वेबसाइटको गोपनियता सम्बन्धि नीति

स्टाण्डर्ड चार्टर्ड बैंक तपाईको गोपनियताको कदर गर्दछ र हामी तपाईको व्यक्तिगत सूचना र अन्य जानकारी गोप्य र सुरक्षित राख्न प्रतिवद्ध छौ।

यो नीति कुन बेला लागू हुन्छ ?

यो नीतिले स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि. र स्टाण्डर्ड चार्टर्ड  समुहका सदस्यहरुले  (“एससीबी”, “हामी” वा “हामीलाई” )तपाईबारे  व्यक्तिगत विवरण र सूचना (तपाईको सूचना)   संकलन गर्न अवलम्बन गरेको विधिको  व्याखा गर्दछ। यस्ता  विवरण र सूचना तपाईले यो वेबसाइटमा जाँदा र  हाम्रा अनलाइन विज्ञापनहरूबारे  प्रतिक्रिया दिदा अथवा तपाईले कम्प्युटर, मोबाइल र अन्य यस्तै विद्धुतीय उपकरण (“उपकरण”)  प्रयोग गरी हामीसँग संचार सम्पर्क गर्दा  संकलन गरिन्छ।  यो नीति हामीले अन्य तरिकाहरुले   (जस्तै तपाईले हाम्रो कर्मचारीसँग शाखा कार्यालय वा टेलिफोनमा सम्पर्क गर्दा) सूचना संकलन गर्दा लागू हुदैन।  यस्तो अवस्थाहरुमा  अन्य  गोपनियता नीति र नियम तथा शर्तहरू लागू हुनसक्नेछ।

यो गोपनियता सम्बन्धि नीति यस वेबसाइटमा संकलित सूचना र तथ्यांक, हाम्रो अनलाइन  विज्ञापन र विद्धुतीय संचार तर्फ क्र्न्द्रित छ।  यो नीति  तपाईले हाम्रो अनलाइन विज्ञापनहरु गरिएको   वेबसाइट एवं  अन्य  तेश्रो पक्षका  वेबसाइटहरु बन्द गर्दा लागू हुदैन। जसमा हाम्रा अनलाइन विज्ञापनहरु देखाइञ्छन वा  यस्ता विज्ञापनहरुले  हामीले संचालन वा नियन्त्रण नगरेका तेश्रो पक्षका वेबसाइटहरुसँग जोड्छन् । कृपया तेश्रो पक्षका वेबसाइटहरुका गोपनियता सम्बन्धि नीतिहरु र नियम तथा शर्तहरु ध्यानपूर्वक पढी आफ्नो अधिकारहरुको संरक्षण गर्नुहोस्।

तपाई हामीलाई तपाईको सूचना एवं कुकिज प्रयोग गर्न दिन सहमत हुनुहुन्छ

यो वेबसाइट प्रयोग गरी, हाम्रो अनलाइन विज्ञापनको  प्रतिक्रिया दिई  र/वा आफ्नो सूचना प्रदान गरी, तपाई यी विषयहरुको लागि सहमत हुनुहुन्छ : (क)  यो वेबसाइटको गोपनियता सम्बन्धि नीतिमा  उल्लेख भए अनुसार कुकिज {तल दिइएको खण्ड ३ (क) हेर्नुहोस }   र तपाईको सूचनाको प्रयोग र (ख) यो वेबसाइटको गोपनियता सम्बन्धि नीतिमा प्रस्तुत नियम तथा शर्तहरु।यदी तपाईको सहमति छैन भने कृपया अगाडि नबढ्नु होला र आफ्नो सूचना पनि प्रदान नगर्नु होला।

हामीले तपाईकोबारे कस्तो सूचना संकलन गर्छौ ?

यो वेबसाइटले कुकिज प्रयोग गरी व्यक्तिहरुले यसलाई कसरी प्रयोग गर्छन त्यस सम्बन्धमा सूचना संकलन गर्दछ (कुकिज प्रयोगबारे हेर्नुहोस्)  र यसका केही अंशहरुमा हामी तपाईको सूचना माग्दछौ (अनलाइन फारम र निवेदकहरु)।  यस बाहेक अन्य सबै अवस्थाहरुमा तपाईले आफ्नो सूचना प्रदान नगरी वेबसाइट प्रयोग गर्न  सक्नुहुनेछ।

) कुकिको प्रयोग  

तपाईले हाम्रो वेबसाइट केही भागहरुको भ्रमण गर्दा वा अनलाइन विज्ञापनहरु क्लिक गर्दा तपाईको उपकरणमा संग्रह हुने ससाना सूचना सम्बन्धि  फाइलहरुलाई  कुकिज भनिन्छ।  निम्न उल्लेखित प्रयोजनहरुको लागि  कुकिज र  त्यस्तै खाले प्रविधिहरुद्वारा  तपाईको उपकरणको पहिचान गरिन्छ  :

  • हाम्रो वेबसर्भरलाई  तपाईको उपकरणमा कुकिज सेटिंग  इनेबल/ डिसेबल भएको निक्यौल गर्न मद्दत गर्दछ जसको कारण हामीले  तपाईको उपकरणबाट सूचना संकलन गर्न सकिने वा नसकिने थाहा पाउँदछौ  ।
  • तपाईको  लग इन गर्ने तौरतरिका भण्डार गर्छ जसले गर्दा तपाईले अर्को पटक वेबसाइट प्रयोग गर्दा यस्तो तौरतरिका पुन: दोहोराउनु पर्दैन।
  • तपाईले हाम्रो वेबसाइटको सुरक्षित पृष्ठ लग इन गरे पश्चात् तपाईलाई  केही  समयको लागि पहिचान गर्दछ। यसले गर्दा हाम्रो वेबसर्भर तपाईको उपकरणसँग सम्पर्क गरी  तपाईलाई निश्चित क्रियाकलाप गर्न सक्षम हुन्छ।
  • केही समयको लागि तपाईलाई वेबसाइटका पृष्ठहरु बीच  सूचना प्रयोग गर्न मद्दत गर्दछ जसको कारण तपाईले उक्त सूचना पुन: इन्टर गर्नुपर्दैन
  • तपाईले एक भन्दा बढी पटक वेबसाइट प्रयोग गर्दा यस्तो प्रयोगको नजिकसँग अवलोकन गरी तपाईको उपकरणको पहिचान गर्दछ।  यसको मुख्य उद्देश्य भनेको पहिको पटक र सो  भन्दा बढी वेबसाइट प्रयोग गर्नेहरुको संख्या यकिन  गरी यसको प्रभावकारीताको  मूल्यांकन गर्नु हो।
  • तपाईले पटक-पटक प्रयोग गर्ने वेबसाइटको लिंकहरु  र  तपाई  एक  वेब पृष्ठबाट अर्को पृष्ठमा  प्रवेश सम्बन्धि जानकारी संकलन गर्दछ  जसले  गर्दा  हामीलाई वेबसाइट सुधार गरी यसलाई अझ बढी उपयोगी बनाउन मद्दत गर्दछ।
  • हाम्रो वेबसाइटलाई अझ बढी तपाईको आवश्यकता र इच्छा सुहाउँदो बनाँउछ।
  • हाम्रो वा तेश्रो पक्षको वेबसाइटहरुमा यस्ता अनलाइन विज्ञापन वा अफरहरु प्रदान गर्ने जसले  तपाईलाई आकर्षित गर्नसक्छ।

हामी वा हाम्रो तर्फबाट  माथि उल्लेखित कुकिज तपाईको उपकरणमा राखिन सकिन्छ (जस्तै वेबसाइट प्रयोग संख्याको   विश्लेषण सेवा जस्ता बाह्य सेवा प्रदायक र विज्ञापन संजालहरु)धेरै जसो ब्राउजरहरुको व्यवस्था कुकिजलाई  स्वीकार गर्ने किसिमले गरिएको हुन्छ। यदी तपाईले सबै कुकिजहरुलाई रोक्नु भयो भने तपाईले आफ्नो वेब ब्राउजरको सेटिंग परिवर्तन गरी कुकिज अस्विकार गर्न सक्नुहुनेछ।  तपाईले हाम्रो वेबसाइटको केही विशेषताहरुले उचित ढंगले काम नगर्नसक्छ।

 () अनलाइन फारम                

यो वेबसाइटमा  यस्ता खण्डहरु छन् जसमा हामी तपाईको व्यक्तिगत विवरण माग्न सक्छौ। यस्तो विवरण तपाईले अनलाइन फारम मार्फत् जिज्ञासा उठाँउदा, कुनै निश्चित सेवाको लागि आवेदन दिदा  वा अनलाइन  बैंकिंग जस्ता सुरक्षित सेवाको प्रयोगको लागि दर्ता गर्दा मागिन्छ।  कृपया यस्ता कार्यहरु गर्दा ध्यानपूर्वक सम्बन्धित नियम तथा शर्तहरु पढ्नुहोला।

() जागिरको लागि आवेदन 

यो  वेबसाइटमा प्राप्त  तपाईको  व्यक्तिगत सूचना तपाईले स्टाण्डर्ड चार्टर्ड बैंक ग्रुपमा जागिरको लागि  आवेदन दिनु भएको पद सुहाउँदो भए/नभएको निर्धारण गर्न प्रयोग गरिन्छ। तपाईको सूचना हाम्रो कर्मचारी नियुक्ति गर्ने प्रक्रिया एवं समान अवसर सम्बन्धि नीति  अनुगमन गर्न पनि प्रयोग हुनसक्नेछ। जागिरको लागि आवेदन दिने व्यक्तिको शैक्षिक संस्था, हाल  र पहिले काम गरेको कम्पनी/कार्यालय  र अन्य वित्तिय रेकर्ड सम्बन्धि  थप जानकारीहरु  प्राप्त गर्न निजको विवरण तेश्रो पक्षलाई देखाइनेछ।  क्रेडिट रिफरेन्स एजेन्सीहरुले  यस्ता जानकारीहरु  संग्रह गर्दछन र तपाईले हामीले कुन एजेन्सी प्रयोग गर्छौ  त्यसबारे जान्न हामीलाई सम्पर्क गर्नसक्नुहुनेछ।  हाललाई सफल नभएका आवेदनहरुलाई आवेदनकर्ताहरुको सिप अनुसार भविष्यमा जागिरको अवसर प्रदान गर्ने हेतुले  १२ महिनासम्म सुरक्षित रुपमा राखिन्छ। यदी तपाई आफ्नो सूचना  उल्लेखित प्रयोजनको लागि बैंकमा राख्न चाहन हुदैन भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

() विद्धुतीय संचार 

यदी तपाईले ई-मेलद्वारा सम्पर्क गर्नु भयो भने यस्तो ई-मेलको रेकर्ड राख्नेछौ।

हामी कसरी तपाईको सूचना प्रयोग गर्दछौ

हामी सदैव तपाईको सूचनालाई गोप्य र सुरक्षित राख्दछौ। यसको निम्ति सूचनाको  सुरक्षा र गोपनियता सम्बन्धि कानुनको पालना गर्दै अन्य उत्कृष्ट अभ्यासहरुको  अवलम्बन गरिन्छ।

() तपाईको सूचनाको प्रयोग –प्रयोजनहरु 

यदी तपाईले स्टाण्डर्ड चार्टर्ड बैंकको कुनै सेवा सम्बन्धमा तपाईको सूचना प्रदान गर्नुभयो भने वा हामीसँग विद्धुतीय संचार गर्नु भयो भने   तपाईद्वारा अनुरोध गरिएको उत्पादन वा सेवा प्रदान गर्न वा विद्धुतीय संचारको प्रतिक्रिया दिने प्रयोजनहरुको (“प्रयोजनहरु”) लागि    हामी तपाईको सूचना प्रयोग गर्नेछौ ।

यदी तपाईले स्टाण्डर्ड चार्टर्ड बैंकको कुनै सेवा सम्बन्धमा तपाईको सूचना प्रदान गर्नुभयो भने वा हामीसँग विद्धुतीय संचार गर्नु भयो भने   तपाईद्वारा अनुरोध गरिएको उत्पादन वा सेवा प्रदान गर्न वा विद्धुतीय संचारको प्रतिक्रिया दिने प्रयोजनहरुको (“प्रयोजनहरु”) लागि    हामी तपाईको सूचना प्रयोग गर्नेछौ ।   अन्य सम्बन्धित प्रयोजनहरु तल उल्लेख गरिएको छ :

  • तपाईले उपभोग गर्न चाहेको सेवाको बारे तपाईलाई निरन्तर जानकारी प्रदान  गर्न
  • तपाईबारे हाम्रो रेकर्ड अद्यावधिक गर्न
  • तपाईको वित्तिय आवश्यकता बारे बुझ्न
  • कर्जा सम्बन्धि जाँचपड्ताल गर्ने र अन्य वित्तिय संस्थानहरुलाई   यसको  लागि सहयोग गर्न
  • ठगीजन्य/अपराधजन्य क्रियाकलापको पहिचान र कानुनीरुपले निराकरण गर्न
  • कर्जा संकलन
  • ऐन कानुन र नियमहरुको पालना गर्न
  • अनुसन्धान एवं तथ्यांकगत विश्लेषणद्वारा   हाम्रा सेवाहरुको गुणस्तर अभिवृद्धि गर्न

कृपया यस्ता  सेवाहरुको सम्बन्धमा लागू हुने  नियम तथा शर्तहरु पढ्नुहोला।

 () बजारीकरण         

सामान्यतया हामी तपाईको यस वेबसाइट बाट संकलित सूचना  बजारीकरणको प्रयोजनको लागि प्रयोग गर्दैनौ। तर यदी तपाईले यँहा उल्लेख गरिएका सेवाहरुको लागि आवेदन दिनुभयो भने तपाईको सूचना एससीबी  ग्रुपले अन्य सेवाहरुबारे तपाईको सूचना तपाईलाई जानकारी गराउन प्रयोग गर्न सक्छ।

यदी तपाई यसबारे रुचि छैन भने कृपया हामीलाई clientcarecentre.Nepal@sc.com ई-मेल ठेगानामा सम्पर्क गर्नुहोला।

() तपाईको सूचनाबारे अन्यलाई जानकारी दिने 

तपाईको सूचना प्रयोजनहरुको लागि प्रयोग गर्दा यसबारे  हामीले एससीबी ग्रुप अन्तर्गतका एक भन्दा बढी कम्पनी, हाम्रा एजेन्ट, सल्लाहकार र  तेश्रो पक्षका सेवा प्रदायकहरुलाई (“अन्य पक्षहरु”)  जानकारी गराउन सक्छौ।यसो भएमा तपाईको  सूचनालाई हामीले  जस्तै संवेदनशील  भएर प्रयोग गर्ने तेश्रो पक्षहरुको आवश्यकता पर्नेछ।  हाम्रो निर्देशनहरुको बमोजिम यिनीहरुले तपाईको सूचना प्रयोग गर्नेछन् । यदी अन्य पक्षहरु विदेशमा अवस्थित भए तपाईको सूचना  तपाई बसोबास गर्ने मुलुकको भन्दा कम कडा   गोपनियता र सूचना सुरक्षा सम्बन्धि कानुन भएका मुलुकहरुमा पठाइन्छ। हामीले  अनुमति प्राप्त नगरेसम्म वा कानुनी रुपमा वाध्य नभएसम्म हामी तपाईको सूचनाको जानकारी  तेश्रो पक्षहरुलाई दिदैनौ। यसको अर्थ  निम्न उल्लेखित पक्षहरुसँग तपाईको सूचना सम्बन्धी जानकारी गराइन्छ :

  • हाम्रो, हाम्रा एजेन्ट, सल्लाहकार वा तेश्रो पक्ष सेवा प्रदायकहरुको उपस्थिति भएको मुलुकहरुका नियामक  निकाय, सुपरिवेक्षक, सरकार वा त्यस्तै अधिकारसम्पन्न निकायहरु
  • एससीबी ग्रुपसँग सम्बन्धित सूचनाको  गोपनियता कायम  गर्न कटिवद्ध एजेन्ट, सल्लाहकार र  तेश्रो पक्ष सेवा प्रदायकहरु
  • क्रेडिट रिफरेन्स, कर्जा संकलन, सम्पत्ति शुद्धिकरण र ठगी निवारणसँग सम्बन्धित  निकायहरु (जहाँ प्रयोजनहरुको लागि आवश्यक पर्दछ )

() तपाईको सूचना राखिने अवधि  

जुन प्रयोजनको लागि  तपाईको सूचना  संकलन गरिएको हो त्यो प्रयोजन पूरा नभएसम्म  हामी यसलाई आफूसँग राख्दछौ।    कानुनी, नियमनकारी वा  लेखा सम्बन्धि प्रावधान अनुरुप  अझ बढी समय राख्नु पर्ने आवश्यकता नहुने बित्तिकै  हामी यसलाई मेटाई  दिन्छौ।

इन्टरनेट प्रयोग गर्दा गोपनियता र सुरक्षा

  • इन्टरनेट संचारको लागि   सुरक्षित माध्यम होइन। कुनै तेश्रो पक्षद्वारा  यस मार्फत्   आदान प्रदान गरिएका सूचनाको अनधिकृत  दुरूपयोग हुन सक्ने खतरा सधै हुन्छ। त्यसैले आफूले प्रयोग गर्ने  आइडी र  लगइन पासवोर्ड गोप्य र सुरक्षितसाथ राख्नु तपाईको जिम्मेवारी हो।-इन्टरनेट मार्फत् आदान प्रदान हुने  सूचना तपाईले बसोबास गर्ने मुलुक  भन्दा कमजोर सूचनाको गोपनियता र सुरक्षा सम्बधि कानुन भएको मुलुकहरु मार्फत्  अन्तर्राष्ट्रिय  रुपमा नै प्रवाह हुन्छ (प्रेषक र प्रापक एउटै मुलुकमा भएता पनि)।-हामीलाई हाम्रो डोमेनभित्र र बाहिरबाट प्रवाह हुने वेब र इ-मेल सहित इन्टरनेट मार्फत गरिने   अन्य सबै संचारको अनुगमन गर्ने पूर्ण अधिकार छ। यस्तो अधिकार हाम्रो प्रणाली र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, कारोबारहरूको अभिलेख राख्न र कतिपय अवस्थाहरुमा अनधिकृत र अपराधजन्य क्रियाकलापहरुको पहिचान र रोकथाम  गर्न नितान्त जरुरी छ।

हाम्रो वेबसाइटको गोपनियता सम्बन्धि नीतिमा परिवर्तन

हामी बेलाबेलामा हाम्रो वेबसाइटको गोपनियता सम्बन्धि नीतिमा परिवर्तन गर्दछौ। यही सन्दर्भमा यँहालाई नियमित रुपमा वेबसाइट भ्रमण गरी यसमा गरिएको पछिल्लो परिवर्तनबारे परिचित हुन अनुरोध गरिन्छ।

यस वेबसाइट गोपनियता सम्बन्धि विवरण २०६९ असोज २ मा अध्यावधि गरिएको हो

प्रतिलिप अधिकार @ स्टाण्डर्ड चार्टर्ड पी. एल. सी. २०१२ | सम्पूर्ण अधिकार सुरक्षित

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED