कर्पोरेट तथा संस्थागत ग्राहक

कर्जा

कर्जा
छोटो अवधिको कर्जा

यसले व्यापार /व्यवसाय संचालन गर्दा दैनिक रुपमा आवश्यक नगद प्रवाहको सहज ढंगले प्रत्याभूति गर्दछ । यस्तो प्रकारको कर्जा लामो अवधिको लागि भने उपलब्ध हुनेछैन ।

राफसाफ हुन बाँकी चेक सम्बन्धि भुक्तानी

चेक मार्फत् ग्राहकको खातामा जम्मा भएको (सामान्यतया स्थानीय मुद्रामा ) तर चेक राफसाफ प्रणाली मार्फत् आवश्यक प्रक्रिया सम्पन्न भई राफसाफ हुन बाँकी रकमको लागि। चेक राफसाफ भए पश्चात स्वत: यो रकमको भुक्तानी हुनेछ।

अधिविकर्ष कर्जा

चल्ती खातामा लागू हुने यो रिभल्भिंग प्रकृतिको कर्जा माग बमोजिम चुक्ता हुने।

अधिविकर्ष कर्जा – एकै दिनमा प्राप्त र चुक्ता गर्न सकिने

वित्तीय संस्थान तथा अन्य व्यापारिक प्रतिष्ठानहरुलाई तरलता सुनिश्चितता गर्ने यस कर्जा अन्तर्गत ग्राहकहरुले बैंक खोल्ने दिनको दौरानमा आफूलाई आवश्यक रकम खाताबाट झिकी उक्त दिनको अन्त्यमा फिर्ता गर्न सक्नेछन्।

आवधिक कर्जा

यो कर्जाको एक संरचित स्वरुप हो जुन कुनै पनि निश्चित कारोबारको वित्तीय आवश्यकता पूरा गर्न प्रवाह गरिन्छ। छोटो अवधिको लागि चालु पूँजी जरुरत परिपूर्ति गर्ने अधिविकर्ष कर्जा विपरित यस आवधिक कर्जाले लामो अवधिको आवश्यकता पूरा गर्दछ।

रिभल्भिंग प्रकृतिको आवधिक कर्जा

यस अन्तर्गत आफूलाई चाहिएको रकम निश्चित समय सिमाभित्र निकाल्न र फिर्ता गर्न सकिनेछ। यो कर्जाको अवधि समाप्त भएको मिति पछि भने कुनै रकम प्राप्त गर्न सकिने छैन।

ब्रिजिंग कर्जा

यो कर्जाको एक संरचित स्वरुप हो जुन विभिन्न कारोबारहरुको लागि प्रवाह गरिन्छ। यस्तो प्रवाह ग्राहकद्वारा पछि चुक्ताको निम्ति देखाएको स्पष्ट, भरपर्दो एवं पहिचानयोग्य स्रोतको (सामान्यतया: सम्पत्तिको विक्री ) आधारमा गरिन्छ। अधिविकर्ष कर्जाले छोटो अवधिको लागि चालु पुँजीको जरुरत परिपूर्ति गर्छ भने ब्रिजिंग कर्जाले आवधिक कर्जा सम्बन्धि आवश्यकताहरुलाई पूरा गर्दछ।

वित्तीय बजार

विदेशी विनिमय सम्बन्धि स्पट कारोबार
विदेशी विनिमय सम्बन्धि स्पट कारोबार

विभिन्न विदेशी मुद्राहरुको करोबार गर्ने स्टाण्डर्ड चार्टर्ड बैंकले यस्ता मुद्राहरुको विनिमय (खरिद/विक्री ) सेवा पनि प्रदान गर्दछ।

विदेशी विनिमय सम्बन्धि फरवार्ड कारोबार

तोकिएको दर र मितिमा दुई प्रकारका विदेशी मुद्राको खरिद/विक्री हुने साथै यस्ता मुद्रा भौतिक स्वरुपमा तोकिएको मिति अथवा भविष्यको पूर्व निर्धारित समयमा प्रदान गरिने।

विदेशी विनिमय सम्बन्धि अप्सन (भ्यानिला)

विदेशी विनिमय सबन्धि स्पट र फरवार्ड कारोबारको एक डेरीभेटीभ उपकरण। यसले ग्राहकहरुलाई हेजिङ्गको लागि विदेशी विनिमय दरमा हुने उतारचढावको जोखिम व्यवस्थापन गर्न (विनिमय दर मा भएको परिवर्तन को फाइदा लिन) थप मद्दत गर्दछ।

विदेशी विनिमय सम्बन्धि स्ट्रेट टु बैंक (एसटुबिएक्स)/सिंगल डिलर प्ल्याटफर्म (एसडिपी)

जी टेन स्पट, स्वाप र आउटराइट लगायत एनडिएफ सम्बन्धि कारोबार गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने विदेशी विनिमय सम्बन्धि एक ट्रेडिंग प्ल्याटफर्म

मनि मार्केट

विभिन्न अवधिको लागि सबै ग्राहकहरुलाई प्रदान गरिने मुद्दति वचतको सुविधा (नेपाली रुपैँया/अमेरिकी डलर/ पाउन्ड स्टर्लिङ/युरो)

कारोबार बैंकिंग

नगद व्यवस्थापन
भुक्तानी
  • अन्तरदेशीय भुक्तानी
    •  टेलिग्राफ मार्फत् गरिने स्थानान्तरण
    • अन्तर्राष्ट्रिय बैंक चेक/ड्राफ्ट
    • भारतमा रहेका प्रापकहरुलाई शिघ्र भुक्तानी सेवा (आरटिजीएस/एनइएफटी)
  • आन्तरिक भुक्तानी
    • स्थानीय बैंक स्थानान्तरण (आइपीएस/आरटिजीएस)
    • बुक स्थानान्तरण – हर दिन हर समय
    • बल्क पेरोल प्रोसेसिङ्ग
    • स्थानीय बैंकको चेक/ ड्राफ्ट/क्यासियरको अर्डर
  • ग्राहक पहुँच/कनेक्टिभिटी
    • वेबमा आधारित एसटुबी च्यानल
    • भुक्तानी, रिपोर्टिंग र हिसाब मिलानको लागि विशेष होस्ट टु होस्ट कनेक्टिभिटी/एपीआइ मार्फत् बैंक प्रणालीमा इआरपीको व्यवस्था
संकलन
  • कनेक्टआइपीएस मार्फत् आन्तरिक संकलन
  • भर्चुअल खाता मार्फत् भारतीय रुपैँया संकलन
  • भर्चुअल खाता मार्फत् आन्तरिक संकलन
  • वृहत राफसाफ सञ्जाल: करेस्पोण्डेण्ट बैंकको सञ्जालले थप प्रभावकारी बनाएको हाम्रो आफ्नै शाखा सञ्जाल
  • सुनिश्चित कर्जा : स्टाण्डर्ड चार्टर्ड बैंकले चेक संकलनको लागि सुनिश्चित कर्जाको ( पूर्व सम्झौताको आधारमा) प्रबन्ध गर्नसक्छ।
  • नगद र चेक संकलनको लागि डोर स्टेप बैंकिंग
  • वृहत व्यवस्थापन सूचना प्रणाली
ग्राहक पहुँच/कनेक्टिभिटी
ग्राहक पहुँच/कनेक्टिभिटी
  • वेबमा आधारित एसटुबी च्यानल
  • भुक्तानी, रिपोर्टिंग र हिसाब मिलानको लागि डेडीकेटेड़ होस्ट टु होस्ट कनेक्टिभिटी/एपीआइ मार्फत् बैंक प्रणालीमा इआरपीको व्यवस्था
व्यापार सेवा
आयात
  • प्रतीतपत्र
  • आयात बिलको संकलन (डिएपी/डिएए)
  • ढुवानी ग्यारेण्टी (डेलिभरी अर्डर)
  • पेश्की भुक्तानी
  • आयात कर्जा ( ट्रष्ट रिसिप्टको आधारमा प्रवाह गरिने कर्जा)
  • आयात बिल कर्जा
जमानत
  • बिड बण्ड
  • पर्फमेन्स बण्ड
  • एडभान्स पेमेन्ट बण्ड
  • रिटेंसन बण्ड
  • भन्सार ग्यारेन्टी
निर्यात
  • प्रतीतपत्र सुझाव
  • प्रतीतपत्र संकलन
  • प्रतीतपत्र नेगोसीएसन (सी बि एन)
  • प्रतीतपत्र पुष्टिकरण
  • अग्रिम ढुवानी निर्यात कर्जा
  • ढुवानी पछिको निर्यात कर्जा
  • आयात बिलको संकलन
  • आपूर्तिकर्ता कर्जा
  • प्रतीतपत्र प्रतिपूर्ति

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED