प्रायोरिटी

फाइदाहरु

हरेक दिन सरल बैंकिंग
स्वदेशी र विदेशी मुद्रा सम्बन्धि खाताहरु

निक्षेप रकमको सरल पहुँच र उच्च प्रतिफलको प्रत्याभूत गर्ने विभिन्न बचत, चल्ती र आवधिक बचत खाताहरु

विशेष दर एवं शुल्क मिनाहा

बैंकको प्रायोरिटी ग्राहकको हैसियतले तपाईले मुद्दति बचत खाता र कर्जा प्रवाह लगायत अन्य सम्बन्धित बैंकिंग सेवाहरुमा विशेष दर एवं शुल्क मिनाहाको सुविधा उपभोग गर्नु हुनेछ।

उत्कृष्टताको लागि थप तत्परता
प्रतिवद्ध रिलेशनसिप टिम
  • बद्लिदो आर्थिक वातावरणको बीच तपाईलाई आफ्नो आवश्यकता र आकांक्षा परिपूर्ति गर्न सहयोगको लागि अन्य विज्ञहरु सहित प्रतिवद्ध रिलेशनसिप मेनेजर
  • तपाईलाई उच्चकोटीको सेवा प्रदान गर्नको लागि प्रायोरिटी बैंकिंग केन्द्र, प्रायोरिटी टेलर काउन्टर र चौबिसै घण्टा सहायता प्रदान गर्ने ग्राहक सेवा केन्द्रहरुमा सरल पहुँचको व्यवस्था
विशेष रिवार्ड र फाइदाहरु

हरेक दिनको बैंकिंग कारोबारमा शुल्क मिनाहा र छुट। प्रायोरिटी भिसा प्लेटिनम डेबिट त क्रेडिट कार्डको साथमा होटेलमा खाने र बस्ने लगायत विभिन्न स्थानमा भ्रमण गर्दा “एक्सक्लुसिभ लाइफस्टाइल” अन्तर्गत हाम्रा “एक्सक्लुसिभ पार्टनरहरुबाट” विशेष सेवा, सुविधा र अफरहरु

सुविधा
तपाईको अमूल्य समयको हामी कदर गर्दछौ

हामी सबैको जीवनमा आ-आफ्नो प्राथमिकताहरु हुन्छन। यदि तपाईको प्राथमिकता केही समय छुट्याएर आफूलाई खुसी र सन्तुष्टि दिने कार्य गर्नु हो भने यसको लागि हामी तपाईलाई पूर्ण सहयोग गर्नेछौ ।

फाइदाहरु
हामीसंगको तपाईको सम्पूर्ण बैंकिंग सम्बन्धका फाइदाहरु

हामीसंगको तपाईको सम्बन्धलाई बढी भन्दा बढी फलदायी बनाउनु हाम्रो एक मात्र लक्ष्य हो। त्यसैले हामी तपाइलाई प्रत्याभूति गर्दछौ विविध खालका अरु भन्दा उत्कृष्ट फाइदाहरु

प्रायोरिटी सम्बन्धि फाइदाहरु
  • प्रत्येक ग्राहकहरुको आवश्यकता र इच्छालाई मध्यनजर गरेर तयार पारिएको रिवार्ड योजनाबाट मनग्य फाइदाहरु उठाउनुहोस्।
  • कार्ड मार्फत् गरेको खर्च एवं निक्षेप जम्मा , लगानी र घरघडेरी (प्रोपर्टी) कर्जाको लागि रिवार्ड अंकहरु प्राप्त गर्नुहोस् । प्रायोरिटी बैंकिंग भिसा कार्डको साथ तपाईले जुनसुकै समय यस्ता रिवार्ड अंकहरुको प्रयोग गर्न सक्नुहुनेछ।
  • तपाईको परिवारलाई सम्मान -तपाईले जस्तै तपाईको परिवारका सदस्यहरुले पनि विना शुल्क प्रायोरिटी बैंकिंग सदस्यता , स्पेसल केन्द्रहरुमा सरल पहुँच, सहुलियतपूर्ण दर र लाइफस्टाइल सम्बन्धि कार्यक्रमा आमन्त्रण जस्ता सुविधाहरु उपभोग गर्न पाउनेछन् ।
  • हाम्रो सुझाब -प्रायोरिटी बैंकिंग सदस्यताको लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ। तपाईलाई यस्तो सदस्यता प्रदान गर्ने/नगर्ने भन्ने निर्णय हाम्रो स्वविवेकमा निर्भर गर्दछ।
  • सबै मुलुकहरुमा हाम्रा सम्पूर्ण प्रायोरिटी बैंकिंग अन्तर्गत उपलब्ध नहुनसक्छ र यिनीहरुलाई स्थानीय नियमावलीले पनि नियमन नगरेको हुनसक्छ। हामी कुनै पनि बेला यस्ता सेवाहरुलाई परिवर्तन वा रोक्का गर्न सक्छौ।
  • रिलेशनसिप मेनेजर, चौबिसै घण्टा सक्रिय ग्राहक सेवा केन्द्र, शाखा कार्यालय वा तपाईको मुलुकको भएको स्टाण्डर्ड चार्टर्ड बैंकको वेबसाइट बाट हाम्रा उपलब्ध सेवाहरु सम्बन्धि जानकारी हासिल गर्न सक्नहुनेछ।
तपाईको व्यक्तिगत आवश्यकताहरुलाई परिपूर्ति गर्ने “कस्टमाइज्ड” फाइदाहरु

बैंकको एक प्रायोरिटी ग्राहकको हैसियतले तपाईले आफ्नो आवश्यकता अनुसारका “कस्टमाइज्ड” फाइदाहरु प्राप्त गर्नु हुनेछ। यस्ता फाइदाहरु प्रदान गरी हामीसंग तपाईले स्थापित गर्नु भएको सम्बन्धको हामी कदर गर्न चाहन्छौ।

तपाईको परिवारका सदस्यहरु तपाईको सबैभन्दा अमूल्य सम्पत्ति हो। यसै कारण हामीले पनि यस्ता सदस्यहरुलाई उच्च प्राथमिकता दिई उनीहरुलाई विभिन्न फाइदाहरु प्रदान गर्नेछौ। यो प्रयासबाट हामी तपाईलाई पूर्ण बैंकिंग सम्बन्धको प्रत्याभूति गर्न चाहन्छौ।

तपाईको परिवारले निम्न उल्लेखित फाइदाहरु प्राप्त गर्नेछन् :
  • हाम्रा  ललितपुर  र लाजिम्पाट शाखाहरुमा रहेका प्रायोरिटी बैंकिंग केन्द्रहरुमा पहुँच
  • नियमित बैंकिंग कारोबारमा सहुलियतपूर्ण  शुल्क
बैंकिंग उत्पादन र सेवाहरुमा सहुलियतपूर्ण शुल्क

तपाईको वित्तिय साझेदारको रुपमा हाम्रा रिलेशनसिप मेनेजरहरुले तपाईको आवश्यकताहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले परिपूर्ति गर्नेछन्।
उपलब्ध केही सहुलियतपूर्ण शुल्क यसप्रकारका छन् :

  • नियमित बैंकिंग कारोवारमा विशेष दर
  • कर्जा र अन्य सेवा हरुमा  विशेष दर
  • प्रायोरिटी दर्जाको (स्ट्याटस) विश्वव्यापी  मान्यता
  • तपाई विश्वमा जहाँ घुमे पनि  प्रायोरिटी दर्जाको ट्याग तपाईसंग
  • तपाई जहाँ भए पनि तपाई स्टाण्डर्ड चार्टर्डको   प्रायोरिटी बैंकिंगसंग सम्बन्धित ग्राहक  हुनुहुनेछ
लाइफस्टाइल प्रिभिलेज

तपाई आफ्नो स्टाण्डर्ड चार्टर्ड संगको सम्बन्धलाई केवल वित्तको सानो घेरामा सिमित राख्न चाहनुहुन्न। यही कारणले हामी सदैव तपाईलाई तपाईको छवि र जीवनशैली सुहाउँदो विशेष सेवा र सुविधाहरु प्रदान गर्न कटिवद्ध छौ। तपाईको विशेष सेवा र सुविधाहरुलाई अझ वृद्धि गर्ने उद्देश्यले हामी हाम्रा पार्टनरहरु मार्फत् तपाईलाई एक्सक्लुसिभ कार्यक्रम (सम्बन्धित सदस्यहरुले मात्र भाग लिन पाउने ) र प्रिमिएम अफर पनि प्रदान गर्दछौ।

विशेष सेवा र सुविधाहरु बारेमा थप जानकारी प्राप्त गर्न तपाईको रिलेशनसिप मेनेजरहरुसंग सम्पर्क गर्नुहोस्।

एसिया, मध्य पुर्व र अफ्रीका गरी ३१ वटा मुख्य सहरमा हरुमा प्रायोरिटी बैंकिंग

Asia
Middle East
Africa
China Bahrain Botswana
Hong Kong Jordon Ghana
India Lebanon Kenya
Korea Pakistan Nigeria
Malaysia Oman Tanzania
Singapore Qatar Uganda
Taiwan UAE Zambia
Bangladesh Zimbabwe
Brunei
Indonesia
Nepal
Japan
Philippines
Sri Lanka
Thailand
Vietnam

प्रायोरिटी समाधान

प्रायोरिटी सेवाहरु
तपाईका सम्पूर्ण वित्तिय आवश्यकताहरुको समाधान

दैनिक बैंकिंग कारोबार देखि दिर्घकालिन लगानीसम्मका तपाईका हरेक वित्तिय आवश्यकताहरुको अन्तर्राष्ट्रियस्तरको सेवाहरु

सहज बैंकिंग सेवा

पाउनुहोस विभिन्न बैंक खाताहरुसंग सम्बन्धित सेवाहरु जसले तपाईको कारोबारको क्षमता वृद्धि गरी विशेष दरहरुको प्रत्याभूति गर्दछ।

आफ्नो दैनिक बैंकिंग कारोबार आवश्यकता लागि स्वदेशी र विदेशी चल्ती र बचत खाता रोज्नुहोस।

तपाईको दैनिक बैंकिंग कारोबारमा विशेष दर

अनलाइन बैंकिंग मार्फत् तपाईले आफ्नो खातामा पूर्ण पहुँच र नियन्त्रण हुनेछ जसले तपाइको समय र पैसाको बचत गर्नेछ।

अनलाइन बैंकिंग मार्फत् तपाईले आफ्नो खाताबारेमा जानकारी हासिल गर्ने , रकम स्थानान्तरण गर्ने , क्रेडिट कार्डको विवरण हेर्ने, खानेपानी र विद्धुत जस्ता सेवाको महशुल भुक्तानी गर्ने जस्ता सुविदहरु प्राप्त गर्नु हुनेछ।

हाम्रा शाखाहरुबाट ५० प्रतिशत छुटमा लकर सुविधा

*यस्तो सुविधा लकरको उपलब्धतामा निर्भर गर्दछ

कर्जा सम्बन्धि समाधान

तपाई अनुभवी वा नँया घरघडेरी सम्बन्धि लगानीकर्ता हुनुहुन्छ र यदी तपाईको कर्जा लिएर नँया घर बनाउने वा नया मोडेलको गाडी किन्ने सोच छ, हामी तपाई र तपाईको कर्जा सम्बन्धि आवश्यकताहरुको कदर गर्दछौ। समुचित कर्जा मार्फत् तपाईद्वारा घरजग्गाको बजारमा गरिएको लगानीलाई फलदायी बनाउन हामी तत्पर छौ ।

तल उल्लेखित सुविधा सहित तीन प्रकारका कर्जा (घर कर्जा , घर जग्गाको धितोमा कर्जा र अटो कर्जा ) प्राप्त गनुहोस् :

  • प्रचलित प्रोसेसिङ्ग दस्तुरमा २५ बेसीस अंकसम्म छुट गरीने
    तपाईले योग्यता सम्बन्धि मापदण्ड पूरा गरे पश्चात मात्र यी कर्जाहरु प्राप्त गर्नु हुनेछ।
क्यास ब्याक कर्जा

हामी तपाईलाई स्वदेशी र विदेशी मुद्रा बचतमा कर्जा प्रदान गर्दछौ। यस्ता कर्जाले तपाईलाई नगदको संकट हुन नदिई आफ्नो परिश्रमको कमाईबाट उच्च प्रतिफल प्राप्त गर्न सहयोग गर्दछ। यसले धन आर्जन , लगानी र अन्य आर्थिक दायित्व पूरा गर्न तपाईलाई सदैव यथेष्ठ नगद प्रवाहको प्रत्याभूति गर्दछ।

  • आफ्नो नजिको शाखाबाट स्वदेशी र विदेशी मुद्राको बचतमा कर्जा लिनुहोस्
  • छोटो अवधिको हरेक वर्ष नवीकरण हुने कर्जा
  • आकर्षक व्याज दर
  • ओभर ड्राफ्ट लगायत अन्य बहुप्रकारका सजिको कर्जाहरु पाउनुहोस र आफूले प्रयोग गरेको कर्जा रकमको मात्र व्याज तिर्नुहोस
  •  निक्षेप रकमको ९० प्रतिशत सम्म कर्जा पाउनुहोस
  • न्यून प्रोशेसिंग शुल्क
  • छिटो र छरितो नवीकरण र प्रोशेसिंग
  • एक दिनमै स्वीकृति र प्रवाह
    *तपाईले योग्यता सम्बन्धि मापदण्ड पूरा गरे पश्चात मात्र यी कर्जाहरु प्राप्त गर्नु हुनेछ।
  • *नियम तथा शर्तहरु लागू हुनेछ।
कार्ड सम्बन्धि विशेष समाधानहरु

विशिष्ट रुपमा तयार परिएको भिसा प्लेटिनम डेबिट र क्रेडिट कार्डले तपाईलाई हाम्रा हरेक शाखा र प्रायोरीटि बैंकिंग केन्द्रहरुमा विश्वव्यापी मान्यता प्रदान गर्दछ।

  • प्रायोरीटी बैंकिंग भिसा डेबिट कार्ड
    • भिसा कार्ड नेटवर्क अन्तर्गत देश भित्र संचालित स्ट्यान्डर्ड चार्टर्ड र अन्य बैंकका एटिएमहरुमा पहुँच पाउन सक्नुहुनेछ।
    • भिसा कार्ड स्वीकार गर्ने सम्पूर्ण रिटेल र सर्भिस आउटलेटहरुमा यसलाई प्रयोग गर्न सक्न हुनेछ।
    • अन्तर्राष्ट्रियस्तरमा भन्नु पर्दा यसलाई तपाईले भारतमा रकम झिक्न र भिसा कार्ड स्वीकार गर्ने रिटेल र सर्भिस आउटलेटहरुमा प्रयोग गर्न सक्नु हुनेछ। तपाईको प्रयोरिटी बैंकिंग भिसा डेबिट कार्डले तपाईलाई प्रदान गर्नेछ कुल शुल्कमा ५०% छुट
  • प्रायोरीटी बैंकिंग भिसा कार्ड
    • हाम्रो लागि तपाई सर्वोत्कृष्ट फ़ाइदहरुको हकदार हुनुहुन्छ । यही विश्वास अनुरुप हामीले हाम्रो प्रयोरिटी बैंकिंग सम्बन्धि ग्राहकहरुलाई ध्यानमा राखी प्रायोरीटी बैंकिंग भिसा कार्ड डिजाइन गरेका हौ। तपाईको आवश्यकतालाई परिपूर्ति गर्दै यसले तपाईलाई विशेष सेवा र सुविधाको एक बिल्कुलै नँया आयाम थप्नेछ।.
  • तपाईको प्रयोरिटी बैंकिंग भिसा कार्ड निम्न उल्लेखित व्यवस्थाहरु छ :
    • पूर्व-स्वीकृत सिमा
    • जारी शुल्क नलाग्ने
  • एससीबी ट्राभल कार्ड : स्टाण्डर्ड{ चार्टर्ड बैंक सगर्व तपाई समक्ष प्रस्तुत गर्दछ अमेरिकी डलरमा उपलब्ध एससीबि ट्राभल कार्ड। अब तपाईले विदेश भ्रमण गर्दा मात्र स्वाइप गरी आफ्नो कारोबार प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्नुहुन्छ।

विदेश भ्रमण गर्नेहरुलाई लक्षित गरी डिजाइन गरिएको ट्राभल कार्ड एक प्रि-पेड कार्ड हो। यसले तपाईलाई विदेश भ्रमण गर्दा सरल र सुरक्षित तवरले विदेशी मुद्रा विनिमय गर्न सहयोग गर्दछ। *
*विदेशी विनिमयको कारोबारलाई नेपाल राष्ट्र बैंकको नियमावलीले नियमन गर्नेछ।कर्मचारी सम्बन्धि बैंकिंग कार्यक्रम : तपाईका कर्मचारीहरुले तपाईको व्यापार/व्यवसायको सफलताको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छन। यही सन्दर्भमा हामी प्रस्तुत गर्दछौ कर्मचारी सम्बन्धि बैंकिंग कार्यक्रम जसले तपाईको कर्मचारीहरुको आवश्यकताहरुलाई प्रभावकारी ढंगले समाधान गरी तपाईको व्यापार/व्यवसायलाई अझ गतिशील बनाउँछ।
कृपया थप जानकारीको लागि आफ्नो रिलेशनसिप मेनेजरलाई सम्पर्क गर्नुहोस।

आफ्नो धनको वृद्धि गर्नुहोस्
सुरक्षित ओभरड्राफ्टको सुविधा

क्यास ब्याकको व्यवस्था भएको बहु प्रकारका क्रेडिट सुविधा जसले तपाईलाई बैंकमा निक्षेप बचत गरे बापत यथेष्ठ सापटी रकम प्रदान गर्दछ । प्रयोग गरेको रकममा मात्र व्याज लागु हुने।

घरघडेरी सम्बधि वित्तिय समाधान
  • सरल कागजादी प्रक्रिया र विशेष व्याजदरको सुविधा भएको विविध प्रकारका घरघडेरी सम्बधि वित्तिय समाधानहरु
  • अधिकतम कर्जा रकम र २५ वर्ष सम्मको लचिलो कर्जा चुक्ता अवधि
  • आवेदन प्रक्रियामा प्रतिवद्ध रिलेशनसिप मेनेजरद्वारा विशेष सहयोग
विदेशी मुद्रा कारोबार

तपाई जहाँ गएपनि धन आर्जन गर्न तपाईलाई साथ दिने विविध प्रकारका विदेशी मुद्रा सम्बन्धि उत्पादनहरू र हाम्रो व्यापक अन्तर्राष्ट्रिय संजालहरुको परिचालन गर्दै
तपाईलाई उच्च भन्दा उच्च प्रतिफल प्रत्याभूति गर्ने विदेशी विनिमय सम्बन्धि समाधानहरु

प्रायोरिटी सेवाहरु

प्रायोरीटी सेवा
स्वदेश र विदेश दुवैमा तपाईका आवश्यकताहरुको प्रभावकारी रुपमा परिपूर्ति गर्दै

प्रायोरिटी बैंकिंग सम्बन्धि एक ग्राहकको रुपमा तपाई जहाँ भएपनि उच्चकोटीको सेवा र सहयोग को हकदार हुनुहुन्छ। हामी सँगको सम्पूर्ण बैंकिंग सम्बन्धबाट तपाईले यस्ता सेवा र सहयोग प्राप्त गर्न सक्न हुनेछ।

विशेषज्ञहरूको समर्पित टोली

जब तपाई प्रायोरिटी बैंकिंग sf] ग्राहक बन्नुहुन्छ तब एक प्रतिवद्ध र दक्ष रिलेशनसिप प्रबन्धक तपाईको हितको प्रवर्धन गर्नको लागि व्यवस्था गरिन्छ। यस्तो प्रबन्धकद्वारा तपाईको पूर्ण वित्तिय सम्बन्धको व्यवस्थापनको लागि कार्य/t हुनेछ ।

मा निम्न व्यवस्थाहरु हुनेछ :

  • एक दक्ष र प्रतिवद्ध रिलेशनसिप प्रबन्धक जसद्वारा तपाईको बैंकसँग पूर्ण सम्बन्धको निरीक्षण र व्यवस्थापन गरिन्छ।
  • दक्ष टिम, जसले लगानी, विदेशी विनिमय, बीमा, धितोमा आधारित कर्जा र बिजनेस खाता जस्ता विविध वित्तिय सेवाहरुको उपभोगमा सहयोग गर्नेछन।

हाम्रो टिम को साथ तपाईले हामीसंगको बैंकिंग सम्बन्धमा सदैव सही प्रकारको सेवा, विज्ञता र सहयोग प्राप्त गर्नुहुनेछ

तपाईले सोचे भन्दा छिटो

हामी जति सक्दो शिघ्र तपाईलाई हरेक आवश्यक सूचना प्रदान गर्दै तपाईलाई विशिष्ट वित्तिय सेवा प्रदान गर्नेछौ। यो हाम्रो वाचा हो।

निम्न उल्लेखित तवरबाट हामी सेवा प्रदान गर्दछौ :

  • तपाईको हामी सँगको अन्तरक्रियाको लागि समर्पित बैंकिंग च्यानलहरुको सदैव प्रभावकारी बनाउने छन्।
  • प्रायोरिटी बैंकिंग केन्द्रहरु सहित शाखाहरुमा समर्पित प्रायोरिटी टेलर
  • हाम्रा शाखाहरु एवं प्रायोरिटी केन्द्रका रिलेशनसिप प्रबन्धकद्वारा तपाईको हरेक आवश्यकताहरुको शिघ्र समाधान
  • तपाईको निक्षेप खाता, क्रेडिट कार्ड, घरघडेरी कर्जा र अटो कर्जा सम्बन्धि कारोबारहरु र नँया उत्पादनको लागि गरिने आवेदन प्रकृयालाई छिटो र छरितो बनाइन्छ।

हामी जति सक्दो शिघ्र तपाईलाई हरेक आवश्यक सूचना प्रदान गर्दै तपाइलाई वित्तिय सेवा प्रदान गर्नेछौ। यो हाम्रो वाचा हो।
एक प्रायोरिटी बैंकिंगसंग सम्बन्धित ग्राहकको हैसियतले तपाईलाई सोचे भन्दा छिटो सेवा प्रदान गर्दछौ।

विशिष्ट बैंकिंग च्यानलहरु

तपाईलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवाको प्रत्याभूति गर्न निम्न उल्लेखित विशिष्ठ खालको बैंकिंग च्यानलहरुको व्यवस्था गरिएको छ :

  • बैंकिंग सेवा सम्बन्धि पूर्ण क्षमता भएका विशिष्ठ प्रायोरिटी बैंकिंग केन्द्रहरु जसले तपाइले रिलेशनसिप टोलीसंग परामर्श लिदा गोपनियताको प्रत्याभूति गर्छ। .
  • हाम्रा प्रायोरिटी केन्द्रहरु र फ्ल्यागशिप शाखाहरुमा समर्पित प्रायोरिटी बैंकिंगसंग सम्बन्धित टेलर
  • तपाईको जहिले पनि र जहाँबाट पनि आफ्नो खातामा झन्झटरहित पहुँचको प्रत्याभूतिको लागि अनलाइन बैंकिंग सेवा
  • एसएमएस बैंकिंग मार्फत अपडेट गरिएको बैंक खाता र क्रेडिट कार्ड सम्बन्धि जानकारी
  • नेपालका विभिन्न स्थानहरुमा अवस्थित २६ वटा एटीएएमहरुमा तपाईको चौबिसै घण्टा पहुँच
  • हाम्रो टेलिफोन नम्बर +९७७ १ ४७८१८०० डायल गरी कुनै पनि समय बैंकिंग सेवा प्राप्त गर्नुहोस्

यो सरल तर प्रभावकारी व्यवस्थाले तपाईलाई आरामदायी बैंकिंग कारोबार सम्पन्न गर्न मद्दत गर्दछ।

लगानी
तपाईको वित्तिय भविष्यलाई समर्थन गर्न डिजाइन गरिएको व्यक्तिगत सम्पत्ति समाधानहरू।

आफ्नो वित्तिय भविष्य उज्ज्वल बनाउनको लागि तपाई लगनताका साथ प्रयासरत हुनुहुन्छ, व्यक्तिगत आवश्यकता अनुसार प्रदान गरिने हाम्रा लगानी व्यवस्थापन संग सम्बन्धित सेवाहरुले तपाईको यस्तो प्रयासलाई मूर्त रुप दिन सहयोग गर्नेछ।

प्रायोरिटी सेवाहरु
  •  निजीकृत धन समाधानहरू
  • तपाईको वित्तिय लक्ष्य ,जोखिम बहन गर्ने चाहना/ क्षमता र अन्य सम्बन्धित पक्षहरुलाई मध्यनजर गर्दै तपाईको लगानीको प्रभावकारी व्यवस्थापनको लागि विविध सेवा र उत्पादनहरु तपाईको रिलेशनसिप प्रबन्धकले तपाईलाई लगानी , ट्रेजरी र बीमा उत्पादन सम्बन्धि उत्कृष्ट सेवाको प्रत्याभूति गर्नेछन।
  • घरघडेरीमा लगानी सम्बन्धि सेवा समाधानहरू
  • तपाई अनुभवी वा नँया जुनसुकै प्रकृतिको घरघडेरी सम्बन्धि लगानीकर्ताहरु भएपनि हामी तपाईलाई सही कर्जा प्राप्त गरी आफ्नो लगानीको उच्चतम प्रतिफल हासिल गर्न पूर्ण सहयोग गर्छौ। यो हाम्रो पहिलो प्राथमिकता हो ।
  • अन्तर्राष्ट्रिय बैंकिंग सेवा
  • तपाईको विश्वव्यापी कनेक्टिभिटी तपाईको रकमको विश्वव्यापी पहुँच झैँ महत्वपूर्ण छ। तपाई चाहे सिमापार व्यापारको लागि लगानी गर्ने चाहनुहुन्छ वा नँया मुलुकमा बसोबास गर्ने तयारी गर्दै हुनुहुन्छ वा विदेश भ्रमण  गर्ने सोचमा हुनुहुन्छ, हामी तपाइको हरेक कदमलाई प्रभावकारी सेवा मार्फत साथ दिनछौ।
प्रायोरीटी सेवा
  • प्रतिवद्ध रिलेशनसिप टिम
  • दक्ष टिम र सर्भिस प्रबन्धकहरुको टोली सहित तपाईको रिलेशनसिप मेनेजर तपाईको वित्तिय आवश्यकताहरुको सरल र सहज ढंगले परिपूर्ति गर्न सहयोग गर्नेछन् । यिनीहरुद्वारा तपाईको हामी संगको पूर्ण बैंकिंग सम्बन्धको पनि निरीक्षण र व्यवस्थापन हुन्छ।

अन्तर्राष्ट्रिय बैंकिंग

अन्तर्राष्ट्रिय बैंकिंग सेवा
एकीकृत अन्तर्राष्ट्रिय बैंकिंग सेवा

हामी प्रदान गर्दछौ विस्तृत वित्तिय सेवाहरु जस्लले तपाईलाई विदेश भ्रमण गर्दा वा नँया मुलुकमा वसोवास गर्दा सहयोग गर्दछ।

तपाई र तपाईको परिवारलाई विश्वव्यापी मान्यताको व्यवस्था

जब तपाई कुनै पनि मुलुकमा प्रायोरिटी बैंकिंग सम्बन्धि एक ग्राहक बन्नुहुन्छ तब तपाईको प्रतिष्ठाको अन्तर्राष्ट्रिय रुपमा कदर हुन्।अन्य मुलुकहरुमा पनि तपाईले खाता सम्बन्धि उस्तै विशेष सेवा र सुविधाहरुको उपभोग गर्न पाउनुहुनेछ। यसको अतिरिक्त तपाईको परिवारलाई तपाईको जस्तै विशेष सेवा र सुविधाहरु सम्मानका साथ प्रदान गरिनेछ।*

तपाई र तपाईको विश्वव्यापी मान्यता

जब तपाई कुनै पनि मुलुकमा प्रायोरिटी बैंकिंग सम्बन्धि एक ग्राहक बन्नुहुन्छ तब तपाईको प्रतिष्ठाको अन्तर्राष्ट्रिय रुपमा कदर हुन्।अन्य मुलुकहरुमा पनि तपाईले खाता सम्बन्धि उस्तै विशेष सेवा र सुविधाहरुको उपभोग गर्न पाउनुहुनेछ। यसको अतिरिक्त तपाईको परिवारलाई तपाईको जस्तै विशेष सेवा र सुविधाहरु सम्मानका साथ प्रदान गरिनेछ।*

विश्वभर विशेष ढंगले व्यवस्था गरिएका अन्तर्राष्ट्रिय केन्द्रहरु

एसिया, अफ्रीका र मध्य पुर्वमा अवस्थित २०० भन्दा बढी प्रायोरिटी बैंकिंग वा विश्वभर विशेष ढंगले व्यवस्था गरिएका अन्तर्राष्ट्रिय केन्द्रहरुमा तपाईइलाई सदैव स्वागत छ।

* स्थानीय नियमवालीहरुले नियमन गर्ने यी सेवा र फाइदाहरु सम्पूर्ण मुलुकहरुमा उपलब्ध नहुन सक्छ । कृपया आफ्नो शाखा वा रिलेशनशिप प्रबन्धकलाई थप जानकारीको लागि सम्पर्क गर्नुहोस। हामी आफ्नो स्वविवेक अनुसार शुल्क मिनाहा, दस्तुर र विनिमय दरहरुमा समय समयमा परिवर्तन गर्न सक्नेछौ।

अन्तर्राष्ट्रिय वित्तिय समाधान-स्वदेश र विदेश दुवैमा

तपाईलाई विदेशमा लगानी गर्दा वा अन्य मुलुकमा वसोवासको लागि जाँदा वा आफ्नै देशमा केही कार्य सुरु गर्दा, हामी विस्तृत वित्तिय समाधानहरु प्रदान गर्नेछौ। तपाईलाई सामान्य वित्तिय जानकारीको अलावा खाता खोल्ने र स्थानीय बजार समुचित सुझाव प्रदान गर्ने एक स्थानीय रिलेशनसिप मेनेजरको व्यवस्था हुनेछ। तपाईलाई जहाँ गए पनि हामी तपाईलाई मानसिक शान्तिको प्रत्याभूत गर्न प्रतिवद्ध छौ।

स्थानीय नियमावलीहरुद्वारा नियमन गरिने अन्तर्राष्ट्रिय सेवा र फाइदाहरु केही मुलुकहरुमा उपलब्ध नहुन सक्छ। कृपया थप जानकारीको लागि आफ्नो शाखा वा रिलेशनसिप प्रबन्धकलाई सम्पर्क गर्नुहोस्।

तपाईको प्राथमिकताहरु अनुसार हामी तपाईलाई सम्मान समुच्च सेवा प्रदान गर्नेछौ । यस कुरामा पूर्ण निश्चिन्त भई आफ्नो रिलेशनसिप प्रबन्धक लाई आजै सम्पर्क गर्नुहोस्।

Quick Links

PRIORITY

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED