कुकी नीति

यो कुकी नीतिले कुकीहरू र त्यस्तै प्रकारका अन्य प्रविधिहरू जस्तै पिक्सेल, बीकोनस् र ट्यागस् (समग्रमा “कुकीहरू”) को हाम्रा वेबसाइटहरू र अन्य अनलाइन सेवाहरू (जस्तै एपलिकेशन, पोर्टल वा अन्य सेवाहरू जसले कुकीहरू प्रयोग गर्दछ) मा कसरी प्रयोग हुन्छ भनेर व्याख्या गर्दछ।

कुकीहरू के हुन् र हामी तिनीहरूको प्रयोग किन गर्छौं?

कुकीहरू हाम्रा वेबसाइटहरूद्वारा तपाईंको ब्राउजरको मेमोरीमा भण्डारण गरिएका साना पाठ (टेक्स्ट) फाइलहरू हुन् । तीनीहरू सामान्यतया हाम्रो वेबसाइटहरूका विभिन्न कार्यहरूमा समर्थन गर्न प्रयोग गरिन्छन् ।

कुकीहरूले कुन पृष्ठहरू तपाईंले सबैभन्दा धेरै भ्रमण गर्नुभएको छ भन्ने जानकारी दिने, हाम्रो वेबसाइट कत्तिको प्रभावकारी भएको छ भनेर बुझ्ने र हाम्रा उत्पादनहरू र सेवाहरूमा तपाईंसँग हाम्रो सञ्चार सुधार गर्ने जस्ता अन्य धेरै उपयोगी कामहरू गर्दछन्।

हामी कुकीहरूको प्रयोग तपाईंलाई प्रत्यक्ष रूपमा एक व्यक्तिको रूपमा पहिचान गर्ने जानकारी सङ्कलन गर्नकालागी गर्दैनौ । यद्यपि, कुकीहरूद्वारा सङ्कलन गरिएका केही जानकारीहरूलाई व्यक्तिगत डेटा (जस्तै तपाईंको ब्राउजिङ इतिहास, वा तपाईंको डिभाइस सम्बन्धी जानकारी) मान्न सकिन्छ।

कुकीले गर्ने आवश्यक कामको आधारमा कुकी दुई प्रकारका सत्र (सेसन) कुकी वा निरन्तर (पर्सिस्टेन्ट) कुकी हुन सक्छन्:

  • निरन्तर कुकीहरू तबसम्म तपाईंको डिभाइसमा रहन्छन् जबसम्म तपाईंले तिनीहरूलाई मेटाउनुहुन्न वा तपाईंको ब्राउजरले कुकीको म्याद सकिने मितिमा पुग्दा तिनीहरूलाई मेटाउदैन।
  • सत्र कुकीहरू अस्थायी हुन्छन् र तपाईंले ब्राउजर बन्द गरेपछि वा तपाईंको सत्र समाप्त भएपछि तीनीहरुको अवधी सकिन्छ।

हामीले कुन प्रकारका कुकीहरू प्रयोग गर्छौँ?

हामीले हाम्रा वेबसाइटहरूमा कुन कुकीहरू प्रयोग गर्छौं भनेर तपाईंलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्न हामीले हाम्रा कुकीहरूलाई चार कोटीहरूमा वर्गीकृत गरेका छौं: अत्यन्तै आवश्यक कुकीहरू, कार्यसम्पादन सम्बन्धी कुकीहरू, कार्यात्मक सम्बन्धी कुकीहरू र विज्ञापन सम्बन्धी कुकीहरू ।

कोटी १: अत्यन्तै आवश्यक कुकीहरू

यी कुकीहरू हाम्रो वेबसाइटको सञ्चालनको, तपाईंको ब्राउजिङ अनुभवको लागी आवश्यक छन्, र यीनीहरूको प्रयोग प्रमाणीकरण र सुरक्षाका लागी पनि गरिन्छ।

हामी यी कुकीहरूद्वारा सङ्कलन गरिएको जानकारी यी प्रयोजनका लागी प्रयोग गर्छौं:

  • हाम्रा वेबसाइटहरू सही रूपमा सञ्चालन भइरहेका छन् कि छैनन् भनी निगरानी गर्न र तपाईंलाई सामग्रीहरू विश्वसनीय रूपमा डेलिभर गर्न;
  • आवश्यक भएमा, तपाईंको जानकारी फरक पृष्ठहरूमा जोगाएर राखी पुन: प्रवेश गर्ने झन्झटबाट तपाईंलाई बचाउन

हाम्रो वेबसाइटको सञ्चालनका लागी यी कुकीहरू अत्यन्तै आवश्यक भएकाले हामी तिनीहरूलाई हाम्रो अन्तमा असक्षम गर्न सक्दैनौ। तपाइँ तपाइँको ब्राउजरलाई यी कुकीहरूलाई ब्लक गर्न वा यी कुकीहरू बारे तपाइँलाई सचेत गर्न सेट गर्न सक्नुहुन्छ तर यीनीहरूलाई अप्ट आउट वा असक्षम गर्नाले हाम्रो वेबसाइटहरूको केहि भागहरू काम नगर्न सक्छन्।

कोटी २: कार्यसम्पादन सम्बन्धी कुकीहरू

यी कुकीहरूले तपाइँ हाम्रो वेबसाइट कसरी प्रयोग गर्नुहुन्छ भन्ने बारे जानकारी सङ्कलन गर्दछन्। उदाहरणका लागि, तपाईंले कुन पृष्ठहरू भ्रमण गर्नुभएको छ र तपाईंले आफ्नो भ्रमणको क्रममा कुनै त्रुटिहरू अनुभव गर्नुभएको छ कि छैन। तिनीहरूको प्रयोग वेबसाइट विश्लेषणगर्नका लागि पनि गर्न सकिन्छ। यी कुकीहरू द्वारा सङ्कलन गरिएको डाटा समग्र रूपमा भण्डारण गरिन्छ र त्यसले तपाईंको प्रत्यक्ष रूपमा व्यक्तिगत पहिचान गराउँदैन।

हामी यी कुकीहरूद्वारा सङ्कलन गरिएको जानकारी यी प्रयोजनका लागी प्रयोग गर्छौं:

  • हाम्रो वेबसाइट कसरी प्रयोग भइरहेको छ र हाम्रा अभियानहरू कत्तिको प्रभावकारी छन् भनी बुझ्न;
  • हाम्रो वेबसाइटको विभिन्न संस्करणहरू परीक्षण गरी तीनमा सुधार गर्न,

यदि तपाइँ तपाइँको ब्राउजरमा यी कुकीहरूलाई सीमित गर्नुहुन्छ भने, हाम्रो वेबसाइटहरूमा तपाइँको ब्राउजिङ अनुभव प्रभावित हुन सक्छ।

कोटी ३: कार्यक्षमता (फङ्सन्यालिटि) सम्बन्धी कुकीहरू

यी कुकीहरूले तपाईंलाई सम्झन्छन् जसले गर्दा हामीले हाम्रो वेबसाइटमा तपाईंको भ्रमणलाई सुधार गर्न, विस्तार गर्न र निजीकृत गर्न सकौं।

हामी यी कुकीहरूद्वारा सङ्कलन गरिएको जानकारी यी प्रयोजनका लागी प्रयोग गर्छौं:

  • हाम्रो वेबसाइटको सामग्री तपाईँको प्राथमिकताको लागि निजीकृत गर्न
  • तपाईंलाई भिडियो हेर्ने क्षमता सहित विभिन्न वेब सेवाहरू प्रदान गर्न

यदि तपाईंले आफ्नो ब्राउजरमा यी कुकीहरू सीमित गर्नुभयो भने, हाम्रो वेबसाइटले तपाईंले पहिले नै गर्नुभएका छनोटहरू सम्झन सक्दैन वा तपाईंको ब्राउजिङ अनुभवलाई निजीकृत गर्न सक्दैन ।

कोटी ४: विज्ञापन सम्बन्धी कुकीहरू

तपाइँले हाम्रो वेबसाइट ब्राउज गर्ने क्रममा हामी वा हाम्रा तेस्रो-पक्ष साझेदारहरूले तपाइँको ब्राउजरमा विज्ञापन कुकीहरू राख्न सक्छौं जसको मद्दतले हामीले तपाइँको र तपाइँको रुचिहरुको अनुसार हाम्रो मार्केटिंग तपाईँहरुलाई गर्न सक्छौँ।

विज्ञापन कुकीहरू तपाईंलाई प्रत्यक्ष रूपमा पहिचान गर्न प्रयोग गरिँदैन। तिनीहरूले हाम्रो वेबसाइटहरूमा तपाइँको भ्रमण, तपाइँलाई हाम्रो वेबसाइटहरूमा निर्देशित गर्ने अन्य वेबसाइटहरूको विवरण, हाम्रो अनलाइन विज्ञापनहरू र तपाइँले भ्रमण गर्नुभएका पृष्ठहरूमा तपाइँको प्रतिक्रियाहरू जस्ता जानकारी रेकर्ड गर्दछन् ताकि हामी र हाम्रा साझेदारहरूले तपाइँ वा अन्य सम्भावित ग्राहकहरूलाई रुचि हुन सक्ने संचार, उत्पादन र सेवाहरू बारे अन्तर्दृष्टि प्राप्त गर्न सकौँ।

यी अन्तर्दृष्टिहरू प्राप्त गर्नको लागि, कहिलेकाहीँ हामी तपाइँको रुचि र प्राथमिकताहरूको प्रोफाइल सिर्जना गर्न तपाइँको व्यक्तिगत डेटाको विश्लेषण गर्न सक्छौं । । यसले गर्दा हामी तपाइँ र तपाइँको रुचिहरु संग सम्बन्धित जानकारी संचार गर्न सक्छौं। हामी तपाईंको बारेमा आन्तरिक र बाह्य तेस्रो-पक्ष स्रोतहरूबाट उपलब्ध हुने थप जानकारीको पनि प्रयोग गर्न सक्छौं।हामी यी कुकीहरूद्वारा सङ्कलन गरिएको जानकारी यी प्रयोजनका लागी प्रयोग गर्छौं:

  • हाम्रा विज्ञापनहरू वा प्रस्तावहरू (हाम्रो वा तेस्रो-पक्ष वेबसाइटहरूमा, जस्तै सामाजिक मिडिया नेटवर्कहरू वा अन्यथा समेत) तपाईंकालागी सान्दर्भिक बनाउन
  • हाम्रा वेबसाइटहरूमा तपाईंको विगतका भ्रमणहरूको आधारमा हाम्रा वेबसाइटहरूलाई तपाईंको रुचिहरूसँग थप सान्दर्भिक बनाउन
  • हाम्रो मार्केटिङ र विज्ञापन गतिविधिहरूको प्रभावकारिता मूल्याङ्कन गर्न
  • हामीलाई हाम्रा दर्शकहरू जस्तै ग्राहकहरू पहिचान गर्न मद्दत गर्न

यी कुकीहरूद्वारा सङ्कलन गरिएको डाटा तपाईंलाई प्रत्यक्ष मार्केटिङ सन्देशहरू पठाउन प्रयोग गरिँदैन। त्यसकारण, यी कुकीहरू असक्षम पार्नुले तपाईंलाई हामीबाट मार्केटिङ सञ्चारहरू प्राप्त गर्नबाट रोक्ने छैन। तपाईं कुनै पनि समयमा हामीबाट मार्केटिङ सामग्री प्राप्त गर्न अप्ट आउट गर्न सक्षम हुनुहुन्छ र यस बारे थप विवरणहरू तपाईंले हाम्रो गोपनीयता नीतिमा पाउन सक्नुहुन्छ।

हाम्रो तर्फबाट हाम्रो वेबसाइटमा कुकीहरू राख्ने हाम्रा तेस्रो-पक्ष साझेदारहरूले यस कुकी नीतिमा वर्णन गरिएका उद्देश्यहरू अनुसार यी कुकीहरू वा तपाईंको डाटालाई प्रयोग गर्नेछन्।

 

धोखाधडी रोकथामः

हामीले माथि उल्लिखित कुकीहरूमा सङ्कलन गरिएको जानकारीलाई ठगी वा धोखाधडी रोकथाममा सहयोग गर्न प्रयोग गर्न सक्छौं।

तेस्रो पक्ष कुकीहरू

तपाईंले हाम्रो वेबसाइटसँग अन्तरक्रिया गर्दा माथि उल्लिखित कुकीहरू सेट गर्न हामी तेस्रो पक्षहरूसँग काम गर्न सक्छौं। यी तेस्रो पक्षहरूमा हाम्रा साझेदारहरू र सेवा प्रदायकहरू समावेश हुन्छन्, जस्तै विज्ञापनदाताहरू, खोज इन्जिनहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू, वा विश्लेषण प्लेटफर्महरू जसले हामीलाई हाम्रा वेबसाइटहरूमा तपाईंको अनुभवहरू सुधार गर्न र निजीकृत गर्न र तपाईंलाई सान्दर्भिक सामग्री प्रदान गर्न सक्षम बनाउँदछन्।

हामी यी तेस्रो पक्षहरूसँग कुनै पनि त्यस्ता डाटा साझेदारी गर्दैनौं जसले तपाईंको पहिचान गर्न सक्छ।

जब तपाइँ हामीसँग सम्बन्धित नभएका अन्य वेबसाइटहरू भ्रमण गर्नुहुन्छ त्यसबेला तेस्रो पक्षहरूले तपाइँको उपकरणमा कुकीहरू राख्न सक्छन् । यी कुकीहरू तेस्रो पक्षको कुकी नीति अनुसार लागू हुन्छन्, जसमा हाम्रो कुनै नियन्त्रण छैन। तपाइँ कुनै पनि समय तपाइँको ब्राउजर सेटिङहरू मार्फत तेस्रो-पक्ष कुकीहरूबाट अप्ट आउट गर्न सक्नुहुन्छ (तल कुकीहरू प्रबन्ध खण्ड हेर्नुहोस्)।

कुकीहरू प्रबन्ध

तपाइँ तपाइँको ब्राउजरमा सेटिङहरू परिवर्तन गरेर कुकीहरू अप्ट आउट गर्नसक्नुहुन्छ। धेरैजसो वेब ब्राउजरहरू सुरुमा कुकीहरू स्वीकार गर्ने सेटअप हुन्छन्। यी सेटिङहरू परिवर्तन गरेर, धेरै जसो अवस्थामा तपाइँ कुनै पनि कुकीहरू स्वीकार नगर्ने, वा तेस्रो पक्ष कुकीहरू स्वीकार नगर्ने गर्न सक्नुहुन्छ।

तपाइँको ब्राउजर सेटिङहरूमा कुकीहरू हटाउनुको अर्थ तपाइँले वेबसाइटमा गर्नुभएका सबै प्राथमिकता सेटिङहरू हराउनेछ (कुकीहरू उपलब्ध हुने कुनै पनि सहमति प्राथमिकताहरू सहित)।

कृपया यो पनि ध्यान दिनुहोस् कि सबै कुकीहरू अवरुद्ध गर्नु भनेको माथि वर्णन गरे अनुसार हाम्रो वेबसाइटहरूमा कार्यक्षमता हराउनेछ। हामी हाम्रा वेबसाइटहरू प्रयोग गर्दा सबै कुकीहरू बन्द गर्न सिफारिस गर्दैनौं।

तपाइँको कुकी सेटिङहरू कसरी व्यवस्थापन गर्ने भन्ने बारे थप जानकारीको लागि तल दिइएका यी लोकप्रिय ब्राउजरहरूमा हेर्नुहोस्:

Internet Explorer (इन्टरनेट एक्सप्लोरर): https://support.microsoft.com/en-us/help/17442/windows-internet-explorer-delete-manage-cookies

Firefox (फायरफक्स): https://support.mozilla.org/en-US/kb/cookies-information-websites-store-on-your-computer

Google Chrome (गुगल क्रोम): https://support.google.com/chrome/answer/95647?hl=en

Safari (सफारी): https://support.apple.com/en-sg/guide/safari/sfri11471/mac

तपाईले गुगलको विज्ञापन सेटिङहरूमा गएर गुगलको कुकीजको प्रयोग(डबलक्लिक कुकीहरू सहित), Facebook को विज्ञापन सेटिङहरूमा फेसबुकको पिक्सेल जानकारीको प्रयोग, LinkedIn को सेटिङहरूमा गएर LinkedIn को कुकीहरूको प्रयोग र Adobe को सेटिङहरूमा गएर Adobe को कुकीहरूको प्रयोगबाट अप्ट आउट गर्न सक्नुहुन्छ।

तपाइँ अनलाइन विज्ञापनहरूको लागि तपाइँको प्राथमिकताहरू जाँच गर्न र चयन गर्न निम्न साइटहरू पनि भ्रमण गर्न सक्नुहुन्छ:

Digital Advertising Alliance

Network Advertising Initiative

Internet Advertising Industry

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED