्र भुक्तानी सेवा प्रति कारोबार रु.१००
  • शिघ्र संकलन सेवा प्रति कारोबार रु.१००
  • Straight2bank को लागि विशेष दर -तपाईको कार्यालयमा भर्चुअल बैंकिङ
  • भर्चुअल खाताको लागि विशेष दर – भारतबाट छिटो र सरल रकम स्थानान्तरण
कर्जा सम्बन्धि सुविधाहरु
  • ओभर ड्राफ्ट
  • छोटो अवधिको कर्जा
  • डिमाण्ड कर्जा
  • आवधिक कर्जा
  • प्रतित पत्र
  • आयात कर्जा
  • निर्यात कर्जा
  • बैंक जमानत
फाइदाहरु

तपाईको स्वदेश वा विदेशमा अवस्थित व्यापार/ व्यवसायको लागि समुचित सेवा र सहयोग

  • व्यापारिक कारोबारमा सहुलियतपूर्ण शुल्क
  • हाम्रो अन्तर्राष्ट्रिय संजाल र व्यापार/वाणिज्य सम्बन्धि विज्ञताको विशेष लाभ
  • हाम्रो रिलेशनसिप मेनेजरहरुद्वारा व्यावसायिक सुझाव र सेवाहरु

प्रचलित व्याज दरहरुको अधिक जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोसप्रचलित व्याज दरहरुको अधिक जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस

अन्तरदेशीय समाधान

अन्तरदेशीय समाधान
  • अन्तर्राष्ट्रिय संजाल
  • प्रतिवद्ध रिलेशनसिप मेनेजरहरु
  • स्टाण्डर्ड चार्टर्डका संजालको सुविधा लिनुहोस
  • विश्वव्यापी विदेश विनिमय कारोबार

व्यापार विस्तार कर्जा

व्यापार विस्तार कर्जा
व्यापार संचालन पुँजी

तपाईको व्यापार विस्तारमा सहयोग गर्ने उद्देश्यले स्टाण्डर्ड चार्टर्डका नेपाल प्रस्तुत गर्दछ विभिन्न कर्जा सम्बन्धि सुविधाहरु जस्तै आयात/निर्यात कर्जा , छोटो अवधिको कर्जा , आवधिक व्यापार कर्जा आदि। आवधिक व्यापार कर्जाको चुक्ता अवधि अधिकतम पाँच वर्षको हुनेछ ।

व्यापार संचालन पुँजी

व्यापार संचालन पुँजी

तपाईलाई व्यापार संचालनको लागि आवश्यक पुँजीको प्रत्याभूति गर्न स्टाण्डर्ड चार्टर्ड नेपाल प्रस्तुत गर्दछ विविध सुविधाहरु जस्तै प्रतित पत्र, आयात कर्जा (जरुरी भुक्तानीको लागि) र निर्यात कर्जा (निर्यात प्रक्रिया पूर्व र पश्चात) । यसको अलावा हामी प्रदान गर्नेछौ कागजाद संकलन, कागजादको आधारमा नगद, कागजादको आधारमा भुक्तानी, ऋण पत्र, बैंक जमानत आदि।

मुख्य विशेषताहरु
  • विस्तारित अन्तर्राष्ट्रिय उपस्थिति
  • अनुभवी रिलेशनसिप मेनेजरहरुद्वारा सेवा
  • विदेशी विनिमय सम्बन्धि विश्वव्यापी सेवा
  • स्टाण्डर्ड चार्टर्डकोअन्तर्राष्ट्रिय सन्जालको फाइदा उठाउहोस्
ट्रेड सर्भिस काउन्टर अवस्थित रहेको स्थान

स्टाण्डर्ड चार्टर्ड नेपाल लिमिटेड

मदन भण्डारी मार्ग , नँया वानेश्वर

काठमान्डू , नेपाल

ट्रेड सर्भिस काउन्टरका सेवाहरु
  • व्यापार/वाणिज्य सम्बन्धि सामान्य जानकारी
  • प्रतित पत्र सम्बन्धि सेवा
  • कागजाद संकलन सम्बन्धि सेवा
  • व्यापार सम्बन्धि कर्जा, ऋणपत्र र बैंक जमानत सम्बन्धि अन्य सेवाहरु
सम्पर्क ठेगाना

व्यापार लेनदेन सम्बन्धित प्रश्नहरूको लागि
इ-मेल : Straight2Bank.np@sc.com
फोन नम्बर : +९७७ १ ५९७०५५३

ट्रान्ज्यक्सन बैंकिंग

ट्रान्ज्यक्सन बैंकिंग

तपाईंको ब्यवसायमा वित्तीय व्यवस्थापनको लागि ट्रान्ज्यक्सन बैंकिंग

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED