Click here for English Version

तपाईको व्यक्तिगत सूचनाको सुरक्षा

तपाईको व्यक्तिगत सूचना हामीलाई महत्वपूर्ण छ, र हामी तपाईलाई तपाईको सूचना कसरी प्रयोग गर्छौँ र कसरी सुरक्षित राख्नेछौँ भन्ने विषयमा जानकारी दिन चाहन्छौँ । व्यक्तिगत सूचना भन्नाले तपाईसँग सम्बन्धित अथवा तपाईलाई पहिचान गराउने विवरण हो । यस गोपनीयता सूचनामा, हामी तपाईको व्यक्तिगत सूचना कसरी संकलन, स्थानान्तरण र प्रशोधन गर्छौं भन्ने बारेमा व्याख्या गर्नेछौँ । तपाईको हक र अधिकार के के हुन र ती अधिकारहरूको प्रयोग कसरी गर्न सकिन्छ भनेर पनि व्याख्या गर्नेछौँ । साथै, समय-समयमा हामी तपाईलाई थप गोपनियता सम्बन्धी छुट्टै सूचना मार्फत, विशेष च्यानल, वस्तु, सेवा, व्यवसाय र गतिविधिहरूको बारेमा जानकारी उपलब्ध गराउनेछौँ । यस गोपनीयता सूचनामा, “हामी”, “हाम्रो”, वा “हाम्रा” भन्नाले, तपाईले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने स्ट्याण्डर्ड चार्टर्ड ब्रान्ड अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड समुह (Standard Chartered Group) को शाखा, सहायक कम्पनी वा कानूनी इकाईलाई जनाउँछ, जसले तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्ने तथा कसरी सङ्कलन र प्रयोग गर्ने निर्णय लिने कार्य गर्दछ । स्ट्याण्डर्ड चार्टर्ड समुह भन्नाले स्ट्याण्डर्ड चार्टर्ड पीएलसी (Standard Chartered PLC), सम्बन्धित सहायक र सम्बद्ध कम्पनीहरू, लगायत प्रत्येक शाखा वा प्रतिनिधि कार्यालयलाई व्यक्तिगत रूपमा वा सम्मिलित रूपमा जनाउँछ । यस गोपनीयता सूचना प्रदान गर्ने सम्बन्धित स्ट्याण्डर्ड चार्टर्ड समुहका सदस्य(हरू)को विवरणका लागि यस गोपनीयनता सूचनामा रहेको ‘कसरी सम्पर्क गर्ने’ भन्ने भागमा हेर्न सक्नुहुनेछ । हाम्रो सम्बन्धन-प्राप्त केही कम्पनीहरुको वेबसाइटहरुको आफ्नै छुट्टै ब्रान्ड पहिचान छ र उनीहरूले प्रदान गर्ने विशिष्ट उत्पादन र सेवाहरूको लागि आफ्नै छुट्टै गोपनीयता सूचनाहरू रहेका छन् । उनीहरुले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गर्छन् भन्ने सम्बन्धमा तपाईले त्यस्ता सम्बन्धन-प्राप्त कम्पनीहरुले निर्देशन गरेबमोजिमको गोपनीयता सूचनाहरू हेर्नु पर्नेछ । हाम्रो अनलाइन विज्ञापनहरू प्रदर्शन गर्ने वा हामीसँग जोडिएका तर हामीले सञ्चालन वा नियन्त्रण नगर्ने तेस्रो पक्षका वेबसाइटहरूमा यो गोपनीयता सूचना लागू हुँदैन । ती वेबसाइटहरूका आफ्नै गोपनीयता सूचनाहरू हुनुपर्छ, जुन तपाईले पढेर उनीहरूले तपाईको व्यक्तिगत सूचना कसरी सङ्कलन तथा प्रशोधन गर्छन् र तपाईका अधिकारहरू के के हुन् भन्ने बारेमा बुझ्न सक्नुहुनेछ । हामीले समय-समयमा यो गोपनीयता सूचना अध्यावधिक गर्नेछौँ । तपाईले यस गोपनीयता सूचनाको अन्त्यमा वर्तमान संस्करणको मिति सुचीकृत भएको पाउनुहुनेछ । तपाईको व्यक्तिगत सूचना सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा भएमा, कृपया हामीलार्इ निसंकोच सम्पर्क गर्नुहोला (तपाईले ‘कसरी सम्पर्क गर्ने’ भागमा हाम्रो सम्पर्क विवरण पाउन सक्नुहुनेछ) ।

हामी तपाईको बारेमा निम्न प्रकारका व्यक्तिगत सूचना संकलन गर्न सक्छौँ । यस गोपनीयता सूचनामा, ‘तपाई’ भन्नाले तपाईलाई व्यक्तिगत रूपमा जनाउँछ यदि तपाईः

  • व्यक्तिगत बैंकिङ ग्राहक हुनुहुन्छ;
  • (१) हाम्रो व्यक्तिगत बैंकिङ ग्राहक रहेको कम्पनी, व्यवसाय वा संस्था; वा (२) हाम्रो व्यक्तिगत बैंकिङ ग्राहकसँग सम्बन्ध रहेको व्यक्ति वा कम्पनी, व्यवसाय वा संस्था, को प्रतिनिधि वा निजसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित व्यक्ति; वा
  • (१) हाम्रो व्यवसायिक वा कर्पोरेट बैंकिङ ग्राहक रहेको कम्पनी, व्यवसाय वा संस्था; वा (२) हाम्रो व्यवसायिक वा कर्पोरेट बैंकिङ ग्राहकसँग सम्बन्ध रहेको व्यक्ति वा कम्पनी, व्यवसाय वा संस्थाको प्रतिनिधि वा निजसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित व्यक्ति ।

हामीले व्यवसाय तथा कर्पोरेट ग्राहक सम्बन्ध अन्तर्गत संकलन गर्ने व्यक्तिगत सूचना मुख्यतः संचालक तथा अधिकारीहरू, अन्य कर्मचारीहरू, प्रत्यक्ष वा अप्रत्यक्ष हितग्राही धनीहरु र हाम्रो due diligence दायित्वहरु पुरा गर्न हामीलाई चाहिने आधिकारिक व्यक्तिहरु, स्ट्याण्डर्ड चार्टर्ड समुहलाई वस्तु र/वा सेवाहरू उपलब्ध गराउनका लागि हामीले अन्तरक्रिया गर्ने व्यक्तिहरुको हस्ताक्षरकर्ता विवरण तथा सम्पर्क जानकारी लगायतका जानकारीहरुमा सीमित हुनेछ ।

यदि तपाईले हामीलाई अन्य कसैको व्यक्तिगत सूचना दिनुहुन्छ भने, तपाईले सो व्यक्तिको अनुमति लिनुपर्नेछ र निजलाई हामीले कसरी त्यसको प्रयोग गर्नेछौँ भन्ने बारे जानकारी दिनुपर्नेछ ।

कानुन अनुसार र आवश्यकता बमोजिम, हामीले तपाईको निम्न प्रकारका व्यक्तिगत सूचना संकलन गर्न सक्नेछौँ :

  • पहिचान सम्बन्धी सूचना – तपाईको (अद्वितीय वा अर्ध-अद्वितीय रुपमा) पहिचान गराउने विवरण । उदाहरणका लागि, तपाईको नाम, तपाईको जन्ममिति, तपाईको लिङ्ग, तपाईको लग इन विवरण, तपाईका फोटोहरू, सीसीटीभी (CCTV) वा तपाईका भिडियो रेकर्डिङहरू, तथा राष्ट्रिय पहिचान नम्बर, पासपोर्ट नम्बर र कर पहिचान नम्बर जस्ता आधिकारिक/सरकारी परिचय विवरणहरु लगायतका अन्य पहिचानकर्ता ।
  • सम्पर्क सूचना – तपाईलाई सम्बोधन गर्न, सन्देश पठाउन वा सम्पर्क गर्न अनुमति प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इमेल ठेगाना, तपाईको फोन वा मोबाइल नम्बर तथा तपाईको व्यवसायिक वा आवासीय ठेगाना ।
  • पेशामुलक सूचना – तपाईको शैक्षिक वा पेशागत पृष्ठभूमि सम्बन्धी जानकारी
  • आर्थिक तथा वाणिज्य सूचना – तपाईको खाता तथा कारोबार विवरण वा तपाईलाई सम्बन्धित वस्तु तथा सेवा प्रदान गर्न आवश्यकता बमोजिम तपाईको आर्थिक अवस्था तथा पृष्ठभूमि, स्थिति र इतिहासलाई पहिचान गर्ने जानकारी । उदाहरणको लागी, तपाईको डेबिट वा क्रेडिट कार्डको विवरण, तपाईको पूँजीको स्रोत, तपाईको वित्तीय तथा क्रेडिट रेटिङ इतिहास ।
  • भौगोलिक (Geolocation) सूचना – कुनै यन्त्रको स्थान समावेश गर्ने वा प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इन्टरनेट प्रोटोकल (IP) ठेगाना वा तपाईको कुकीज (cookies) पहिचानकर्ता ।
  • व्यवहारिक सूचना – तपाईको व्यवहारिक विशेषताहरूको वर्णन गर्ने विश्लेषणात्मक जानकारी । उदाहरणका लागि, सामान्य कारोबार क्रियाकलाप, हाम्रो वेबसाइटहरूमा हुने ब्राउजिङ व्यवहार तथा हामीले वा हाम्रा विज्ञापन साझेदार र सामाजिक सञ्जाल प्लेटफोर्म प्रदायकहरू जस्ता तेस्रो पक्षीय संस्थाहरूले प्रदान गरेका वस्तु तथा सेवाको प्रयोगकर्ताको रूपमा गरिने तपाईको अन्तरक्रिया ।
  • व्यक्तिगत सम्बन्धको सूचना – तपाईको पहिचान निर्धारण गर्न सक्ने व्यक्ति वा संस्थाहरू बीचको सम्बन्ध वा नजिकको सम्बन्धको बारेमा जानकारी । उदाहरणका लागि, जहान वा रोजगारदातासँगको सम्बन्धहरु ।
  •  सञ्चार सूचना – हामीसँग भएको तपाईको आवाज, सन्देश, इमेल, लाइभ च्याट र अन्य सञ्चारमा समावेश गरिएको तपाईसँग सम्बन्धित जानकारी । उदाहरणको लागि, सेवा अनुरोधहरु ।
    हामीलाई कहिलेकाहीँ तपाईको बढी संवेदनशील व्यक्तिगत विवरण संकलन गर्न पर्ने सक्छ, तर यो हामी आवश्यक भएमा र तपाईको स्वीकृति लिएर मात्र, वा कानूनले अनुमति दिएमा गर्नेछौँ । यी संवेदनशील व्यक्तिगत विवरण (कहिलेकाहीँ विशेष श्रेणीको व्यक्तिगत विवरणको रूपमा चिनिने) मा निम्न कुराहरू समावेश हुन सक्छ:
  • जातीय वा सामुदायिक मूल सम्बन्धी सूचना – तपाईको जातीय र सामुदायिक मूल (racial or ethnic origin) खुलाउने जानकारी ।
  • बायोमेट्रिक सूचना – तपाईको शारीरिक पहिचान प्रदान गर्ने विवरण । उदाहरणको लागि, अनुहार पहिचान विवरण (facial recognition information), तपाईको औँठाछाप वा आवाज पहिचान विवरण ।
  • स्वास्थ सम्बन्धी सूचना – तपाईको स्वास्थ्य स्थिति सम्बन्धी विवरण ।
  • फौजदारी अभियोग , कारबाही वा आरोपको विवरण – आपराधिक सजाय वा हामीले हाम्रो वित्तीय अपराध रोकथाम दायित्वहरूको सम्बन्धमा पहिचान गर्ने, फौजदारी अभियोग वा सोसँग सम्बन्धित जानकारीको विवरण । यसमा अपराध वा आरोपित अपराध वा अभियोगका विवरणहरू समावेश रहनेछ ।
    हामी सामान्यतया तपाईको व्यक्तिगत विवरण सिधै तपाईबाट नै प्राप्त गर्छौ, तर आवश्यक परेमा हामी अन्य स्रोतहरुबाट पनि तपाईको व्यक्तिगत विवरण प्राप्त गर्न सक्छौँ:
  • तपाईले चिन्ने व्यक्तिहरू – जस्तै:
  • जस्तै नाबालिगका अभिभावक वा संरक्षकहरू । यदि तपाई एक नाबालिग हुनुहुन्छ (सामान्यतया ‘नाबालिग’ भन्नाले १८ वर्ष भन्दा कम उमेरको व्यक्तिलाई मानिन्छ, तर यो तपाई बस्ने ठाउँमा निर्भर हुन सक्दछ) भने, हामीले तपाईको व्यक्तिगत सुचना संकलन, प्रयोग वा अरुसँग खुलाउनु अघि तपाईको अभिभावक वा संरक्षकको सहमति प्राप्त गर्नेछौँ ।
  •  तपाईसँग संयुक्त खाता रहेका व्यक्तिहरू
  •  तपाईले आफ्नो रिफरी (referees) को रूपमा मनोनयन गर्नुभएका अन्य व्यक्तिहरू
  • तपाईले आफ्नो प्रतिनिधिको रुपमा मनोनयन गर्नुभएको अन्य व्यक्तिहरू
  • व्यवसाय तथा अन्य संस्थाहरु – जस्तै:
  • तपाईको रोजगारदाता अथवा तपाईले प्रतिनिधित्व गर्नुभएको कम्पनी, व्यवसाय वा तपाईसँग सम्बन्धित संस्था ।
  • अन्य वित्तीय संस्था तथा वित्तीय सेवा प्रदायकहरू
  • स्ट्याण्डर्ड चार्टर्ड समूहले हाम्रो सम्झौताको व्यवस्था वा अन्य जोइन्ट भेन्चरहरुमा आधारित भई सम्बन्धित तेस्रो पक्ष वस्तु तथा सेवा प्रदान गर्न सहकार्य गर्ने व्यवसायिक गठबन्धन, को-ब्राण्डिङ साझेदार वा अन्य कम्पनी वा संस्थाहरु लगायतका स्ट्राटेजिक रेफरल साझेदारहरु (strategic referral partners)
  •  सेवा साझेदारहरू, जस्तै विज्ञापन र बजार अनुसन्धान कम्पनीहरू तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकहरू
  • सेवा साझेदारहरू, जस्तै विज्ञापन र बजार अनुसन्धान कम्पनीहरू र सामाजिक मिडिया प्लेटफर्म प्रदायकहरू
  •  क्रेडिट रेफरेन्स (Credit Reference) तथा जालसाजी निवारण एजेन्सीहरू (Fraud Prevention Agencies)
  • स्ट्याण्डर्ड चार्टर्ड समूह माथि अधिकार भएका नियामक तथा अन्य निकायहरू, जस्तै कर प्राधिकरण, कानून कार्यान्वयन वा वित्तीय प्रतिबन्ध लगाउने अधिकारी
  • हाम्रो कर्पोरेट तथा व्यवसायिक ग्राहकहरू – तपाईले अन्तरक्रिया गर्नुहुने कम्पनी, व्यवसाय वा संस्थासँग हाम्रो सम्झौताको सम्बन्धमा तपाईले हाम्रा सेवाहरूको लाभ प्राप्त गर्दा । उदाहरणका लागि, हाम्रा मर्चेन्ट ग्राहकहरूसँग भुक्तानी सम्बन्धी विवाद समाधान गर्ने कार्य ।
  • सार्वजनिक रूपमा उपलब्ध स्रोतहरू – जस्तै अनलाइन विवरणपुस्तक (Directories), करियर प्लेटफर्महरु, प्रकाशन, सामाजिक सञ्जालका पोस्टहरू तथा सार्वजनिक रूपमा उपलब्ध अन्य जानकारीहरू ।
  •  कुकीज – तपाई हाम्रो वेबसाइट, अनलाइन बैंकिङ वा मोबाइल एप्लिकेशनहरूमा ब्राउज वा प्रयोग गर्दा, हामी तपाईको यन्त्रबाट केहि जानकारीहरू स्वत: सङ्कलन गर्न कुकीज प्रयोग गर्न सक्छौं। हामी त्यस्तो जानकारीलाई आन्तरिक विश्लेषण र समस्या समाधानको लागि, तपाईलाई चिन्न र तपाईका प्राथमिकताहरू सम्झनको लागि, हाम्रो सामग्रीको गुणस्तर सुधार्न र व्यक्तिगत बनाउनको लागि प्रयोग गर्न सक्छौँ र तपाईको खाताको सुरक्षा स्थिति निर्धारण गर्न प्रयोग गर्न सक्छौँ। हाम्रो वेबसाइटहरूमा ब्राउज गर्दा कुकीज कसरी प्रयोग गरिन्छ र तपाईले यसलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:

हामी तपाईको व्यक्तिगत सुचना हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न, हाम्रा ग्राहकहरूसँग हाम्रो सम्बन्ध व्यवस्थापन गर्न र हाम्रो व्यवसाय सञ्चालन गर्न संकलन गर्छौँ । तपाईको हामीसँग आफ्नो व्यक्तिगत बैँक खाता रहेमा र तपाईले हाम्रा बैंकिङ ग्राहक भएका अन्य व्यक्ति, कम्पनी, व्यवसाय, वा संस्थाहरूको प्रतिनिधित्व गर्ने भएमा वा उनीहरुसँग
सम्बन्ध राखेमा पनि यो आवश्यक हुन्छ, उदाहरणका लागि, यदि तपाई ग्यारेण्टर, कर्मचारी, शेयरधनी, निर्देशक, अधिकारी, वा अधिकृत व्यक्ति भएमा ।

यदि तपाईको स्ट्याण्डर्ड चार्टर्ड समूहसँग एक भन्दा बढी खाताहरू छन् वा तपाई एक भन्दा बढी खातासँग सम्बन्धित हुनुहुन्छ भने, हाम्रो ग्राहक सम्बन्धको बारेमा समग्र तरिकाले बुझ्नका लागि हामी तपाईको सम्पूर्ण खाताहरू तथा व्यक्तिगत सुचना जोड्न सक्छौँ ।
हामी सामान्यतया कानूनबमोजिम आवश्यक भएमा तपाईको अनुमति लिएर अथवा प्रचलित कानूनले अनुमति दिएमा वा आवश्यक गरेमा, आवश्यक पारेमा लगायत निम्नानुसारका कानूनी कारणहरुको निम्ति तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्छौँ:

  • करार – हामीले करार बमोजिमका दायित्वहरू पुरा गर्ने क्रममा ।
  • कानूनी दायित्व – हामीद्वारा कानून र नियमहरूको पालना गर्न परेको खण्डमा
  •  वैधानिक हित – प्रशोधनको उद्देश्य हाम्रो वैधानिक हित (Legitimate Interest) भित्र भएको खण्डमा ।
    हामीले तपाईको व्यक्तिगत सूचना केका लागि प्रयोग गर्छौँ भन्ने कुरा प्राय: हाम्रो प्रशोधनको उद्देश्यको रूपमा उल्लेख गरिन्छ र यी कुराहरु तल विस्तृत गरिएको छ । यदि तपाईले आवश्यक व्यक्तिगत विवरण हामीलाई प्रदान नगरेमा अथवा हामीले आवश्यक ठानेको र/वा हाम्रा कानूनी तथा नियामकीय दायित्वहरू पुरा गर्न आवश्यक व्यक्तिगत विवरण हामीद्वारा प्रशोधन होस भन्ने नचाहेमा, हामी तपाईको रोजगार आवेदन प्रक्रियालाई अगाडी बढाउन असमर्थ हुनेछौँ ।

प्रशोधनको उद्देश्यः
तपाईको हामीसँग आफ्नै बैँक खाता भएमा वा हामीसँग बैँकिंग गर्ने अन्य व्यक्ति, कम्पनी, व्यवसाय, वा संस्थासँग सम्बन्धित, वा सोको प्रतिनिधित्व गर्ने भएको खण्डमा, हामी सम्बन्धित वस्तु तथा सेवा प्रदान गर्नको लागि आवश्यकता अनुसार तपाईको व्यक्तिगत सूचना निम्न उद्देश्यहरूको लागि प्रशोधन गर्छौँ:

हाम्रा ग्राहकहरूलाई वस्तु र सेवा प्रदान गर्न तथा मूल्याङ्कन गर्नः
यसमा निम्न विषयहरु समावेश छन्:

  •  ग्राहकहरूका लागि उत्पादन र सेवाका आवेदनहरूको योग्यता, गुण, र/वा उपयुक्तता मूल्यांकन गर्ने, हाम्रो योग्यता मापदण्ड पूरा नभएमा हामीले आवेदनको रेकर्ड राख्न सक्नेछौँ
  • व्यक्तिगत ग्यारेण्टरको रूपमा तपाईको उपयुक्तताको मूल्याङ्कन गर्ने
  • प्रचलित कानूनद्वारा आवश्यक गराइएको सम्बन्धित ड्यु डिलिजेन्स (due diligence) तथा ग्राहक पहिचान (KYC) जाँचहरू सञ्चालन गर्ने
  • प्रचलित कानून तथा नियमहरुद्वारा आवश्यक रूपमा क्रेडिट जाँच तथा वित्तीय मूल्याङ्कनहरू सञ्चालन गर्ने
  • ग्राहकहरूको लागि क्रेडिट सीमा तोक्ने
  • को-ब्राण्डिङ तथा अन्य तेस्रो-पक्ष वस्तु तथा सेवाहरू, जस्तै बीमा तथा सम्पत्ति व्यवस्थापन सेवाका लागि ग्राहकहरूको तर्फबाट उल्लेखित मूल्य प्राप्त गर्ने, आवेदनहरु तथा रणनीतिक रेफरल साझेदारहरू (strategic referral partners) सँग अन्तरक्रिया गर्ने सहयोग गर्ने
  •  खाता खोल्ने ।

ग्राहक खाता प्रशासन तथा बैंकिंग सम्बन्ध व्यवस्थापन गर्ने
यसमा निम्न विषयहरु समावेश छन् :

  • हामीसँग वा लागू हुने खण्डमा स्ट्याण्डर्ड चार्टर्ड समूहको कुनै पनि सदस्यसँग ग्राहक बैंकिङ सम्बन्ध तथा खाताहरू स्थापना गर्ने, जारी राख्ने र व्यवस्थापन गर्ने
  • ग्राहकहरूलाई हाम्रो अनलाइन र मोबाइल बैँकिंग प्लेटफर्महरू जस्ता वस्तु तथा सेवाहरूमा उपयुक्त पहुँच प्रदान गर्ने
  •  वस्तु तथा सेवाहरूको लागि हाम्रा ग्राहकहरुसँगको सम्झौता बमोजिमका दायित्वहरू पुरा गर्नको निमित्त, हामीद्वारा वा हामी मार्फत वा स्ट्याण्डर्ड चार्टर्ड समूहको कुनै पनि सदस्यद्वारा प्रदान गर्ने वस्तु तथा सेवाहरु सञ्चालन गर्ने, प्रदान गर्ने, समीक्षा गर्ने तथा मुल्यांकन गर्ने
  • खाताहरु बीच पैसा स्थानान्तरण गर्ने तथा ग्राहकहरुको निमित्त तेस्रो पक्षलाई भुक्तानी गर्ने जस्ता कारोबार संचालन र प्रमाणित गर्ने तथा निर्देशन वा अनुरोधहरूमा कार्यसम्पादन गर्ने
  • अख्तियारप्राप्त व्यक्ति तथा हस्ताक्षर सूचीको अप-टु-डेट रेकर्ड कायम राख्ने
  • हामीले तपाईलाई तथा तपाईले हामीलाई तिर्नु पर्ने ऋणको रकमको विवरणहरू कायम राख्ने
  • क्रेडिट सुविधा वा ग्राहकहरुको लागी ऋण जस्ता विषय व्यवस्थापन गर्ने
  • सम्पर्क विवरण कायम राख्ने
  • प्रश्नहरूको जवाफ दिने वा स्ट्याण्डर्ड चार्टर्ड समूहको बारेमा संवाद, भावना र गुनासोहरू पहिचान गर्न सामाजिक सञ्जालमा हुने संवाद तथा पोस्टहरूको निगरानी लगायतका कुनैपनि गुनासो व्यवस्थापन गर्ने ।
  • हाम्रा उत्पादनहरू र सेवाहरूको नियम तथा सर्तहरूमा भएको परिवर्तनहरू बारे सूचनाहरू जारी गर्ने
  • प्रमाण तथा अभिलेख राख्ने उद्देश्यका लागि अनलाइन सन्देश, ईमेल, तथा टेलिफोन लगायतका हाम्रा सञ्चारहरु रेकर्ड गर्ने
  • हामीले प्रदान गर्ने वस्तु तथा सेवाहरूसँग सम्बन्धित ग्राहकहरूसँग सम्पर्क राख्ने
  • एकाउन्ट इन्फर्मेशन सर्भिस प्रोभाइडर (Account Information Service Providers (AISPs)) लगायत सहित ग्राहकहरूको लागि खुला बैंकिङ सहजीकरण गर्ने ।

हाम्रो व्यापार सञ्चालन गर्न

यसमा निम्न विषयहरु समावेश छन्:

ग्राहकहरूको लागि अनलाइन र मोबाइल बैंकिङ जस्ता सुविधामा प्रमाणीकरण र प्रयोगकर्ता पहुँच नियन्त्रणहरू व्यवस्थापन गर्ने

  • हाम्रो व्यवसाय सञ्चालनको लेखापरीक्षण गर्ने
  • ग्राहकहरूसँग सम्बन्धित हाम्रो क्रेडिट स्कोरिङ मोडेलहरू सिर्जना र कायम गर्ने
  •  वर्तमान र भविष्यको सन्दर्भको लागि ग्राहकको क्रेडिट इतिहास कायम राख्ने, क्रेडिट ब्यूरो र क्रेडिट रेफरेन्स एजेन्सीहरूलाई अद्यावधिक गर्ने र हाल जारी क्रेडिट योग्यता र क्रेडिट जाँचहरू सुनिश्चित गर्ने लगायतका क्रेडिट व्यवस्थापन गतिविधिहरू सञ्चालन गर्ने
  • गलत भुक्तानीको परिणामस्वरूप ग्राहकको खातामा प्रवेश गरेको रकम फिर्ता गर्न अन्य बैंकहरू र तेस्रो पक्षलाई सहयोग गर्ने `
  • व्यवसाय सञ्चालन व्यवस्थापनमा संलग्न हुने, जस्तै हामीले प्रदान गर्ने वस्तु तथा सेवाहरूसँग सम्बन्धित प्रशासनिक कार्य सम्पादन, जोखिम व्यवस्थापन गतिविधि, अडिट तथा हाम्रो सञ्चार र प्रशोधन प्रणालीको संचालन र सुरक्षा सुनिश्चित गर्ने जस्ता व्यापारिक संचालन व्यवस्थापनमा संलग्न हुने, प्रणाली विकास र परीक्षण गर्ने, व्यापार योजना र निर्णय लिने ।

हाम्रा ग्राहकहरूलाई हाम्रा उत्पादनहरू र सेवाहरू सुधार गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • हाम्रो प्रणाली, उत्पादन र सेवाहरूको विकास, परीक्षण र विश्लेषण गर्ने
  •  तालिम र गुणस्तर उद्देश्यका लागि तपाईसँगको हाम्रो फोन कल जस्ता तपाईसँगको हाम्रो सञ्चारको अनुगमन र रेकर्डिङ गर्ने
  •  बजार अनुसन्धान र ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्ने
  •  तपाईको प्रयोगको लागि हाम्रा वस्तु तथा सेवाहरू डिजाइन गर्ने, उदाहरणका लागि क्रेडिट कार्ड
  •  जनसांख्यिकीय विश्लेषणहरू (demographic analytics) सञ्चालन गर्ने र हाम्रो उत्पादनहरू, सेवाहरू र हाम्रा एप्लिकेसनको प्रयोगबाट प्राप्त हुने व्यवहारिक सुचना जम्मा गरेर अन्तर्दृष्टिहरू सङ्कलन गर्ने ।

प्रत्यक्ष मार्केटिङको बारेमा थप जानकारीका लागि, कृपया यस गोपनीयता सूचनाको ‘हामी प्रत्यक्ष मार्केटिङ कहिले सञ्चालन गर्छौं?’ भन्ने भागमा हेर्नुहोस् ।

तपाई र हाम्रा व्यक्तिहरूलाई सुरक्षित राख्ने
यसमा निम्न विषयहरु समावेश छन्:

  • भवन प्रवेशका लागि परिचय प्रमाणीकरण सुरक्षा जाँच गर्ने
  • हाम्रा शाखाहरु, परिसरहरु तथा एटीएमहरूमा जालसाजी र/वा चोरी जस्ता अपराधहरु जाँच्न तथा रोकथाम को निम्ति सीसीटीभिको प्रयोग गर्ने
  •  हाम्रा सम्पत्ति तथा परिसरहरूमा घटना वा आपतकालीन परिस्थितिहरूको अनुसन्धान तथा प्रतिवेदन पेश गर्ने
  • तपाईको सूचना सुरक्षित र गोप्य राख्नको निम्ति हाम्रो प्रणाली तथा नेटवर्कहरूको सुरक्षाको लागि
  •  अन्य स्वास्थ्य तथा सुरक्षा कार्यान्वयनको उद्देश्यहरूका लागि
  •  जालसाजीको लागि प्रयोग हुन सक्ने सूचना सार्वजनिक रूपमा खुलाउन बाट ग्राहकहरूलाई जोगाउन सामाजिक सञ्जालमा हुने कुराकानीहरू र पोस्टहरूको निगरानी ।

वित्तीय अपराध जाँच, अनुसन्धान तथा रोकथाम गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  •  स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी खुलाउनको लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्न लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  • सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी, वा अन्य गैरकानूनी कृयाकलापको जाँच, रोकथाम वा निकासा कार्यान्वयन गर्नको लागि समूह भित्र सबैलाई लागू हुने कुनैपनि कार्यक्रमहरु बमोजिम सूचना तथा जानकारीको अन्य कुनै प्रयोग गर्ने
  •  कानूनले आवश्यक गरेबमोजिम सरकार तथा अन्य आधिकारिक केन्द्रीकृत डाटाबेसहरू विरुद्ध पहिचान प्रमाणीकरण सुरक्षा जाँचहरू सञ्चालन गर्ने
  •  वास्तविक वा शंकास्पद जालसाजी, वित्तीय अपराध वा अन्य आपराधिक क्रियाकलापहरूसँग सम्बन्धित कारोबार तथा निवेदन जाँच गर्न र आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने
  •  हाम्रो कानूनी तथा नियामक दायित्वहरु र आन्तरिक नीतिहरूको अनुपालना सुनिश्चित गर्न, प्रचलित कानूनले अनुमति दिएको हदसम्म, हामीसँग भएका आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने
  • सम्पत्ति शुद्धीकरण, आतंकवाद, जालसाजी र अन्य वित्तीय अपराध रोकथामको गर्न, तपाई, हाम्रा ग्राहकहरू, र वित्तीय बजारको अखण्डताको सुरक्षा गर्न सरकारी र गैरसरकारी तेस्रो पक्षहरूको जालसाजी नियन्त्रण र अन्य वित्तिय अपराध रोकथाम डाटाबेस सम्बन्धी जाँचहरू सञ्चालन गर्ने । कुनै पनि जालसाजी वा सम्पत्ति शुद्धीकरणको जोखिमको रेकर्डलाई जालसाजी नियन्त्रण एजेन्सीहरूले कायम राख्नेछन् जसको परिणामस्वरुप अरूले तपाईलाई सेवा वा रोजगारी प्रदान गर्न गर्ने बेलामा अस्वीकार गर्न सक्छन् ।

प्रचलित कानून, नियमावली र अन्य आवश्यकताहरूको पालना गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  •  स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी बाँड्नको लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्न लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  •  स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको स्थानीय तथा विदेशी कानून, नियमावली, नियम, निर्देशन, निर्णय वा अदालतका आदेश, अनुरोध, मार्गदर्शन, सरकारी प्रतिबन्ध, निषेधाज्ञा, सूचना सम्बन्धी व्यवस्था, बन्देज, कुनै पनि निकाय (घरेलू वा विदेशी कर प्राधिकरण लगायत) सँगको सम्झौता वा माग, अदालत वा न्यायधिकरण, कार्यान्वयन निकाय वा विनिमय निकायको पालना गर्न उदाहरणको लागि, हामी तपाईको व्यक्तिगत बैंक खातासँग सम्बन्धित व्यक्तिगत सूचना प्रचलित कानून वा नियम अनुसार स्थानीय कर अधिकारीसँग खुलाउन सक्छौं । स्थानीय कर अधिकारीले त्यस्तो जानकारी खुलाउन वा हामीलाई अन्य विदेशी कर अधिकारीहरूसँग प्रचलित कानून वा नियम अनुसार (उदाहरणका लागि, वित्तीय खाता जानकारीको स्वचालित आदानप्रदान सम्बन्धी कर कानून र नियम) खुलाउन आवश्यक पर्न सक्छ। यस्ता उद्देश्यका लागि प्रचलित कानून वा नियमको पालना गर्न हामीले तपाईंबाट थप जानकारी सङ्कलन गर्नु पर्ने हुन सक्छ ।
  • स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको कानूनी, नियमनकारी, सरकारी, कर, कानून कार्यान्वयन वा अन्य निकाय, अथवा स्व-नियमनकारी वा क्षेत्रीय निकायहरू, वा वित्तीय सेवा प्रदायकहरुको संघद्वारा जारी कुनै स्वैच्छिक निर्देशिका वा सिफारिसहरू पालना गर्ने ।

स्ट्याण्डर्ड चार्टर्ड समूहका कानूनी अधिकारहरू प्रयोग गर्न र कानूनी कारवाही सञ्चालन गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • हाम्रा अधिकारहरू पत्ता लगाउने र प्रयोग गर्ने, तथा हाम्रा अधिकार र हितहरूमा हुने क्षति विरुद्ध आफुलाई सुरक्षित राख्ने
  •  सम्भावित मुद्दा वा अनुसन्धानको लागि प्रमाणको रूपमा आवश्यक पर्न सक्ने रेकर्डहरू संरक्षण गर्ने
  • ऋण तथा बक्यौता असुली गर्ने
  •  हाम्रा अधिकारहरू वा स्ट्याण्डर्ड चार्टर्ड समूहको अन्य सदस्यको अधिकारहरू कार्यन्वयन गर्न मुद्दा चलाउने
  •  पेशागत सल्लाह प्राप्त गर्ने
  •  बीमा दाबी गर्ने वा अनुसन्धान गर्ने
  •  कुनै पनि बीमा सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा प्रतिक्रिया दिने
  •  कानूनी अधिकारहरुको स्थापना, प्रयोग वा बचाउ गर्नको लागि वा वर्तमान वा भावी कानूनी, सरकारी वा अर्ध-सरकारी, नियामक, वा क्षेत्रीय निकायहरू वा संघहरू सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा बचाउ गर्ने वा प्रतिक्रिया दिने ।

स्ट्याण्डर्ड चार्टर्ड समूहका मर्जर, एक्विजिसन र डाइभेष्टमेन्ट सहजीकरण गर्न (कानूनी आधार: वैधानिक हित)
यसमा निम्न विषयहरु समावेश छन्:

  •  मर्जर, एक्विजिसन, बिक्री वा डाइभेष्टमेन्टको परिणाम स्वरूप हाम्रो व्यवसायको स्थानान्तरण पछि हाम्रो व्यवसायको मूल्यांकन र तपाईलाई सेवाको निरन्तरता प्रदान गर्ने
  •  हाम्रो व्यवसाय र/वा सम्पत्तिको सम्पुर्ण वा कुनै भागको कार्यभार सम्हाल्ने व्यक्ति वा त्यस्तो सम्भावित व्यक्ति वा सूचनासँग सम्बन्धित व्यक्ति (data subject) को सम्बन्धमा हामीसँग निहित अधिकारको सहभागी वा उप-सहभागी अथवा कार्यभार, सहभागिता, वा उप-सहभागितासँग सम्बन्धित कारोबार मुल्यांकन गर्न सक्षम बनाउने ।

हामी कहिलेकाहीँ, प्रचलित कानूनले आवश्यक गरेबमोजिम, तपाईको सहमति सहित थप गोपनीयता सूचना प्रदान गरी प्रत्यक्ष विज्ञापन गर्ने उद्देश्यका लागि तपाईको सम्पर्क विवरण प्रयोग गरी सान्दर्भिक विज्ञापन मार्केटिङ सञ्चार (जस्तै पोस्ट, इमेल, टेलिफोन, एसएमएस, सुरक्षित सन्देश, मोबाइल एप वा सामाजिक सञ्जाल मार्फत) पठाउन सक्नेछौँ ।

हामी (तपाईले हामीलाई यस्ता संवादहरू प्राप्त गर्न चाहँदैनौँ भनेर जानकारी नदिए सम्म) निम्न प्रकारका संचारहरु पठाउन सक्नेछौँ:

  • हाम्रो वा अन्य स्ट्याण्डर्ड चार्टर्ड समूहको वस्तु र सेवाहरूको बारेमा समाचार, अफर र प्रोमोसनहरु
  •  वित्तीय संस्था, बीमा कम्पनी, क्रेडिट कार्ड कम्पनी, धितोपत्र तथा लगानी, मोबाइल वालेट र डिजिटल भुक्तानी सेवा प्रदायकजस्ता तेस्रो पक्षबाट वा सोसँग सम्बन्धित वस्तु तथा सेवाको बारेमा जानकारी
  •  हाम्रो वा सम्बन्धित तेस्रो-पक्ष पुरस्कार, लोयल्टी वा सुविधा कार्यक्रमहरू तथा सम्बन्धित सेवाहरू र वस्तुहरूको विवरण
  •  हाम्रो सह-ब्रान्डिङ साझेदारहरूले प्रदान गर्ने वस्तु र सेवाहरूको बारेमा जानकारी (यस्ता सह-ब्रान्डिङ साझेदारहरूको नाम आवश्यकता बमोजिम सम्बन्धित वस्तु र सेवाहरूको आवेदन फारम (हरू) मा फेला पार्न सकिन्छ)
  •  बजार अनुसन्धान
  •  हाम्रो वा सम्बन्धित तेस्रो-पक्षको प्रतियोगिताहरू र गोलाप्रथाको बारेमा जानकारी
  •  परोपकारी र/वा गैर-लाभकारी दान, प्रायोजन र योगदानको लागि हामी वा सम्बन्धित तेस्रो पक्षहरूद्वारा गरिएको अपील; तथा
  • हाम्रो वा उपयुक्त तेस्रो-पक्षको सेमिनार, वेबिनार र अन्य सान्दर्भिक कार्यक्रमरू वा अवसरहरूसँग सम्बन्धित सूचना र सञ्चार ।

तपाईलाई सान्दर्भिक र अनुकूल हुने मार्केटिङ सञ्चारहरू प्रदान गर्नका लागि हामी तपाईको बारेमा हामीसँग रहेको सूचना संकलन गरेर जनसांख्यिकीय (demographic) र अन्तर्दृष्टि विश्लेषण (insights analytics) प्रयोग गरी बजार अनुसन्धान गर्न सक्छौँ ।

तपाईले हामीलाई तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायक(हरु)लाई उक्त प्लेटफर्महरुमा हाम्रो विज्ञापनलाई साथ दिन कुकी प्रयोग गर्न अनुमति दिएको खण्डमा, हाम्रो संलग्नता रहेको सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकसँग अनलाइन सामाजिक सञ्जालमा विज्ञापनका लागि, हामी तपाईबारे सीमित विवरण खुलाउन सक्नेछौँ । उदाहरणको लागि, सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकलाई हाम्रो रोजगारी अवसरहरु बारे बढी सान्दर्भिक विज्ञापन सञ्चार सन्देशहरु तपाईलाई पठाउनको लागि उनीहरुसँग तपाईको खाता रहेको वा नरहेको जाँच गर्न ।
हामीले विज्ञापनको सन्दर्भमा कुकी कसरी प्रयोग गर्छौँ भन्ने बारे थप जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:

तपाईले हामीलाई तल दिइएको ‘सम्पर्क गर्ने तरिका’ भन्ने भागबाट हामीलाई सम्पर्क गरि तपाईको हकबमोजिम सो विज्ञापन सञ्चार प्राप्त गर्नबाट आफ्नो सहमति फिर्ता लिन वा छनोट नगर्न सक्नुहुनेछ ।

हामी प्रोफाइलिङ (profiling) र व्यवहार विश्लेषण (behavioural analysis) लगायतका सूचना विश्लेषण (data analytics) गर्न, हाम्रा व्यवसाय सञ्चालनमा छरितो स्वचालित निर्णय गर्नका लागि र तपाईका व्यक्तिगत विशेषताहरू मूल्यांकन गर्नका लागि तपाईको व्यक्तिगत सूचनालाई लागि संङ्कलन गर्छौँ । यस्ता स्वचालित प्रणालीले पालना गर्ने नियमहरू हामी न्यायपूर्ण र वस्तुनिष्ठ निर्णय गर्ने रूपमा डिजाइन गराइन आवश्यक गराउछौँ ।
हाम्रो सञ्चार तथा ग्राहकको अनुभवमा सुधार गर्न, हाम्रो व्यवसाय सञ्चालन प्रक्रिया सुरक्षित तथा कुशल बनाउन र हामीलाई छिटो-छरितो प्रतिक्रिया दिन सक्ने बनाउन तथा प्रक्रियागत समयमा सुधार गर्न लागि हामी आर्टिफिसियल इन्टेलिजेन्स (artificial intelligence) तथा मेशिन लर्निङ्ग (machine learning) का प्रविधिहरू प्रयोग गर्न सक्नेछौँ । उदाहरणका लागि, हामी निम्न विषयहरुका लागि स्वचालित-निर्णय प्रणाली प्रयोग गर्न सक्नेछौँ:

  •  ग्राहक डिजिटल अनबोर्डिङ प्रक्रियाहरू – इलेक्ट्रोनिक ग्राहक पहिचान (eKYC) प्रक्रियाहरू प्रयोग गरि स्क्यान गरिएको पहिचान सम्बन्धी कागजात र फोटोको जाँच गरेर र ग्राहकको बायोमेट्रिक सूचना अनुहार पहिचान र जीवन्तता (liveliness) जाँच गरी खाता खोल्न स्वीकृति प्रक्रिया ।
  •  कार्य सम्पादनको कुशलता – कल सेन्टर पहिचान प्रमाणीकरणका लागि भ्वाइसबोटहरू
  •  ग्राहक संलग्नता – तपाईको व्यक्तिगत सूचना र रोबो सल्लाहकारहरू र च्याटबटहरूसँगको अन्तर्क्रियाको आधारमा थप अनुकूल वस्तु तथा सेवाहरू सिफारिस गर्न ग्राहक मार्केटिङ अभियान र सञ्चारहरू ।
  •  जोखिम व्यवस्थापन- जालसाजी वा सम्पत्ति शुद्धीकरण, आतंकवाद र अन्य वित्तिय अपराधहरू रोक्नका लागि खाता र कारोबारहरूको निगरानी गर्ने (उदाहरणका लागि, तपाईको क्रेडिट कार्डको प्रयोग जालसाजी-पूर्ण छ/छैन जाँच गर्न) र क्रेडिट-स्कोरिङ मोडलहरूमा आधारित ऋण आवेदन र क्रेडिट निर्णयहरूको स्वीकृति ।
    तपाईमाथि प्रभाव पार्ने स्वचालित निर्णयहरू सम्बन्धमा तपाईको अधिकारहरूको बारेमा थप जानकारीको लागि, कृपया ‘तपाईका व्यक्तिगत सुचना संरक्षणका अधिकारहरू के हुन्?’ भन्ने भागमा हेर्नुहोस् ।

हामी तपाईको व्यक्तिगत सूचना स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र खुलाउन सक्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले तपाईको व्यक्तिगत सूचना हाम्रा सेवा प्रदायक, व्यवसाय साझेदार, अन्य तेस्रो पक्षहरू तथा कानूनले आवश्यक गरेमा वा कुनै निकायले अनुरोध गरेमा लगायत यस गोपनीयता सूचनामा उल्लिखित प्रशोधनका उद्धेश्यहरुको लागि खुलाउन सक्छौँ । यी को हुन् भन्ने विषय तपाईले एक व्यक्तिको रूपमा हामीसँग गरेको अन्तरक्रियामा निर्भर रहनेछ ।

हामी तपाईको व्यक्तिगत सूचना, कसरी र कोसँग खुलाउने छौँ भन्ने कुरा सीमित गर्छौँ, र सो सूचना खुलाउँदा तपाईको व्यक्तिगत सूचना गोप्य र सुरक्षित राख्न सुनिश्चित गर्ने उपायहरु अवलम्बन गर्छौं । हामीले प्रशोधन गर्ने उद्धेश्यको लागि, आवश्यक भएमा वा कानूनले अनुमति दिएमा, तपाईको व्यक्तिगत सूचना निम्न पक्षहरुसँग खुलाउन सक्नेछौँ:

  •  स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरू
  • आधिकारिक तेस्रो पक्षहरू
    •  कानूनी संरक्षक, संयुक्त खाता धारकहरू, वास्तविक वा इच्छाएको जमानीदाता / जमानतदारहरू, ट्रस्टीहरू, लाभार्थीहरू, कार्यकारीहरू, कानूनी प्रतिनिधिहरू वा हाम्रा ग्राहकहरूका अधिकृत व्यक्तिहरू, हाम्रो बैंकिङ सम्झौता दायित्वहरूको सम्बन्धमा कुनै पनि वास्तविक वा सम्भावित सहभागीहरू वा उप- सहभागीहरू, तोकिएको व्यक्ति, नयाँ नियुक्त व्यक्ति, हस्तान्तरित व्यक्ति (वा उनीहरूका अधिकारी, कर्मचारी, एजेन्ट वा सल्लाहकारहरू)
    • तपाईको व्यक्तिगत सूचना खुलाउन अनुमति दिई तपाईले हामीलाई अधिकार  प्रदान गर्नुभएको अन्य कुनै व्यक्ति ।
  • तपाईको जानकारी प्रमाणित गर्न सक्ने तेस्रो पक्षहरू
    •  क्रेडिट ब्युरो वा क्रेडिट रेफेरेन्स एजेन्सीहरू (क्रेडिट रेफेरेन्स एजेन्सीहरूद्वारा   प्रयोग गरिएको कुनै पनि केन्द्रीकृत डाटाबेसको सञ्चालक समेत), क्रेडिट  सुरक्षा प्रदायक, रेटिङ् एजेन्सीहरु, ऋण असुलीकरण एजेन्सीहरु, जालसाजी रोकथामसँग  सम्बन्धित एजेन्सी तथा संगठनहरू
    •  सम्पत्ति शुद्धीकरण, आतंकवाद, जालसाजी र अन्य वित्तीय अपराधहरू रोक्न    वित्तीय अपराध रोकथाम डाटाबेस जाँचहरू सञ्चालन गर्ने अन्य गैर-सरकारी तेस्रो  पक्षहरू ।
  •  हाम्रा सेवा साझेदारहरू
    • पेशागत सल्लाहकारहरू, जस्तै लेखापरीक्षक तथा कानूनी सल्लाहकार
    • बीमाकर्ता वा बीमा ब्रोकरहरु
    • सेवा प्रदायकहरु, जस्तै सञ्चालन, प्रशासनिक, सूचना प्रसोधन र अन्य प्रविधि    सम्बन्धी सेवा प्रदायक लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहको सञ्चालन वा वस्तु तथा  सेवा प्रदानमा सुधार वा प्रवर्द्धन सहजीकरण वा विश्लेषण गर्नका निम्ति संलग्न वा साझेदार रहेका व्यक्ति ।
    •  पेशागत सेवा प्रदायकहरु, जस्तै स्क्रीनिङ तथा प्रमाणिकरण प्रदायक, बजार अनुसन्धानकर्मी तथा प्रबन्धन सल्लाहकार ।
    •  विज्ञापन कम्पनी तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकहरु ।
    • तेस्रो-पक्ष सेवा प्रदायकहरू, उदाहरणका लागि, धितो र लगानी प्रदायकहरू, कोष प्रबन्धकहरू र बीमा कम्पनीहरू
    •  तेस्रो-पक्ष सेवा प्रदायकहरू, जस्तै टेलिमार्केटिङ तथा प्रत्यक्ष बिक्री एजेन्ट र कल  सेन्टरहरु ।
  •  स्ट्राटेजिक रिफरल साझेदारहरू
    • व्यावसायिक गठबन्धन, को-ब्रान्डिङ साझेदारहरू वा अन्य कम्पनीहरू वा संस्थाहरू जससँग स्ट्याण्डर्ड चार्टर्ड समूहले सम्झौता वा अन्य जोइन्ट भेन्चर बमोजिम सहकार्य गर्दछ
    •  सामाजिक सञ्जाल र विज्ञापन कम्पनीहरू
    • परोपकारी र गैर-लाभकारी संस्थाहरु ।
  • अन्य वित्तीय सेवा संस्थाहरू
    • अन्य वित्तीय संस्थाहरू, जस्तै मर्चेन्ट बैंक, प्रतिनिधि बैंक वा राष्ट्रिय बैंकहरू
    •  मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवा प्रदायक, मर्चेन्ट, मर्चेन्ट एक्वायरिङ कम्पनी, क्रेडिट कार्ड कम्पनी, भुक्तानी प्रशोधन गर्ने संस्था र कार्ड एशोसिएसनका  सदस्य, पेमेन्ट इनिसियसन तथा कार्डमा आधारित भुक्तानी अधिकारपत्र सेवा प्रदायकहरु जस्तै भिसा र मास्टरकार्ड लगायत भुक्तानी सेवा प्रदायकहरु
    • खाता सूचना सेवा प्रदायक (AISP)
    • कुनै पनि वित्तीय संस्था र मर्चेन्ट एक्वायरिङ कम्पनी जोसँग तपाईले लेनदेन वा सम्भावित कारोबार गर्नु हुनेछ ।
  • कानून कार्यान्वयन गर्ने निकाय तथा सरकारी अधिकारीहरू
    •  तपाईको क्षेत्राधिकार भित्र वा बाहिर रहेको स्ट्याण्डर्ड चार्टर्ड समूहको कुनै पनि  सदस्य, तथा स्ट्याण्डर्ड चार्टर्ड समूहको उक्त सदस्यसँग तपाईंको सम्बन्ध रहे वा नरहेको भन्ने विषय माथि क्षेत्राधिकार रहेको कुनै पनि सरकारी, अर्ध-सरकारी, नियमनकारी, प्रशासनिक, विनियमन वा निरीक्षण निकाय, अदालत, न्यायाधिकरण, कार्यान्वयन एजेन्सी, विनिमय निकाय वा घरेलू वा विदेशी कर प्राधिकरण लगायत कानूनद्वारा आवश्यक गरिएबमोजिम वा कुनै निकायद्वारा अनुरोध भएबमोजिम ।
    •  स्ट्याण्डर्ड चार्टर्ड समूह सञ्चालनमा रहेको जुनसुकै सम्बन्धित क्षेत्राधिकार भित्र  रहेको स्व-नियमनकारी वा क्षेत्रीय निकाय वा वित्तीय सेवा प्रदायकहरूको संघ
  •  अन्य तेस्रो पक्षहरू
    •  तपाईले प्रतिनिधित्व गर्नुभएको वा तपाईसँग सम्बन्धित व्यक्ति, कम्पनी, व्यापार वा संस्था ।
    • यदि हामीले हाम्रो व्यापार वा सम्पत्तिको कुनै भाग स्थानान्तरण गरेमा (वा गर्ने    योजना बनाएमा): मर्जर, अधिग्रहण वा बहिर्गमनको अवस्थामा तेस्रो पक्षहरू । यदि कारोबार अगाडि बढेमा, इच्छुक पक्षले यस गोपनीयता सूचनामा उल्लेख गरिए अनुसार तपाइँको व्यक्तिगत जानकारी प्रयोग गर्न वा खुलाउन सक्नेछ, र त्यसपश्चात तपाईलाई तपाईको व्यक्तिगत सूचना प्रशोधन गर्ने तरिकामा केही परिवर्तन गरेमा सो बारेमा तपाईलाई सूचित गर्न सक्नेछ ।
    • हामीसँग गोपनीयताको कर्तव्य भएको कुनै पनि अन्य व्यक्ति लगायतका उक्त  जानकारी गोप्य राख्ने प्रतिज्ञा गरेका स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरु  समेत ।

तपाईको व्यक्तिगत सूचना हामीद्वारा स्ट्याण्डर्ड चार्टर्ड समूहभित्र वा अन्य तेस्रो पक्षसँग यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यहरू पूरा गर्नका लागि प्रशोधन, भण्डारण, साझा (share), स्थानान्तरण गर्न, वा खुलाउन सकिनेछ । हामी यो कार्य हाम्रो प्रक्रिया तथा व्यवसाय सञ्चालनलाई सुधार गर्न तथा सहयोग पुर्याउन र हाम्रो कानूनी र नियामकीय दायित्वहरूको पालना गर्नको लागि गर्दछौँ । यसले सिमा पार (cross border) अन्य अधिकाक्षेत्रहरूमा तपाईको व्यक्तिगत सूचना प्रशोधन, भण्डारण, वितरण, स्थानान्तरण, वा खुलाउने (disclosing) कार्य पनि समावेश गर्न सक्नेछ ।
तपाईको व्यक्तिगत सूचना प्राप्तकर्ता नेपाल बाहिरका क्षेत्राधिकारमा रहेको अवस्थामा, र त्यहाँको स्थानीय कानून नेपालको गोपनीयता सम्बन्धी कानून समान नभएको अवस्थामा, हामी प्रचलित कानूनको पालना गर्नका निम्ति, उदाहरणको लागि, करारका आधारभूत व्यवस्था (standard contractual clauses) हरुको प्रयोग गरी, तपाईको व्यक्तिगत सुचनालाई उपयुक्त हुने पर्याप्त स्तरको संरक्षण तथा सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पुर्ण उचित उपायहरु अपनाउनेछौँ ।

थप जानकारीको लागि, सम्बन्धित करारका आधारभूत व्यवस्था (standard contractual clauses) को प्रतिलिपि लागि तपाईले हामीलार्इ सम्पर्क गर्न सक्नुहुनेछ ।

हामी तपाईको व्यक्तिगत सूचनाको गोपनीयता र सुरक्षालाई धेरै गम्भीर रूपमा लिन्छौँ । तपाईको सुचना संरक्षणको लागि, हामीले उपयुक्त प्राविधिक, भौतिक तथा संगठनात्मक उपायहरू लागू गरेका छौँ जसले तपाईको व्यक्तिगत सुचना सुरक्षित र गोप्य राख्न हामीलाई मद्दत गर्छ । उदाहरणका लागि, हामीले तेस्रो पक्षसँगका हाम्रा सम्झौतामा उपयुक्त गोपनीयता, सूचना संरक्षण र सुरक्षाका शर्तहरू समावेश गर्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले आकस्मिक घटना व्यवस्थापन र रिपोर्टिङ प्रक्रियाहरू, व्यक्तिगत सूचना संरक्षण गर्न तथा कानूनी र नियामक व्यवस्थाको पालना गर्नका लागि नियम तथा प्राविधिक उपायहरू लगायतका सूचना सुरक्षा सम्बन्धी गोपनीयता नीतिहरू लागू गरेको छ । हामी तपाईको व्यक्तिगत सूचनाको पहुँच रहने हाम्रा कर्मचारीहरुलाई हाम्रो सूचनाको गोपनीयता र सुरक्षाका मानक (standards) हरूको पालना गर्न प्रशिक्षण दिन्छौँ र नियम पालना गर्न लगाउर्छौं । हामी हाम्रा सेवा प्रदायकहरूलाई वा अन्य तेस्रो पक्षहरू जो सँग हामी संलग्न हुन्छौं र जसलाई हामी तपाईको व्यक्तिगत सूचना खुलाउछौँ, उनीहरुलाई पनि तपाईको व्यक्तिगत सुचनाको पहुँच, प्रयोग वा प्रशोधन गर्दा समान सूचना सुरक्षाका उपाय तथा मानकहरू कार्यन्वयन गराउन लगाउछौँ ।

यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्य बमोजिम  , हामी तपाइँको व्यक्तिगत सूचनालाइ तपाईं हामीसँग संलग्न हुँदा हाम्रो व्यापार परिचालन वा कानुनी कारणहरूका लागि राख्छौं र पछि थप केही समयको लागि तपाईंको व्यक्तिगत सुचना हाम्रो data retention policy standards र प्रचलित कानून वा नियमहरू द्वारा आवश्यक रूपमा, हाम्रो  व्यापार सञ्चालन वा कानूनी कारणले तपाई हामीसँग संलग्न हुने अवधिसम्म र व्यक्तिगत सूचनाको प्रकार अनुसार, सो सूचनालाई केही थप समयसम्म राख्न सक्छौँ ।

हामिलाई तपाईको सूचना को आवश्यक्ता नपरेमा, हामी तपाईको व्यक्तिगत सूचना मेटाउनेछौँ, anonymize गर्नेछौँ, नष्ट गर्नेछौँ र/वा व्यक्तिगत सूचना  प्रयोग गर्न बन्द गर्नेछौँ ।

हामी तपाईको व्यक्तिगत सूचनाको सम्मान गर्दछौँ, र हामीले तपाईको विवरण कसरी प्रयोग गर्छौँ भन्ने सम्बन्धमा तपाईको निम्नानुसारका अधिकारहरू छन्:

  • तपाईको आफ्नो सूचना पहुँच गर्ने अधिकार – तपाईसँग तपाईको व्यक्तिगत सूचना हामीसँग छ कि छैन भनेर जाँच गर्ने र हामीले त्यसलाई कसरी प्रयोग गरेका छौँ भन्ने जानकारी सहित त्यस्तो सूचनाको प्रतिलिपि माग गर्ने अधिकार रहनेछ ।
  • तपाईको सूचना सच्याउने अधिकार – यदि तपाईको व्यक्तिगत विवरण परिवर्तन भएको छ वा हामीसँग तपाईको बारेमा गलत वा पुरानो जानकारी रहेको छ भन्ने तपाईलाई लागेमा, तपाईले हामीलाई सो अध्यावधिक गर्न माग गर्न सक्नुहुन्छ ।
  • तपाईको सूचना मेटाउने अधिकार – तपाईले हामीलाई आफ्नो व्यक्तिगत सूचना मेटाउन माग गर्न सक्नुहुन्छ । तथापि, हामीलाई हाम्रा उत्पादनहरू र सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्छ ।
  • प्रशोधन रोक्ने वा आपत्ति जनाउने अधिकार – तपाई हामीलाई तपाईको सूचना प्रयोग गर्न रोक्न वा हामीले सोको प्रयोग गर्ने तरिकाको परिवर्तन माग गर्न सक्नुहुन्छ । यद्यपि, हामीलाई तपाईसँग अन्तरक्रिया गर्न वा हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्नेछ ।
  • स्वचालित निर्णय गर्ने प्रक्रियामा आपत्ति जनाउने अधिकार – तपाईले केवल स्वचालित प्रक्रियाद्वारा गरिने कुनै निर्णयले तपाईमाथि नकारात्मक प्रभाव पार्छ भने सोको पुनरावलोकन गर्न माग गर्न सक्नुहुन्छ।
  • तपाईको सूचना सार्ने (data portability) अधिकार – तपाईले हामीलाई तपाईको व्यक्तिगत सूचना मेशिनहरूले सहजै पढ्न सक्ने ढाँचामा अर्को संस्थालाई प्रदान गर्न माग गर्न सक्नुहुन्छ ।
  • अनुमति नदिने, परिवर्तन गर्ने वा पहिले दिइएको सहमति फिर्ता लिने अधिकार – हामी समय-समयमा तपाईको व्यक्तिगत सूचना प्रशोधन गर्न तपाईको सहमति माग्न सक्छौँ । तपाईले त्यस्तो सहमति नदिन वा पहिले दिइएको सहमतिमा परिवर्तन गर्न वा फिर्ता लिन हामीलाई कुनै पनि समयमा जानकारी गराउन सक्नुहुन्छ । तर, हामीले तपाईको केही व्यक्तिगत सूचना बिना हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न वा तपाईसँग सम्पर्क गर्न असमर्थ हुने सक्नेछौँ ।
  • प्रत्यक्ष विज्ञापनबाट पछि हट्ने अधिकार – तपाईले आफ्नो सहमति फिर्ता लिने तथा तपाईलाई हामीले मार्केटिङ ईमेल वा सर्वेक्षणका निम्ताहरू पठाउन बन्द गर्न माग गर्न सक्नुहुन्छ ।

हामी प्रचलित कानून बमोजिम तपाईको व्यक्तिगत सुचना सम्बन्धी अधिकारहरू प्रयोग गर्ने अनुरोधहरूमा प्रतिक्रिया दिनेछौँ । तपाईको अनुरोध प्रसोधन गर्नु अघि हामी तपाईको पहिचान पुष्टिको लागि अनुरोध गर्न सक्छौं । तपाईको अधिकारहरूको बारेमा कुनै प्रश्न छ भने, कृपया तल दिइएका विवरणहरू प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस् ।

सम्पर्क गर्ने तरिका
नेपालमा निम्न स्ट्याण्डर्ड चार्टर्ड समूहको कम्पनीले तपाईको व्यक्तिगत सुचना नियन्त्रकको (controller) रूपमा काम गर्नेछ:

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
मदन भण्डारी मार्ग वडा नं. ३१
नयाँ बानेश्वर, काठमाण्डौं, नेपाल

यदि तपाईसँग यस गोपनीयता सूचनाको बारेमा कुनै प्रश्न भएमा वा तपाईको व्यक्तिगत सूचना संरक्षण अधिकारहरूको प्रयोग गर्न चाहनुहुन्छ भने, तपाई हाम्रो सूचना संरक्षण अधिकृत (Data Protection Officer) सँग सम्पर्क गर्न सक्नुहुन्छ:

ईमेल: nepal.dpo@sc.com

यदि तपाईसँग हामीले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गरिरहेका छौँ भन्ने बारेमा कुनै चिन्ता वा गुनासो छ भने, कृपया हामीसँग सम्पर्कगर्नुहोस् । तपाई हाम्रो सूचना संरक्षण अधिकृत (Data Protection Officer) सँग सम्पर्क गर्न सक्नुहुन्छ ।

कुकीज
हाम्रो छुट्टै कुकी नीतिको बारेमा कृपया  मा हेर्नुहोस्।

अन्य नियम र शर्तहरू
हाम्रो बैँकिङ तथा वस्तु सम्झौतामा तपाईको व्यक्तिगत सूचना संकलन, प्रयोग गर्ने तथा खुलाउने सम्बन्धी नियमन गर्ने विशेष नियम र शर्तहरू हुन सक्दछ । यस्ता अन्य नियम र शर्तहरूलाई यस गोपनीयता सूचनासँगै पढ्नु पर्दछ ।

यो गोपनीयता सूचना मिति २०८०/०७/१५ गते (तदनुसार १ नोभेम्बर २०२३) अद्यावधिक गरिएको थियो ।

तपाईको व्यक्तिगत सूचनाको सुरक्षा

तपाईको व्यक्तिगत सूचना हामीलाई महत्वपूर्ण छ, र हामी तपाईलाई तपाईको सूचना कसरी प्रयोग गर्छौँ र कसरी सुरक्षित राख्नेछौँ भन्ने विषयमा जानकारी दिन चाहन्छौँ । व्यक्तिगत सूचना भन्नाले तपाईसँग सम्बन्धित अथवा तपाईलाई पहिचान गराउने विवरण हो । यस गोपनीयता सूचनामा, हामी तपाईको व्यक्तिगत सूचना कसरी संकलन, स्थानान्तरण र प्रशोधन गर्छौं भन्ने बारेमा व्याख्या गर्नेछौँ । तपाईको हक र अधिकार के के हुन र ती अधिकारहरूको प्रयोग कसरी गर्न सकिन्छ भनेर पनि व्याख्या गर्नेछौँ । साथै, समय-समयमा हामी तपाईलाई थप गोपनियता सम्बन्धी छुट्टै सूचना मार्फत, विशेष च्यानल, वस्तु, सेवा, व्यवसाय र गतिविधिहरूको बारेमा जानकारी उपलब्ध गराउनेछौँ । यस गोपनीयता सूचनामा, “हामी”, “हाम्रो”, वा “हाम्रा” भन्नाले, तपाईले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने स्ट्याण्डर्ड चार्टर्ड ब्रान्ड अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड समुह (Standard Chartered Group) को शाखा, सहायक कम्पनी वा कानूनी इकाईलाई जनाउँछ, जसले तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्ने तथा कसरी सङ्कलन र प्रयोग गर्ने निर्णय लिने कार्य गर्दछ । स्ट्याण्डर्ड चार्टर्ड समुह भन्नाले स्ट्याण्डर्ड चार्टर्ड पीएलसी (Standard Chartered PLC), सम्बन्धित सहायक र सम्बद्ध कम्पनीहरू, लगायत प्रत्येक शाखा वा प्रतिनिधि कार्यालयलाई व्यक्तिगत रूपमा वा सम्मिलित रूपमा जनाउँछ । यस गोपनीयता सूचना प्रदान गर्ने सम्बन्धित स्ट्याण्डर्ड चार्टर्ड समुहका सदस्य(हरू)को विवरणका लागि यस गोपनीयनता सूचनामा रहेको ‘कसरी सम्पर्क गर्ने’ भन्ने भागमा हेर्न सक्नुहुनेछ । हाम्रो सम्बन्धन-प्राप्त केही कम्पनीहरुको वेबसाइटहरुको आफ्नै छुट्टै ब्रान्ड पहिचान छ र उनीहरूले प्रदान गर्ने विशिष्ट उत्पादन र सेवाहरूको लागि आफ्नै छुट्टै गोपनीयता सूचनाहरू रहेका छन् । उनीहरुले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गर्छन् भन्ने सम्बन्धमा तपाईले त्यस्ता सम्बन्धन-प्राप्त कम्पनीहरुले निर्देशन गरेबमोजिमको गोपनीयता सूचनाहरू हेर्नु पर्नेछ । हाम्रो अनलाइन विज्ञापनहरू प्रदर्शन गर्ने वा हामीसँग जोडिएका तर हामीले सञ्चालन वा नियन्त्रण नगर्ने तेस्रो पक्षका वेबसाइटहरूमा यो गोपनीयता सूचना लागू हुँदैन । ती वेबसाइटहरूका आफ्नै गोपनीयता सूचनाहरू हुनुपर्छ, जुन तपाईले पढेर उनीहरूले तपाईको व्यक्तिगत सूचना कसरी सङ्कलन तथा प्रशोधन गर्छन् र तपाईका अधिकारहरू के के हुन् भन्ने बारेमा बुझ्न सक्नुहुनेछ । हामीले समय-समयमा यो गोपनीयता सूचना अध्यावधिक गर्नेछौँ । तपाईले यस गोपनीयता सूचनाको अन्त्यमा वर्तमान संस्करणको मिति सुचीकृत भएको पाउनुहुनेछ । तपाईको व्यक्तिगत सूचना सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा भएमा, कृपया हामीलार्इ निसंकोच सम्पर्क गर्नुहोला (तपाईले ‘कसरी सम्पर्क गर्ने’ भागमा हाम्रो सम्पर्क विवरण पाउन सक्नुहुनेछ) ।

हामी तपाईको बारेमा निम्न प्रकारका व्यक्तिगत सूचना संकलन गर्न सक्छौँ । यस गोपनीयता सूचनामा, ‘तपाई’ भन्नाले तपाईलाई व्यक्तिगत रूपमा जनाउँछ यदि तपाईः

  • हाम्रो वेबसाइट, सामाजिक सञ्जालको पृष्ठहरू, परिसर वा एटीएमहरूमा आगन्तुक हुनुहुन्छ
  • मार्केटिंग प्राप्तकर्ता हुनुहुन्छ, उदाहरणका लागि, जब तपाई हाम्रो सर्वेक्षण, क्विज (quiz),कार्यक्रम वा वेबिनार (webinar) हरूमा सहभागी हुनुहुन्छ
  • प्रायोजन वा दानको लाभार्थी हुनुहुन्छ
  • सदस्य (subscriber) हुनहुन्छ, उदाहरणका लागि जब तपाई हाम्रो प्रकाशनहरू, रिपोर्टहरू र अनुसन्धानहरू प्राप्त गर्न सदस्यता लिनुहुन्छ
  • जानकारीको लागि हामीसँग सम्पर्क गर्ने व्यक्ति हुनहुन्छ
  • अनलाइन फारम वा ईमेल मार्फत समस्या वा गुनासो दर्ता गर्ने व्यक्ति हुनहुन्छ
  • भुक्तानी लेनदेनको लाभार्थी वा पठाउने व्यक्ति हुनहुन्छ; वा
  • अन्य कुनै व्यक्ति जो ग्राहक होइन वा ग्राहकसँग सम्बन्धित हुनुहुन्न, रोजगारी नियुक्तिका आवेदक, विक्रेता/ सेवा प्रदायक वा शेयरधनि हुनुहुन्न ।

यदि तपाईले हामीलाई अन्य कसैको व्यक्तिगत सूचना दिनुहुन्छ भने, तपाईले सो व्यक्तिको अनुमति लिनुपर्नेछ र निजलाई हामीले कसरी त्यसको प्रयोग गर्नेछौँ भन्ने बारे जानकारी दिनुपर्नेछ

कानुन अनुसार र आवश्यकता बमोजिम, हामीले तपाईको निम्न प्रकारका व्यक्तिगत सूचना संकलन गर्न सक्नेछौँ :  

  • पहिचान सम्बन्धी सूचना तपाईको (अद्वितीय वा अर्ध-अद्वितीय रुपमा) पहिचान गराउने विवरण । उदाहरणका लागि, यदि तपाईले अनलाइन फारम वा ईमेल लगायत मार्फत कुनै प्रतिवेदन बुझाउनु भएमा, तपाईको नाम, तपाईका फोटोहरू, सीसीटीभी (CCTV) वा तपाईका भिडियो रेकर्डिङहरू, हाम्रो परिसरका भवनमा प्रवेश गर्दा चाहिने विवरण तथा राष्ट्रिय पहिचान नम्बर, पासपोर्ट नम्बर र कर पहिचान नम्बर जस्ता आधिकारिक/सरकारी परिचय विवरणहरु लगायतका अन्य पहिचानकर्ता । 
  • सम्पर्क सूचना तपाईलाई सम्बोधन गर्न, सन्देश पठाउन वा सम्पर्क गर्न अनुमति प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इमेल ठेगाना, तपाईको फोन वा मोबाइल नम्बर तथा तपाईको व्यवसायिक वा आवासीय ठेगाना । 
  • पेशा सम्बन्धी सूचना – तपाईको शैक्षिक वा पेशागत पृष्ठभूमि सम्बन्धी जानकारी । उदाहरणका लागि, यदि तपाईले अनलाइन फारम वा ईमेल लगायत मार्फत कुनै प्रतिवेदन बुझाउनु भएमा ।
  • आर्थिक तथा वाणिज्य सूचना – तपाईको आर्थिक विवरण पहिचान गर्ने जानकारी । उदाहरणको लागी, तपाईले हाम्रो ग्राहकबाट भुक्तानी प्राप्त गर्दा तपाईको खाता नम्बर। 
  • भौगोलिक (Geolocation) सम्बन्धी सूचना – यन्त्रको स्थान प्रदान गर्ने वा समावेश गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इन्टरनेट प्रोटोकल (IP) ठेगाना वा तपाईको कुकीज (cookies) पहिचानकर्ता।
  • व्यवहारिक सूचना – तपाईको व्यवहारिक विशेषताहरूको वर्णन गर्ने विश्लेषणात्मक जानकारी । उदाहरणका लागि, हाम्रो वेबसाइटहरूमा हुने ब्राउजिङ व्यवहार तथा हाम्रा विज्ञापन साझेदार र सामाजिक सञ्जाल प्लेटफोर्म प्रदायकहरू जस्ता तेस्रो पक्षीय संस्थाहरूले प्रदान गरेका वस्तु तथा सेवाको प्रयोगकर्ताको रूपमा गरिने तपाईको अन्तरक्रिया ।
  • व्यक्तिगत सम्बन्ध सम्बन्धी सूचना – तपाईको पहिचान निर्धारण गर्न सक्ने व्यक्ति वा संस्थाहरू बीचको सम्बन्ध वा नजिकको सम्बन्धको बारेमा जानकारी । उदाहरणका लागि, तपाईले प्रतिनिधित्व गर्ने वा तपाईसँग सम्बन्धित एजेन्सी, कम्पनी, व्यवसाय वा संस्था ।
  • सञ्चार सूचना – हामीसँग भएको तपाईको आवाज, सन्देश, इमेल लाइभ च्याट र अन्य सञ्चारमा समावेश गरिएको तपाईसँग सम्बन्धित जानकारी । उदाहरणका लागि, अनलाइन फारम तथा अनलाइन सदस्यताहरु । 

हामीलाई कहिलेकाहीँ तपाईको बढी संवेदनशील व्यक्तिगत विवरण संकलन गर्न पर्ने सक्छ, तर यो हामी आवश्यक भएमा र तपाईको स्वीकृति लिएर मात्र, वा कानूनले अनुमति दिएमा गर्नेछौँ । यी संवेदनशील व्यक्तिगत विवरण (कहिलेकाहीँ विशेष श्रेणीको व्यक्तिगत विवरणको रूपमा चिनिने) मा निम्न कुराहरू समावेश हुन सक्छ: 

  • जातीय वा सामुदायिक मूल सम्बन्धी सूचना  तपाईको जातीय र सामुदायिक मूल (racial or ethnic origin) खुलाउने जानकारी ।
  • राजनीतिक सूचना – तपाईंको राजनीतिक रायहरु खुलाउने जानकारी ।
  • धार्मिक वा दार्शनिक सूचना – धार्मिक वा दार्शनिक विश्वासहरू खुलाउने जानकारी।
  • ट्रेड युनियन सम्बन्धी सूचना – केहि क्षेत्राधिकारहरूमा सान्दर्भिक रहेको खण्डमा, ट्रेड युनियन सदस्यता सम्बन्धी जानकारी ।
  • स्वास्थ सम्बन्धी सूचना – तपाईको स्वास्थ्य स्थिति सम्बन्धी जानकारी ।
  • यौनिक अभिमुखीकरण (sexual orientation) तथा लैंगिक पहिचान
  • सम्बन्धी सूचना – तपाईको यौन जीवन वा यौनिक अभिमुखीकरण सम्बन्धि जानकारी ।
  • फौजदारी अभियोग , कारबाही वा आरोपको सूचना – आपराधिक सजाय वा हामीले हाम्रो वित्तीय अपराध रोकथाम दायित्वहरूको सम्बन्धमा पहिचान गर्ने, फौजदारी अभियोग वा सोसँग सम्बन्धित जानकारीको विवरण । यसमा अपराध वा आरोपित अपराध वा अभियोगका विवरणहरू समावेश रहनेछ ।

हामी सामान्यतया तपाईको व्यक्तिगत विवरण सिधै तपाईबाट नै प्राप्त गर्छौ, तर आवश्यक परेमा हामी अन्य स्रोतहरुबाट पनि तपाईको  व्यक्तिगत विवरण प्राप्त गर्न सक्छौँ:

  • तपाईले चिन्ने व्यक्तिहरू – जस्तै नाबालिगका अभिभावक वा संरक्षकहरू । यदि तपाई एक नाबालिग हुनुहुन्छ (सामान्यतया ‘नाबालिग’ भन्नाले १८ वर्ष भन्दा कम उमेरको व्यक्तिलाई मानिन्छ। तर यो तपाई बस्ने ठाउँमा निर्भर गर्दछ) भने हामीले तपाईको व्यक्तिगत सुचना संकलन, प्रयोग वा अरुलाई खुलाउनु अघि तपाईको अभिभावक वा संरक्षकको सहमति प्राप्त गर्नेछौँ ।
  • व्यवसाय र अन्य संस्थाहरु – जस्तै:
    • तपाईले प्रतिनिधित्व गर्ने वा तपाईसँग सम्बन्धित एजेन्सी, कम्पनी, व्यवसाय वा संस्था
    • अन्य वित्तीय संस्थाहरू तथा वित्तीय सेवा प्रदायकहरू
    • स्ट्याण्डर्ड चार्टर्ड समूहले हाम्रो सम्झौताको व्यवस्था वा अन्य जोइन्ट भेन्चरहरुमा आधारित भई सम्बन्धित तेस्रो पक्ष वस्तु तथा सेवा प्रदान गर्न सहकार्य गर्ने व्यवसायिक गठबन्धन, को-ब्राण्डिङ साझेदार वा अन्य कम्पनी वा संस्थाहरु लगायतका स्ट्राटेजिक रेफरल साझेदारहरु (strategic referral partners) 
    • सेवा साझेदारहरू, जस्तै विज्ञापन र बजार अनुसन्धान कम्पनीहरू तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकहरू
  • सार्वजनिक रूपमा उपलब्ध स्रोतहरू जस्तै अनलाइन विवरणपुस्तक (Directories), करियर प्लेटफर्महरु, प्रकाशन, सामाजिक सञ्जालका पोस्टहरू तथा सार्वजनिक रूपमा उपलब्ध अन्य जानकारीहरू ।
  • कुकीज – तपाई हाम्रो वेबसाइट, अनलाइन बैंकिङ वा मोबाइल एप्लिकेशनहरूमा ब्राउज वा प्रयोग गर्दा, हामी तपाईको यन्त्रबाट केहि जानकारीहरू स्वत: सङ्कलन गर्न कुकीज प्रयोग गर्न सक्छौं। हामी त्यस्तो जानकारीलाई आन्तरिक विश्लेषण र समस्या समाधानको लागि, तपाईलाई चिन्न र तपाईका प्राथमिकताहरू सम्झनको लागि, हाम्रो सामग्रीको गुणस्तर सुधार्न र व्यक्तिगत बनाउनको लागि प्रयोग गर्न सक्छौँ र तपाईको खाताको सुरक्षा स्थिति निर्धारण गर्न प्रयोग गर्न सक्छौँ। हाम्रो वेबसाइटहरूमा ब्राउज गर्दा कुकीज कसरी प्रयोग गरिन्छ र तपाईले यसलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:

हामी तपाईसँगको हाम्रो सम्बन्ध व्यवस्थापन गर्न, तपाईका अनुरोधहरुमा प्रतिक्रिया दिन, हाम्रो व्यवसाय सञ्चालन गर्न र हाम्रो वस्तु तथा सेवा प्रदान गर्नको लागि तपाईको व्यक्तिगत सूचना सङ्कलन गर्छौँ ।

हामी सामान्यतया कानूनबमोजिम आवश्यक भएमा तपाईको अनुमति लिएर अथवा प्रचलित कानूनले अनुमति दिएमा वा आवश्यक गरेमा, आवश्यक पारेमा लगायत निम्नानुसारका कानूनी कारणहरुको निम्ति तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्छौँ:

  • करार – हामीले करार बमोजिमका दायित्वहरू पुरा गर्ने क्रममा ।
  • कानूनी दायित्व – हामीद्वारा कनून र नियमहरूको पालना गर्न परेको खण्डमा ।
  • वैधानिक हित – प्रशोधनको उद्देश्य हाम्रो वैधानिक हित (Legitimate Interest) भित्र भएको खण्डमा ।

हामीले तपाईको व्यक्तिगत सूचना केका लागि प्रयोग गर्छौँ भन्ने कुरा प्राय: हाम्रो प्रशोधनको उद्देश्यको रूपमा उल्लेख गरिन्छ र यी कुराहरु तल विस्तृत गरिएको छ । यदि तपाईले आवश्यक व्यक्तिगत विवरण हामीलाई प्रदान नगरेमा अथवा हामीले आवश्यक ठानेको र/वा हाम्रा कानूनी तथा नियामकीय दायित्वहरू पुरा गर्न आवश्यक व्यक्तिगत विवरण हामीद्वारा प्रशोधन होस भन्ने नचाहेमा, हामी तपाईको रोजगार आवेदन प्रक्रियालाई अगाडी बढाउन असमर्थ हुनेछौँ ।
प्रशोधनको उद्देश्य:
हामी आवश्यकता अनुसार निम्न उद्देश्यहरूको लागि तपाईको व्यक्तिगत सूचनाप्रशोधन गर्छौः

हाम्रो व्यापार संचालन गर्न

यसमा निम्न विषयहरु समावेश छन्:

  • प्रशासनिक कार्य सम्पादन, जोखिम व्यवस्थापन गतिविधि, अडिट तथा हाम्रो सञ्चार र प्रशोधन प्रणालीको संचालन र सुरक्षा सुनिश्चित गर्ने जस्ता व्यापारिक संचालन व्यवस्थापनमा संलग्न हुने
  • हाम्रा प्रणाली, वस्तु तथा सेवाको विकास, परीक्षण तथा विश्लेषण गर्ने, उदाहरणका लागि, प्रयोगकर्तालाई सुचालित वेबसाइट वा अन्य एप्लिकेसन प्रदान गर्ने
  • हाम्रो तपाईसँग भएका सञ्चारको निगरानी तथा अभिलेखीकरण गर्ने, उदाहरणका लागि, प्रशिक्षण तथा गुणस्तर उद्देश्यका लागि फोन कलहरु
  • कारोबार गर्न र निर्देशन वा अनुरोधहरू बमोजिम कार्यसम्पादन गर्ने, जस्तै खाताहरू बीच पैसा स्थानान्तरण गर्ने र ग्राहकहरूको निमित्त तेस्रो पक्षलाई भुक्तानी गर्ने ।

हाम्रो वस्तु तथा सेवाहरू सुधार गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • हाम्रो प्रणाली, वस्तु तथा सेवाहरूको विकास, परीक्षण र विश्लेषण गर्ने
  • प्रशिक्षण र गुणस्तरको उद्देश्यका लागि तपाई र हामी बीचको फोनकल जस्ता संचारको निगरानी र रेकर्डिङ गर्ने
  • बजार अनुसन्धान सञ्चालन गर्ने
  • जनसांख्यिकीय विश्लेषण (Demographic analytics) सञ्चालन गर्ने र व्यवहारिक सूचना जस्ता सूचनाहरु एकत्रित गरेर अन्तर्दृष्टि प्राप्त गर्ने ।

हाम्रो ब्रान्डलाई प्रवर्द्धन र संरक्षण गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • ब्रान्डिङ र कर्पोरेट मामिला व्यवस्थापन, प्रकाशनहरूको सिर्जना, मार्केटिंग अभियानहरू र विज्ञापनहरू उत्पादन गर्ने
  • हाम्रो वस्तु तथा सेवा र हाम्रो एप्लिकेसनहरुको प्रयोग सम्बन्धी सूचना संकलन गरी सो बाट अन्तर्दृष्टि प्राप्त गर्ने, उदाहरणको लागि, सामाजिक सञ्जालमा सुनेर प्रमुख प्रवृत्तिहरू र ग्राहक अन्तर्दृष्टिहरू पहिचान गर्ने, मूल्याङ्कन गर्ने र पत्ता लगाउने
  • हाम्रो ब्रान्ड र प्रतिष्ठा संरक्षण गर्न हाम्रो ब्रान्ड उल्लेख भएको पहिचान गर्नका लागि सामाजिक सञ्जालमा निगरानी राख्ने
  • प्रायोजन, दान र कार्यकम सहजीकरण गर्ने ।

तपाईसँग सम्पर्क गर्न (कानूनी आधार: सहमति, कानूनी दायित्व, वैधानिक हित (legitimate interest))
यसमा निम्न विषयहरु समावेश छन्:

  • तपाईले अनुरोध गरेका प्रकाशन, समाचारपत्र, प्रतिवेदन र सान्दर्भिक सामग्रीहरू पठाउने
  • तपाईले अनुरोध गरे बमोजिम जानकारी तथा हाम्रो वस्तु र सेवाहरूको दायरा प्रदान गर्ने
  • तपाईले रिपोर्ट गर्नु भएको गलत काम र गुनासोहरूको रिपोर्टहरूमा प्रतिक्रिया जनाउने, जसमा व्हिसलब्लोइङ (whistleblowing) पनि समावेश रहेको छ ।

तपाई र हाम्रा व्यक्तिहरूलाई सुरक्षित राख्ने (कानूनी आधार: कानूनी दायित्व, वैधानिक हित (legitimate interest))

यसमा निम्न विषयहरु समावेश छन्:

  • भवन प्रवेशका लागि परिचय प्रमाणीकरण सुरक्षा जाँच गर्ने
  • हाम्रा शाखाहरु, परिसरहरु तथा एटीएमहरूमा जालसाजी र/वा चोरी जस्ता अपराधहरु जाँच्न तथा रोकथाम को निम्ति सीसीटीभिको प्रयोग गर्ने
  • हाम्रा सम्पत्ति तथा परिसरहरूमा घटना वा आपतकालीन परिस्थितिहरूको अनुसन्धान तथा प्रतिवेदन पेश गर्ने
  • तपाईको सूचनासुरक्षित र गोप्य राख्नको निम्ति हाम्रो प्रणाली तथा नेटवर्कहरूको सुरक्षाको लागि
  • अन्य स्वास्थ्य तथा सुरक्षा कार्यान्वयनको उद्देश्यहरूका लागि ।

वित्तीय अपराध जाँच, अनुसन्धान तथा रोकथाम गर्न (कानूनी आधार: करार, कानूनी दायित्व, वैधानिक हित (legitimate interest))
यसमा निम्न विषयहरु समावेश छन्:

  • स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी खुलाउनको लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्ने लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  • सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी, वा अन्य गैरकानूनी कृयाकलापको जाँच, रोकथाम वा निकासा कार्यान्वयन गर्नको लागि समूह भित्र सबैलाई लागू हुने कुनैपनि कार्यक्रमहरु बमोजिम सूचना तथा जानकारीको अन्य कुनै प्रयोग गर्ने
  • वास्तविक वा शंकास्पद जालसाजी, वित्तीय अपराध वा अन्य आपराधिक क्रियाकलापहरूसँग सम्बन्धित कारोबार तथा निवेदन जाँच गर्न र आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने
  • हाम्रो कानूनी तथा नियामक दायित्वहरु र आन्तरिक नीतिहरूको अनुपालना सुनिश्चित गर्न, प्रचलित कानूनले अनुमति दिएको हदसम्म, हामीसँग भएका आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने ।

प्रचलित कानून, नियमावली र अन्य आवश्यकताहरूको पालना गर्न (कानूनी आधार: कानूनी दायित्व, वैधानिक हित (legitimate interest))
यसमा निम्न विषयहरु समावेश छन्:

  • स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी खुलाउन लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्ने लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  • स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको स्थानीय तथा विदेशी कानून, नियमावली, नियम, निर्देशन, निर्णय वा अदालतका आदेश, अनुरोध, मार्गदर्शन, सरकारी प्रतिबन्ध, निषेधाज्ञा, सूचना सम्बन्धी व्यवस्था, बन्देज, कुनै पनि निकाय (घरेलू वा विदेशी कर प्राधिकरण लगायत) सँगको सम्झौता वा माग, अदालत वा न्यायधिकरण, कार्यान्वयन निकाय वा विनिमय निकायको पालना गर्ने
  • स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको कानूनी, नियमनकारी, सरकारी, कर, कानून कार्यान्वयन वा अन्य निकाय, अथवा स्व-नियमनकारी वा क्षेत्रीय निकायहरू, वा वित्तीय सेवा प्रदायकहरुको संघद्वारा जारी कुनै स्वैच्छिक निर्देशिका वा सिफारिसहरू पालना गर्ने ।

स्ट्याण्डर्ड चार्टर्ड समूहका कानूनी अधिकारहरू प्रयोग गर्न र कानूनी कारवाही सञ्चालन गर्न (कानूनी आधार: कानूनी दायित्व, वैधानिक हित (legitimate interest) )
यसमा निम्न विषयहरु समावेश छन्:

  • हाम्रा अधिकारहरू पत्ता लगाउने र प्रयोग गर्ने, तथा हाम्रा अधिकार र हितहरूमा हुने क्षति विरुद्ध आफुलाई सुरक्षित राख्ने
  • सम्भावित मुद्दा वा अनुसन्धानको लागि प्रमाणको रूपमा आवश्यक पर्न सक्ने रेकर्डहरू संरक्षण गर्ने
  • ऋण तथा बक्यौता असुली गर्ने
  • हाम्रा अधिकारहरू वा स्ट्याण्डर्ड चार्टर्ड समूहको अन्य सदस्यको अधिकारहरू कार्यन्वयन गर्न मुद्दा चलाउने
  • पेशागत सल्लाह प्राप्त गर्ने
  • बीमा दाबी गर्ने वा अनुसन्धान गर्ने
  • कुनै पनि बीमा सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा प्रतिक्रिया दिने
  • कानूनी अधिकारहरुको स्थापना, प्रयोग वा बचाउ गर्नको लागि वा वर्तमान वा भावी कानूनी, सरकारी वा अर्ध-सरकारी, नियामक, वा क्षेत्रीय निकायहरू वा संघहरू सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा बचाउ गर्ने वा प्रतिक्रिया दिने ।

स्ट्याण्डर्ड चार्टर्ड समूहका मर्जर, एक्विजिसन र डाइभेष्टमेन्ट सहजीकरण गर्न (कानूनी आधार: वैधानिक हित)

यसमा निम्न विषयहरु समावेश छन्:

  • मर्जर, एक्विजिसन, बिक्री वा डाइभेष्टमेन्टको परिणाम स्वरूप हाम्रो व्यवसायको स्थानान्तरण पछि हाम्रो व्यवसायको मूल्यांकन र तपाईलाई सेवाको निरन्तरता प्रदान गर्ने
  • हाम्रो व्यवसाय र/वा सम्पत्तिको सम्पुर्ण वा कुनै भागको कार्यभार सम्हाल्ने व्यक्ति वा त्यस्तो सम्भावित व्यक्ति वा सूचनासँग सम्बन्धित व्यक्ति (data subject) को सम्बन्धमा हामीसँग निहित अधिकारको सहभागी वा उप-सहभागी अथवा कार्यभार, सहभागिता, वा उप-सहभागितासँग सम्बन्धित कारोबार मुल्यांकन गर्न सक्षम बनाउने।

हामी कहिलेकाहीँ, प्रचलित कानूनले आवश्यक गरेबमोजिम, तपाईको सहमति सहित थप गोपनीयता सूचना प्रदान गरी प्रत्यक्ष विज्ञापन गर्ने उद्देश्यका लागि तपाईको सम्पर्क विवरण प्रयोग गरी सान्दर्भिक विज्ञापन मार्केटिङ सञ्चार (जस्तै पोस्ट, इमेल, टेलिफोन, एसएमएस, सुरक्षित सन्देश, मोबाइल एप वा सामाजिक सञ्जाल मार्फत) पठाउन सक्नेछौँ ।

हामी (तपाईले हामीलाई यस्ता संवादहरू प्राप्त गर्न चाहँदैनौँ भनेर जानकारी नदिए सम्म) निम्न प्रकारका संचारहरु पठाउन सक्नेछौँ:

  • हाम्रो वा अन्य स्ट्याण्डर्ड चार्टर्ड समूहको वस्तु र सेवाहरूको बारेमा समाचार, अफर र प्रोमोसनहरु
  • वित्तीय संस्था, बीमा कम्पनी, क्रेडिट कार्ड कम्पनी, धितोपत्र तथा लगानी, मोबाइल वालेट र डिजिटल भुक्तानी सेवा प्रदायकजस्ता तेस्रो पक्षबाट वा सोसँग सम्बन्धित वस्तु तथा सेवाको बारेमा जानकारी
  • हाम्रो वा सम्बन्धित तेस्रो-पक्ष पुरस्कार, लोयल्टी वा सुविधा कार्यक्रमहरू तथा सम्बन्धित सेवाहरू र वस्तुहरूको विवरण
  • हाम्रो सह-ब्रान्डिङ साझेदारहरूले प्रदान गर्ने वस्तु र सेवाहरूको बारेमा जानकारी (यस्ता सह-ब्रान्डिङ साझेदारहरूको नाम आवश्यकता बमोजिम सम्बन्धित वस्तु र सेवाहरूको आवेदन फारम (हरू) मा फेला पार्न सकिन्छ)
  • बजार अनुसन्धान
  • हाम्रो वा सम्बन्धित तेस्रो-पक्षको प्रतियोगिताहरू र गोलाप्रथाको बारेमा जानकारी
  • परोपकारी र/वा गैर-लाभकारी दान, प्रायोजन र योगदानको लागि हामी वा सम्बन्धित तेस्रो पक्षहरूद्वारा गरिएको अपील; तथा
  • हाम्रो वा उपयुक्त तेस्रो-पक्षको सेमिनार, वेबिनार र अन्य सान्दर्भिक कार्यक्रमरू वा अवसरहरूसँग सम्बन्धित सूचना र सञ्चार ।

तपाईलाई सान्दर्भिक र अनुकूल हुने मार्केटिङ सञ्चारहरू प्रदान गर्नका लागि हामी तपाईको बारेमा हामीसँग रहेको सूचना संकलन गरेर जनसांख्यिकीय (demographic) र अन्तर्दृष्टि विश्लेषण (insights analytics) प्रयोग गरी बजार अनुसन्धान गर्न सक्छौँ ।
तपाईले हामीलाई तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायक(हरु)लाई उक्त प्लेटफर्महरुमा हाम्रो विज्ञापनलाई साथ दिन कुकी प्रयोग गर्न अनुमति दिएको खण्डमा, हाम्रो संलग्नता रहेको सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकसँग अनलाइन सामाजिक सञ्जालमा विज्ञापनका लागि, हामी तपाईबारे सीमित विवरण खुलाउन सक्नेछौँ । उदाहरणको लागि, सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकलाई हाम्रो रोजगारी अवसरहरु बारे बढी सान्दर्भिक विज्ञापन सञ्चार सन्देशहरु तपाईलाई पठाउनको लागि उनीहरुसँग तपाईको खाता रहेको वा नरहेको जाँच गर्न ।
हामीले विज्ञापनको सन्दर्भमा कुकी कसरी प्रयोग गर्छौँ भन्ने बारे थप जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:
तपाईले हामीलाई तल दिइएको ‘सम्पर्क गर्ने तरिका’ भन्ने भागबाट हामीलाई सम्पर्क गरि तपाईको हकबमोजिम सो विज्ञापन सञ्चार प्राप्त गर्नबाट आफ्नो सहमति फिर्ता लिन वा छनोट नगर्न सक्नुहुनेछ ।

हामी तपाईको व्यक्तिगत सूचना स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र खुलाउन सक्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले तपाईको व्यक्तिगत सूचना हाम्रा सेवा प्रदायक, व्यवसाय साझेदार, अन्य तेस्रो पक्षहरू तथा कानूनले आवश्यक गरेमा वा कुनै निकायले अनुरोध गरेमा लगायत यस गोपनीयता सूचनामा उल्लिखित प्रशोधनका उद्धेश्यहरुको लागि खुलाउन सक्छौँ । यी को हुन् भन्ने विषय तपाईले एक व्यक्तिको रूपमा हामीसँग गरेको अन्तरक्रियामा निर्भर रहनेछ ।
हामी तपाईको व्यक्तिगत सूचना, कसरी र कोसँग खुलाउने छौँ भन्ने कुरा सीमित गर्छौँ, र सो सूचना खुलाउँदा तपाईको व्यक्तिगत सूचना गोप्य र सुरक्षित राख्न सुनिश्चित गर्ने उपायहरु अवलम्बन गर्छौं । हामीले प्रशोधन गर्ने उद्धेश्यको लागि, आवश्यक भएमा वा कानूनले अनुमति दिएमा, तपाईको व्यक्तिगत सूचना निम्न पक्षहरुसँग खुलाउन सक्नेछौँ:

  • स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरू
  • आधिकारिक तेस्रो पक्षहरू
    • तपाईको व्यक्तिगत सूचना खुलाउन अनुमति दिई तपाईले हामीलाई अधिकार प्रदान गर्नुभएको अन्य कुनै व्यक्ति ।
  • तपाईको जानकारी प्रमाणित गर्न सक्ने तेस्रो पक्षहरू
    •  जालसाजी रोकथामसँग सम्बन्धित एजेन्सी तथा संगठनहरू
    •  सम्पत्ति शुद्धीकरण, आतंकवाद, जालसाजी र अन्य वित्तीय अपराधहरू रोक्न वित्तीय अपराध रोकथाम डाटाबेस जाँचहरू सञ्चालन गर्ने अन्य गैर-सरकारी तेस्रो पक्षहरू ।
  • हाम्रा सेवा साझेदारहरू
    • पेशागत सल्लाहकारहरू, जस्तै लेखापरीक्षक तथा कानूनी सल्लाहकार
    •  बीमाकर्ता वा बीमा ब्रोकरहरु
    •  सेवा प्रदायकहरु, जस्तै सञ्चालन, प्रशासनिक, सूचना प्रसोधन र अन्य प्रविधि सम्बन्धी सेवा प्रदायक लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहको सञ्चालन वा वस्तु तथा सेवा प्रदानमा सुधार वा प्रवर्द्धन सहजीकरण वा विश्लेषण गर्नका निम्ति संलग्न वा साझेदार रहेका व्यक्ति ।
    •  पेशागत सेवा प्रदायकहरु, जस्तै बजार अनुसन्धानकर्मी, फरेन्सिक अनुसन्धानकर्ता तथा प्रबन्धन सल्लाहकार ।
    •  विज्ञापन कम्पनी तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकहरु ।
  • स्ट्राटेजिक रिफरल साझेदारहरू
    •  व्यावसायिक गठबन्धन, को-ब्रान्डिङ साझेदारहरू वा अन्य कम्पनीहरू वा संस्थाहरू जससँग स्ट्याण्डर्ड चार्टर्ड समूहले सम्झौता वा अन्य जोइन्ट भेन्चर बमोजिम सहकार्य गर्दछ
    • सामाजिक सञ्जाल र विज्ञापन कम्पनीहरू
    •  परोपकारी र गैर-लाभकारी संस्थाहरु ।
  • अन्य वित्तीय सेवा संस्थाहरू
    •  अन्य वित्तीय संस्थाहरू, जस्तै मर्चेन्ट बैंक, प्रतिनिधि बैंक वा राष्ट्रिय बैंकहरू
    •  मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवा प्रदायक, मर्चेन्ट, मर्चेन्ट एक्वायरिङ कम्पनी, क्रेडिट कार्ड कम्पनी, भुक्तानी प्रशोधन गर्ने संस्था र कार्ड एशोसिएसनका सदस्य, पेमेन्ट इनिसियसन तथा कार्डमा आधारित भुक्तानी अधिकारपत्र सेवा प्रदायकहरु जस्तै भिसा र मास्टरकार्ड लगायत भुक्तानी सेवा प्रदायकहरु
    •  कुनै पनि वित्तीय संस्था र मर्चेन्ट एक्वायरिङ कम्पनी जोसँग तपाईले लेनदेन वा सम्भावित कारोबार गर्नु हुनेछ ।
  • कानून कार्यान्वयन गर्ने निकाय तथा सरकारी अधिकारीहरू
    •  तपाईको क्षेत्राधिकार भित्र वा बाहिर रहेको स्ट्याण्डर्ड चार्टर्ड समूहको कुनै पनि सदस्य, तथा स्ट्याण्डर्ड चार्टर्ड समूहको उक्त सदस्यसँग तपाईंको सम्बन्ध रहे वा नरहेको भन्ने विषय माथि क्षेत्राधिकार रहेको कुनै पनि सरकारी, अर्ध-सरकारी, नियमनकारी, प्रशासनिक, विनियमन वा निरीक्षण निकाय, अदालत, न्यायाधिकरण, कार्यान्वयन एजेन्सी, विनिमय निकाय वा घरेलू वा विदेशी कर प्राधिकरण लगायत कानूनद्वारा आवश्यक गरिएबमोजिम वा कुनै निकायद्वारा अनुरोध भएबमोजिम ।
    •  स्ट्याण्डर्ड चार्टर्ड समूह सञ्चालनमा रहेको जुनसुकै सम्बन्धित क्षेत्राधिकार भित्र रहेको स्व-नियमनकारी वा क्षेत्रीय निकाय वा वित्तीय सेवा प्रदायकहरूको संघ।
  • अन्य तेस्रो पक्षहरू
    • हामीसँग गोपनीयताको कर्तव्य भएको कुनै पनि अन्य व्यक्ति लगायतका उक्त जानकारी गोप्य राख्ने प्रतिज्ञा गरेका स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरु समेत ।

तपाईको व्यक्तिगत सूचना हामीद्वारा स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र वा अन्य तेस्रो पक्षसँग यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यहरू पूरा गर्नका लागि प्रशोधन, भण्डारण, वितरण (shared), स्थानान्तरण गर्न, वा खुलाउन सकिनेछ । हामी यो कार्य लेनदेन सहजीकरण गर्दा तथा हाम्रा ग्राहकहरूलाई वस्तु तथा सेवा प्रदान गर्दा प्रभावकारी, कुशलता र सुरक्षित तरिकाले सञ्चालन गर्न, हाम्रा प्रक्रिया तथा व्यापार सञ्चालनलाई सुधार्न र सहयोग पुर्याउन, र हाम्रा कानूनी र नियामकीय दायित्वहरू पूरा गर्न गर्दछौं । यसले सिमा पार (cross border) अन्य अधिकाक्षेत्रहरूमा तपाईको व्यक्तिगत सूचना प्रशोधन, भण्डारण, वितरण, स्थानान्तरण, वा खुलाउने (disclosing) कार्य पनि समावेश गर्न सक्नेछ ।
तपाईको व्यक्तिगत सूचना प्राप्तकर्ता नेपाल बाहिरका क्षेत्राधिकारमा रहेको अवस्थामा, र त्यहाँको स्थानीय कानून नेपालको गोपनीयता सम्बन्धी कानून समान नभएको अवस्थामा, हामी प्रचलित कानूनको पालना गर्नका निम्ति, उदाहरणको लागि, करारका आधारभूत व्यवस्था (standard contractual clauses) हरुको प्रयोग गरी, तपाईको व्यक्तिगत सुचनालाई उपयुक्त हुने पर्याप्त स्तरको संरक्षण तथा सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पुर्ण उचित उपायहरु अपनाउनेछौँ ।
थप जानकारीको लागि, सम्बन्धित करारका आधारभूत व्यवस्था (standard contractual clauses) को एक प्रतिलिपिलागि तपाईले हामी सम्पर्क गर्न सक्नुहुनेछ ।

हामी तपाईको व्यक्तिगत सूचनाको गोपनीयता र सुरक्षालाई धेरै गम्भीर रूपमा लिन्छौँ । तपाईको सुचना संरक्षणको लागि, हामीले उपयुक्त प्राविधिक, भौतिक तथा संगठनात्मक उपायहरू लागू गरेका छौँ जसले तपाईको व्यक्तिगत सुचना सुरक्षित र गोप्य राख्न हामीलाई मद्दत गर्छ । उदाहरणका लागि, हामीले तेस्रो पक्षसँगका हाम्रा सम्झौतामा उपयुक्त गोपनीयता, सूचना संरक्षण र सुरक्षाका शर्तहरू समावेश गर्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले आकस्मिक घटना व्यवस्थापन र रिपोर्टिङ प्रक्रियाहरू, व्यक्तिगत सूचना संरक्षण गर्न तथा कानूनी र नियामक व्यवस्थाको पालना गर्नका लागि नियम तथा प्राविधिक उपायहरू लगायतका सूचना सुरक्षा सम्बन्धी गोपनीयता नीतिहरू लागू गरेको छ । हामी तपाईको व्यक्तिगत सूचनाको पहुँच रहने हाम्रा कर्मचारीहरुलाई हाम्रो सूचनाको गोपनीयता र सुरक्षाका मानक (standards) हरूको पालना गर्न प्रशिक्षण दिन्छौँ र नियम पालना गर्न लगाउर्छौं । हामी हाम्रा सेवा प्रदायकहरूलाई वा अन्य तेस्रो पक्षहरू जो सँग हामी संलग्न हुन्छौं र जसलाई हामी तपाईको व्यक्तिगत सूचना खुलाउछौँ, उनीहरुलाई पनि तपाईक व्यक्तिगत सुचनाको पहुँच, प्रयोग वा प्रशोधन गर्दा समान सूचना सुरक्षाका उपाय तथा मानकहरू कार्यन्वयन गराउन लगाउछौँ ।

यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यका लागि, हामी तपाईको व्यक्तिगत सूचना हाम्रो व्यवसाय सञ्चालन वा कानुनी कारणहरूका लागि तपाई हामीसँग संलग्न हुने अवधिसम्म राख्छौं र व्यक्तिगत सुचनाको प्रकार अनुसार हाम्रो data retention policy standards र प्रचलित कानून वा नियमद्वारा आवश्यक भएबमोजिम तपाईको व्यक्तिगत सुचना थप केही समयसम्म राख्न सक्छौँ । हामीलाई आवश्यक पर्न छाडेमा, हामी व्यक्तिगत सूचना मेटाउने, बेनामी बनाउने (anonymize), नष्ट गर्ने र/वा प्रयोग गर्न बन्द गर्नेछौँ ।

हामी तपाईको व्यक्तिगत सूचनाको सम्मान गर्दछौँ, र हामीले तपाईको विवरण कसरी प्रयोग गर्छौँ भन्ने सम्बन्धमा तपाईको निम्नानुसारका अधिकारहरू छन्:

  • तपाईको आफ्नो सूचना पहुँच गर्ने अधिकार – तपाईसँग तपाईको व्यक्तिगत सूचना हामीसँग छ कि छैन भनेर जाँच गर्ने र हामीले त्यसलाई कसरी प्रयोग गरेका छौँ भन्ने जानकारी सहित त्यस्तो सूचनाको प्रतिलिपि माग गर्ने अधिकार रहनेछ ।
  • तपाईको सूचना सच्याउने अधिकार – यदि तपाईको व्यक्तिगत विवरण परिवर्तन भएको छ वा हामीसँग तपाईको बारेमा गलत वा पुरानो जानकारी रहेको छ भन्ने तपाईलाई लागेमा, तपाईले हामीलाई सो अध्यावधिक गर्न माग गर्न सक्नुहुन्छ ।
  • तपाईको सूचना मेटाउने अधिकार – तपाईले हामीलाई आफ्नो व्यक्तिगत सूचना मेटाउन माग गर्न सक्नुहुन्छ । तथापि, हामीलाई हाम्रा उत्पादनहरू र सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्छ।
  • प्रशोधन रोक्ने वा आपत्ति जनाउने अधिकार – तपाई हामीलाई तपाईको सूचना प्रयोग गर्न रोक्न वा हामीले सोको प्रयोग गर्ने तरिकाको परिवर्तन माग गर्न सक्नुहुन्छ । यद्यपि, हामीलाई तपाईसँग अन्तरक्रिया गर्न वा हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्नेछ ।
  • स्वचालित निर्णय गर्ने प्रक्रियामा आपत्ति जनाउने अधिकार – तपाईले केवल स्वचालित प्रक्रियाद्वारा गरिने कुनै निर्णयले तपाईमाथि नकारात्मक प्रभाव पार्छ भने सोको पुनरावलोकन गर्न भनि माग गर्न सक्नुहुन्छ ।
  • तपाईको सूचना सार्ने (data portability) अधिकार – तपाईले हामीलाई तपाईको व्यक्तिगत सूचना मेशिनहरूले सहजै पढ्न सक्ने ढाँचामा अर्को संस्थालाई प्रदान गर्न माग गर्न सक्नुहुन्छ ।
  • अनुमति नदिने, परिवर्तन गर्ने वा पहिले दिइएको सहमति फिर्ता लिने अधिकार – हामी समय-समयमा तपाईको व्यक्तिगत सूचना प्रशोधन गर्न तपाईको सहमति माग्न सक्छौँ । तपाईले त्यस्तो सहमति नदिन वा पहिले दिइएको सहमतिमा परिवर्तन गर्न वा फिर्ता लिन हामीलाई कुनै पनि समयमा जानकारी गराउन सक्नुहुन्छ । तर, हामीले तपाईको केही व्यक्तिगत सूचना बिना हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न वा तपाईसँग सम्पर्क गर्न असमर्थ हुने सक्नेछौँ ।
  • प्रत्यक्ष विज्ञापनबाट पछि हट्ने अधिकार – तपाईले आफ्नो सहमति फिर्ता लिने तथा तपाईलाई हामीले मार्केटिङ ईमेल वा सर्वेक्षणका निम्ताहरू पठाउन बन्द गर्न माग गर्न सक्नुहुन्छ ।

हामी प्रचलित कानून बमोजिम तपाईको व्यक्तिगत सुचना सम्बन्धी अधिकारहरू प्रयोग गर्ने अनुरोधहरूमा प्रतिक्रिया दिनेछौँ । तपाईको अनुरोध प्रसोधन गर्नु अघि हामी तपाईको पहिचान पुष्टिको लागि अनुरोध गर्न सक्छौं । तपाईको अधिकारहरूको बारेमा कुनै प्रश्न छ भने, कृपया तल दिइएका विवरणहरू प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस् ।
सम्पर्क गर्ने तरिका
नेपालमा निम्न स्ट्याण्डर्ड चार्टर्ड समूहको कम्पनीले तपाईको व्यक्तिगत सुचना नियन्त्रकको (controller) रूपमा काम गर्नेछ:

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

मदन भण्डारी मार्ग वडा नं. ३१

नयाँ बानेश्वर, काठमाण्डौं, नेपाल

यदि तपाईसँग यस गोपनीयता सूचनाको बारेमा कुनै प्रश्न भएमा वा तपाईको व्यक्तिगत सूचना संरक्षण अधिकारहरूको प्रयोग गर्न चाहनुहुन्छ भने, तपाई हाम्रो सूचना संरक्षण अधिकृत (Data Protection Officer) सँग सम्पर्क गर्न सक्नुहुन्छ:
ईमेल: nepal.dpo@sc.com

यदि तपाईसँग हामीले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गरिरहेका छौँ भन्ने बारेमा कुनै चिन्ता वा गुनासो छ भने, कृपया हामीसँग सम्पर्क गर्नुहोस् । तपाई हाम्रो सूचना संरक्षण अधिकृत (Data Protection Officer) सँग सम्पर्क गर्न सक्नुहुन्छ ।
कुकीज

हाम्रो छुट्टै कुकी नीतिको बारेमा कृपया मा हेर्नुहोस्।

यो गोपनीयता सूचना मिति २०८०/०७/१५ गते (तदनुसार १ नोभेम्बर २०२३) अद्यावधिक गरिएको थियो ।

तपाईको व्यक्तिगत सूचनाको सुरक्षा

तपाईको व्यक्तिगत सूचना हामीलाई महत्वपूर्ण छ, र हामी तपाईलाई तपाईको सूचना कसरी प्रयोग गर्छौँ र कसरी सुरक्षित राख्नेछौँ भन्ने विषयमा जानकारी दिन चाहन्छौँ । व्यक्तिगत सूचना भन्नाले तपाईसँग सम्बन्धित अथवा तपाईलाई पहिचान गराउने विवरण हो । यस गोपनीयता सूचनामा, हामी तपाईको व्यक्तिगत सूचना कसरी संकलन, स्थानान्तरण र प्रशोधन गर्छौं भन्ने बारेमा व्याख्या गर्नेछौँ । तपाईको हक र अधिकार के के हुन र ती अधिकारहरूको प्रयोग कसरी गर्न सकिन्छ भनेर पनि व्याख्या गर्नेछौँ । साथै, समय-समयमा हामी तपाईलाई थप गोपनियता सम्बन्धी छुट्टै सूचना मार्फत, विशेष च्यानल, वस्तु, सेवा, व्यवसाय र गतिविधिहरूको बारेमा जानकारी उपलब्ध गराउनेछौँ । यस गोपनीयता सूचनामा, “हामी”, “हाम्रो”, वा “हाम्रा” भन्नाले, तपाईले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने स्ट्याण्डर्ड चार्टर्ड ब्रान्ड अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड समुह (Standard Chartered Group) को शाखा, सहायक कम्पनी वा कानूनी इकाईलाई जनाउँछ, जसले तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्ने तथा कसरी सङ्कलन र प्रयोग गर्ने निर्णय लिने कार्य गर्दछ । स्ट्याण्डर्ड चार्टर्ड समुह भन्नाले स्ट्याण्डर्ड चार्टर्ड पीएलसी (Standard Chartered PLC), सम्बन्धित सहायक र सम्बद्ध कम्पनीहरू, लगायत प्रत्येक शाखा वा प्रतिनिधि कार्यालयलाई व्यक्तिगत रूपमा वा सम्मिलित रूपमा जनाउँछ । यस गोपनीयता सूचना प्रदान गर्ने सम्बन्धित स्ट्याण्डर्ड चार्टर्ड समुहका सदस्य(हरू)को विवरणका लागि यस गोपनीयनता सूचनामा रहेको ‘कसरी सम्पर्क गर्ने’ भन्ने भागमा हेर्न सक्नुहुनेछ । हाम्रो सम्बन्धन-प्राप्त केही कम्पनीहरुको वेबसाइटहरुको आफ्नै छुट्टै ब्रान्ड पहिचान छ र उनीहरूले प्रदान गर्ने विशिष्ट उत्पादन र सेवाहरूको लागि आफ्नै छुट्टै गोपनीयता सूचनाहरू रहेका छन् । उनीहरुले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गर्छन् भन्ने सम्बन्धमा तपाईले त्यस्ता सम्बन्धन-प्राप्त कम्पनीहरुले निर्देशन गरेबमोजिमको गोपनीयता सूचनाहरू हेर्नु पर्नेछ । हाम्रो अनलाइन विज्ञापनहरू प्रदर्शन गर्ने वा हामीसँग जोडिएका तर हामीले सञ्चालन वा नियन्त्रण नगर्ने तेस्रो पक्षका वेबसाइटहरूमा यो गोपनीयता सूचना लागू हुँदैन । ती वेबसाइटहरूका आफ्नै गोपनीयता सूचनाहरू हुनुपर्छ, जुन तपाईले पढेर उनीहरूले तपाईको व्यक्तिगत सूचना कसरी सङ्कलन तथा प्रशोधन गर्छन् र तपाईका अधिकारहरू के के हुन् भन्ने बारेमा बुझ्न सक्नुहुनेछ । हामीले समय-समयमा यो गोपनीयता सूचना अध्यावधिक गर्नेछौँ । तपाईले यस गोपनीयता सूचनाको अन्त्यमा वर्तमान संस्करणको मिति सुचीकृत भएको पाउनुहुनेछ । तपाईको व्यक्तिगत सूचना सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा भएमा, कृपया हामीलार्इ निसंकोच सम्पर्क गर्नुहोला (तपाईले ‘कसरी सम्पर्क गर्ने’ भागमा हाम्रो सम्पर्क विवरण पाउन सक्नुहुनेछ) ।

तपाईले हामीसँग रोजगारीको लागि आवेदन गर्दा वा हामीलाई सेवा प्रदान गर्ने कार्यमा संलग्न भएको बेला, हामी तपाईको बारेमा, कानुन अनुसार र आवश्यकता बमोजिम, निम्न प्रकारका व्यक्तिगत विवरण संकलन गर्न सक्नेछौँ । यदि तपाईले हामीलाई अन्य कसैको व्यक्तिगत सूचना दिनुहुन्छ भने, तपाईले सो व्यक्तिको अनुमति लिनुपर्नेछ र निजलाई हामीले कसरी त्यसको प्रयोग गर्नेछौँ भन्ने बारे जानकारी दिनुपर्नेछ:

  • पहिचान सम्बन्धी सूचना – तपाईको (अद्वितीय वा अर्ध-अद्वितीय रुपमा) पहिचान गराउने विवरण । उदाहरणका लागि, तपाईको नाम, तपाईको लिङ्ग, तपाईको जन्म मिति, तपाईको राष्ट्रियता, तपाईका फोटोहरू, तपाईका सीसीटीभी (CCTV) तथा भिडियो रेकर्डिङ्हरू, नियुक्ति प्रक्रियाको सम्बन्धमा पेश गरिएका फोटोग्राफिक तस्बिर तथा अडियो रेकर्डिङ्हरु, तथा राष्ट्रिय पहिचान नम्बर, पासपोर्ट नम्बर र कर पहिचान नम्बर जस्ता आधिकारिक/सरकारी परिचय विवरणहरु लगायतका अन्य पहिचानकर्ता ।
  •  सम्पर्क सूचना – तपाईलाई सम्बोधन गर्न, सन्देश पठाउन वा सम्पर्क गर्न अनुमति प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इमेल ठेगाना, तपाईको फोन वा मोबाइल नम्बर तथा तपाईको आवासीय ठेगाना ।
  •  पेशा सम्बन्धी सूचना – तपाईको शैक्षिक तथा पेशागत पृष्ठभूमि सम्बन्धी जानकारी । उदाहरणका लागि शैक्षिक पृष्ठभूमी (जस्तै तपार्इको विश्वविद्यालय तथा स्कूलको शैक्षिक प्रमाणपत्र विवरण र अन्य शैक्षिक उपलब्धीहरू) वर्तमान तथा भूतपूर्व रोजगारी विवरण (तलब, बोनस र कर्मचारी लाभ योजनाको विवरण सहित), curriculum vitae/resume, पेशागत योग्यता, सिफारिसहरू र रोजगारी भिसा ।
  • आर्थिक तथा वाणिज्य सूचना – आवश्यकता बमोजिम तपाईको आर्थिक अवस्था तथा पृष्ठभूमि, स्थिति र इतिहासलाई पहिचान गर्ने जानकारी । उदाहरणको लागी, तपाईको क्रेडिट प्रतिवेदन, पारिश्रमिक लगायत अन्य वित्तीय जानकारी ।
  • भौगोलिक (Geolocation) सूचना – कुनै यन्त्रको स्थान समावेश गर्ने वा प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इन्टरनेट प्रोटोकल (IP) ठेगाना वा तपाईको कुकीज (cookies) पहिचानकर्ता ।
  • व्यवहारिक सूचना – तपाईको व्यवहारिक विशेषताहरूको वर्णन गर्ने विश्लेषणात्मक जानकारी । उदाहरणका लागि, रोजगारी पूर्व गरिने कुनै पनि परीक्षणको नतिजा, जस्तै मनोवैज्ञानिक परीक्षण (psychometric testing) ।
  • व्यक्तिगत सम्बन्धको सूचना – तपाईको पहिचान निर्धारण गर्न सक्ने व्यक्ति वा संस्थाहरू बीचको सम्बन्ध वा नजिकको सम्बन्धको बारेमा जानकारी । उदाहरणका लागि, राजनीतिक व्यक्तित्व, सरकारी अधिकारी, ग्राहक, नजिकको व्यक्तिगत वा वित्तीय सम्बन्धहरु ।
  •  सञ्चार सूचना – हामीसँग भएको तपाईको आवाज, सन्देश, इमेल र अनलाइन फारम मार्फत जस्ता अन्य सञ्चारमा समावेश गरिएको तपाईसँग सम्बन्धित जानकारी ।

हामीलाई कहिलेकाहीँ तपाईको बढी संवेदनशील व्यक्तिगत विवरण संकलन गर्न पर्ने सक्छ, तर यो हामी आवश्यक भएमा र तपाईको स्वीकृति लिएर मात्र, वा कानूनले अनुमति दिएमा गर्नेछौँ । यी संवेदनशील व्यक्तिगत विवरण (कहिलेकाहीँ विशेष श्रेणीको व्यक्तिगत विवरणको रूपमा चिनिने) मा निम्न कुराहरू समावेश हुन सक्छ:

  • जातीय वा सामुदायिक मूल सम्बन्धी सूचना – तपाईको जातीय र सामुदायिक मूल (racial or ethnic origin) खुलाउने जानकारी ।
  • स्वास्थ सम्बन्धी सूचना – तपाईको स्वास्थ्य स्थिति सम्बन्धी जानकारी ।
  • ट्रेड युनियनको सदस्यता – केहि क्षेत्राधिकारहरूमा सान्दर्भिक रहेको खण्डमा ।
  • यौन अभिमुखीकरण (sexual orientation) तथा लैंगिक पहिचान सम्बन्धी सूचना – तपाईको यौन जीवन वा यौन अभिमुखीकरण सम्बन्धि जानकारी ।
  • फौजदारी अभियोग , कारबाही वा आरोपको सूचना – आपराधिक सजाय वा हामीलेहाम्रो वित्तीय अपराध रोकथाम दायित्वहरूको सम्बन्धमा पहिचान गर्ने, फौजदारी अभियोग वा सोसँग सम्बन्धित जानकारीको विवरण । यसमा अपराध वा आरोपित अपराध वा अभियोगका विवरणहरू समावेश रहनेछ ।

हामी रोजगारी तथा नियुक्तिमा समान अवसर प्रदान गर्ने तथा निष्पक्ष व्यवहार गर्ने प्रतिबद्धता राख्दछौँ । यस सन्दर्भमा, हाम्रो आवेदन प्रक्रियामा जनसङ्ख्यासँग सम्बन्धित हुने किसिमका ऐच्छिक प्रश्नहरू पनि सोध्छौं। यी प्रश्नहरू विशुद्ध ती उद्देश्यहरूलाई थप अगाडि बढाउनका तथा विविधतायुक्त र समावेशी कार्यक्षेत्र सिर्जना गर्ने उद्देश्यले सोधिन्छन् । यी प्रश्नहरूको जवाफ हाम्रो नियुक्ति प्रक्रियाको अंश होइनन् र तिनीहरू सम्बन्धित निर्णायकहरूसँग खुलाइदैँन । हाम्रो हालको विविधताको स्तर राम्रोसँग मूल्याङ्कन गर्न र सोलाई सम्बोधन गर्न हाम्रो इन्टर्नल ग्लोबल डाइभर्सिटि (Internal Global Diversity) तथा इन्क्लुजन एण्ड एनालिटिक्स (Inclusion and Analytics) टिमहरुको लागि यी जवाफ समग्र गरि तथा बेनामी प्रतिवेदनको रूपमा मात्र समीक्षा गरिन्छ । तपाईलाई यी प्रश्नहरूको जवाफ नदिने विकल्प पनि छ ।
हामी सामान्यतया तपाईको व्यक्तिगत विवरण सिधै तपाईबाट नै प्राप्त गर्छौ, तर आवश्यक परेमा हामी अन्य स्रोतहरुबाट पनि तपाईको व्यक्तिगत विवरण प्राप्त गर्न सक्छौँ:

  •  तपाईले चिन्ने व्यक्तिहरू – जस्तैः
    • हामीलाई तपाईको बारेमा जानकारी दिने तथा तपार्इलार्इ रिफर (refer) गरेका तपाईका साथीहरू वा आफन्तहरू
    • तपाईका भुतपूर्व रोजगारदाताहरू
    • नियुक्ति गर्ने एजेन्सीहरू
    • तपाईले आफ्नो रिफरी (referees) को रूपमा मनोनयन गर्नुभएका अन्य व्यक्तिहरू
    • तपाईले आफ्नो प्रतिनिधिको रुपमा मनोनयन गर्नुभएको अन्य व्यक्तिहरू
  • व्यवसाय तथा अन्य संस्थाहरु – जस्तैः
    • तपाईको रोजगारदाता अथवा तपाईले प्रतिनिधित्व गर्नुभएको कम्पनी, व्यवसाय वा तपाईसँग सम्बन्धित संस्था ।
    • क्रेडिट रेफरेनस् (Credit Reference) र जालसाजी निवारण एजेन्सीहरू
    • अपराध अभिलेख ब्युरो
    • स्ट्याण्डर्ड चार्टर्ड करियर वेबपेज
    • लिङ्क्डिन, फेसबुक, तथा गुगल+ जस्ता सामाजिक सञ्जाल साईटहरू
  •  सार्वजनिक रूपमा उपलब्ध स्रोतहरू – जस्तै अनलाइन विवरणपुस्तक (Directories), करियर प्लेटफर्महरु, प्रकाशन, सामाजिक सञ्जालका पोस्टहरू तथा सार्वजनिक रूपमा उपलब्ध अन्य जानकारीहरू ।
  •  कुकीज – तपाई हाम्रो वेबसाइट, अनलाइन बैंकिङ वा मोबाइल एप्लिकेशनहरूमा जाँदा, ब्राउज वा प्रयोग गर्दा, हामी तपाईको यन्त्रबाट केहि जानकारीहरू स्वत: संकलन गर्न कुकीज प्रयोग गर्न सक्छौँ । हामी त्यस्तो जानकारीलाई आन्तरिक विश्लेषण तथा समस्या समाधानको लागि, तपाईलाई चिन्न तथा तपाईका प्राथमिकताहरू सम्झनको लागि, हाम्रा सामग्रीहरु व्यक्तिगत बनाउन तथा सोको गुणस्तर सुधार्नका लागि र तपाईको खाताको सुरक्षा अवस्था निर्धारण गर्न प्रयोग गर्न सक्छौँ । हाम्रो वेबसाइटहरूमा ब्राउज गर्दा कुकीज कसरी प्रयोग गरिन्छ र तपाईले यसलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:

हाम्रा नियुक्ति क्रियाकलापहरू सामान्यतया नाबालिग व्यक्तिहरूमा केन्द्रित हुँदैन (यस भन्नाले १८ वर्ष भन्दा कम उमेर भएको, तर तपाई जहाँ बस्नुहुन्छ त्यहाँको आधारमा यो उमेर अझै कम हुन सक्दछ) । यदि तपाई सम्बन्धित क्षेत्राधिकारमा नाबालिग हुनुहुन्छ भने, नियुक्तिको सम्बन्धमा हामीलाई सम्पर्क गर्नु अघि तपाईका अभिभावक वा संरक्षकको सहमति प्राप्त गर्नु अनिवार्य हुनेछ ।

हामी तपाईको व्यक्तिगत सूचना नियुक्ति प्रक्रिया सञ्चालन गर्न तथा हाम्रो व्यापार सञ्चालन गर्ने उद्देश्यको लागि सङ्कलन गर्छौँ ।
हामी सामान्यतया कानूनबमोजिम आवश्यक भएमा तपाईको अनुमति लिएर अथवा प्रचलित कानूनले अनुमति दिएमा वा आवश्यक गरेमा, आवश्यक पारेमा लगायत निम्नानुसारका कानूनी कारणहरुको निम्ति तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्छौँ:

  •  करार – हामीले करार बमोजिमका दायित्वहरू पुरा गर्ने क्रममा ।
  •  कानूनी दायित्व – हामीद्वारा कनून र नियमहरूको पालना गर्न परेको खण्डमा ।
  • वैधानिक हित – प्रशोधनको उद्देश्य हाम्रो वैधानिक हित (Legitimate Interest) भित्र भएको खण्डमा ।

हामीले तपाईको व्यक्तिगत सूचना केका लागि प्रयोग गर्छौँ भन्ने कुरा प्राय: हाम्रो प्रशोधनको उद्देश्यको रूपमा उल्लेख गरिन्छ र यी कुराहरु तल विस्तृत गरिएको छ । यदि तपाईले आवश्यक व्यक्तिगत विवरण हामीलाई प्रदान नगरेमा अथवा हामीले आवश्यक ठानेको र/वा हाम्रा कानूनी तथा नियामकीय दायित्वहरू पुरा गर्न आवश्यक व्यक्तिगत विवरण हामीद्वारा प्रशोधन होस भन्ने नचाहेमा, हामी तपाईको रोजगार आवेदन प्रक्रियालाई अगाडी बढाउन असमर्थ हुनेछौँ ।

प्रशोधनको उद्देश्य:
हामी आवश्यकता अनुसार तपाईको व्यक्तिगत सूचना निम्न उद्देश्यहरूको लागि प्रशोधन गर्छौँ:

तपाईको रोजगारीको आवेदन मूल्यांकन र प्रशोधन गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  •  तपाईको आवेदन समीक्षा गर्ने (जसमा अन्तर्वार्ता भिडियोहरु पनि समावेश हुन सक्छन्)
  •  तपाईले आवेदन गर्नुभएको रोजगारीको भूमिका वा सम्बद्धताको लागि तपाईको कौशलता, योग्यता र उपयुक्ता मूल्यांकन गर्ने (जसमा मनोवैज्ञानिक परिक्षणका परिणामहरू पनि समावेश हुन सक्छन्)
  •  तपाईको आवेदन प्रशोधन गर्ने
  •  तपाईको पहिचान प्रमाणित गर्नका लागि पुर्वरोजगारी वा पुर्वसंलग्नता जाँच, पृष्ठभूमि जाँच गर्ने
  •  रेफेरेन्स (references) प्राप्त गर्ने
  • तपाईको आवेदनको सम्बन्धमा तपाईसँग सञ्चार गर्ने । हामी तपाईको लागि उपयुक्त हुनसक्ने अन्य सम्भावित करियर अवसरहरू वा रिक्त रोजगारीहरूको बारेमा पनि सूचित गर्न सक्छौँ ।

हाम्रो आवेदक परीक्षण प्रक्रियाहरू (Screening Procedure) सुधार गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • प्रशासनिक कार्यहरू, जोखिम व्यवस्थापन गतिविधि, अडिट गर्ने तथा हाम्रो सञ्चार तथा प्रसोधन प्रणालीको सञ्चालन र सुरक्षा सुनिश्चित गर्ने जस्ता व्यवसाय सञ्चालन व्यवस्थापनमा संलग्न हुने
  •  व्यवसाय सञ्चालनको अडिट गर्ने
  •  रोजगार आवेदकहरूको स्क्रीनिङ (screening) प्रक्रिया लगायत नियुक्ति प्रक्रियामा सुधार गर्नको लागि हाम्रो नियुक्ति प्रक्रियाबाट सूचना संकलन गरी अन्तर्दृष्टि संकलन गर्ने

तपाई र हाम्रा व्यक्तिहरूलाई सुरक्षित राख्ने
यसमा निम्न विषयहरु समावेश छन्:

  • भवन प्रवेशका लागि परिचय प्रमाणीकरण सुरक्षा जाँच गर्ने
  •  हाम्रा शाखाहरु, परिसरहरु तथा एटीएमहरूमा जालसाजी र/वा चोरी जस्ता अपराधहरु जाँच्न तथा रोकथाम को निम्ति सीसीटीभिको प्रयोग गर्ने
  •  हाम्रा सम्पत्ति तथा परिसरहरूमा घटना वा आपतकालीन परिस्थितिहरूको अनुसन्धान तथा प्रतिवेदन पेश गर्ने
  •  तपाईको डाटा सुरक्षित र गोप्य राख्नको निम्ति हाम्रो प्रणाली तथा नेटवर्कहरूको सुरक्षाको लागि
  • अन्य स्वास्थ्य तथा सुरक्षा कार्यान्वयनको उद्देश्यहरूका लागि ।

वित्तीय अपराध पत्ता लगाउने , अनुसन्धान तथा रोकथाम गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी खुलाउनको लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्न लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  •  क्रेडिट रेफरेन्स एजेन्सीसँग मिली अनुसन्धान, प्रतिबन्ध स्क्रीनिङ जाँच र कानूनले अनुमति दिएको हदसम्म आपराधिक रेकर्ड जाँच लगायत पुर्वरोजगारी वा पुर्वसंलग्नता परिचय प्रमाणीकरण स्क्रीनिङ गर्ने
  •  हाम्रो कानूनी तथा नियामक दायित्वहरु र आन्तरिक नीतिहरूको अनुपालना सुनिश्चित गर्ने, प्रचलित कानूनले अनुमति दिएको हदसम्म, हामीसँग भएका आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने ।

प्रचलित कानून, नियमावली र अन्य आवश्यकताहरूको पालना गर्ने
यसमा निम्न विषयहरु समावेश छन्:

  •  स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी बाँड्नको लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्न लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  •  स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको स्थानीय तथा विदेशी कानून, नियमावली, नियम, निर्देशन, निर्णय वा अदालतका आदेश, अनुरोध, मार्गदर्शन, सरकारी प्रतिबन्ध, निषेधाज्ञा, सूचना सम्बन्धी व्यवस्था, बन्देज, कुनै पनि निकाय (घरेलू वा विदेशी कर प्राधिकरण लगायत) सँगको सम्झौता वा माग, अदालत वा न्यायधिकरण, कार्यान्वयन निकाय वा विनिमय निकायको पालना गर्ने
  •  स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको कानूनी, नियमनकारी, सरकारी, कर, कानून कार्यान्वयन वा अन्य निकाय, अथवा स्व-नियमनकारी वा क्षेत्रीय निकायहरू, वा वित्तीय सेवा प्रदायकहरुको संघद्वारा जारी कुनै स्वैच्छिक निर्देशिका वा सिफारिसहरू पालना गर्ने ।

स्ट्याण्डर्ड चार्टर्ड समूहका कानूनी अधिकारहरू प्रयोग गर्न र कानूनी कारवाही सञ्चालन गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  •  हाम्रा अधिकारहरू पत्ता लगाउने र प्रयोग गर्ने, तथा हाम्रा अधिकार र हितहरूमा हुने क्षति विरुद्ध आफुलाई सुरक्षित राख्ने
  • सम्भावित मुद्दा वा अनुसन्धानको लागि प्रमाणको रूपमा आवश्यक पर्न सक्ने रेकर्डहरू संरक्षण गर्ने
  •  हाम्रा अधिकारहरू वा स्ट्याण्डर्ड चार्टर्ड समूहको अन्य सदस्यको अधिकारहरू कार्यन्वयन गर्न मुद्दा चलाउने
  •  पेशागत सल्लाह प्राप्त गर्ने
  •  बीमा दाबी गर्ने वा अनुसन्धान गर्ने
  •  कुनै पनि बीमा सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा प्रतिक्रिया दिने
  •  कानूनी अधिकारहरुको स्थापना, प्रयोग वा बचाउ गर्नको लागि वा वर्तमान वा भावी कानूनी, सरकारी वा अर्ध-सरकारी, नियामक, वा क्षेत्रीय निकायहरू वा संघहरू सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा बचाउ गर्ने वा प्रतिक्रिया दिने ।

हामी कहिलेकाहीँ, प्रचलित कानूनले आवश्यक गरेबमोजिम, तपाईको सहमति सहित थप गोपनीयता सूचना प्रदान गरी प्रत्यक्ष विज्ञापन गर्ने उद्देश्यका लागि तपाईको सम्पर्क विवरण प्रयोग गरी सान्दर्भिक विज्ञापन मार्केटिङ सञ्चार (जस्तै पोस्ट, इमेल, टेलिफोन, एसएमएस, सुरक्षित सन्देश, मोबाइल एप वा सामाजिक सञ्जाल मार्फत) पठाउन सक्नेछौँ ।
हामी (तपाईले हामीलाई यस्ता संवादहरू प्राप्त गर्न चाहँदैनौँ भनेर जानकारी नदिए सम्म) निम्न प्रकारका संचारहरु पठाउन सक्नेछौँ:

  •  रोजगारीका अवसरहरू
  •  सेमिनार र वेबिनारहरू
  • अन्य कार्यक्रमहरू वा अवसरहरू ।

तपाईले हामीलाई तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायक(हरु)लाई उक्त प्लेटफर्महरुमा हाम्रो विज्ञापनलाई साथ दिन कुकी प्रयोग गर्न अनुमति दिएको खण्डमा, हाम्रो संलग्नता रहेको सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकसँग अनलाइन सामाजिक सञ्जालमा विज्ञापनका लागि, हामी तपाईबारे सीमित विवरण खुलाउन सक्नेछौँ । उदाहरणको लागि, सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकलाई हाम्रो रोजगारी अवसरहरु बारे बढी सान्दर्भिक विज्ञापन सञ्चार सन्देशहरु तपाईलाई पठाउनको लागि उनीहरुसँग तपाईको खाता रहेको वा नरहेको जाँच गर्न ।
हामीले विज्ञापनको सन्दर्भमा कुकी कसरी प्रयोग गर्छौँ भन्ने बारे थप जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:
तपाईले हामीलाई तल दिइएको ‘सम्पर्क गर्ने तरिका’ भन्ने भागबाट हामीलाई सम्पर्क गरि तपाईको हकबमोजिम सो विज्ञापन सञ्चार प्राप्त गर्नबाट आफ्नो सहमति फिर्ता लिन वा छनोट नगर्न सक्नुहुनेछ ।

हामी प्रोफाइलिङ (profiling) र व्यवहार विश्लेषण (behavioural analysis) लगायतका सूचना विश्लेषण (data analytics) गर्न, हाम्रा व्यवसाय सञ्चालनमा छरितो स्वचालित निर्णय गर्नका लागि र तपाईका व्यक्तिगत विशेषताहरू मूल्यांकन गर्नका लागि तपाईको व्यक्तिगत सूचनालाई लागि संङ्कलन गर्छौँ । यस्ता स्वचालित प्रणालीले पालना गर्ने नियमहरू हामी न्यायपूर्ण र वस्तुनिष्ठ निर्णय गर्ने रूपमा डिजाइन गराइन आवश्यक गराउछौँ ।
हाम्रो सञ्चार तथा उम्मेद्वारको अनुभवमा सुधार गर्न, हाम्रो नियुक्ति प्रक्रिया सुरक्षित तथा कुशल बनाउन र हामीलाई छिटो-छरितो प्रतिक्रिया दिन सक्ने बनाउन तथा प्रक्रियागत समयमा सुधार गर्न लागि हामी आर्टिफिसियल इन्टेलिजेन्स (artificial intelligence) तथा मेशिन लर्निङ्ग (machine learning) का प्रविधिहरू प्रयोग गर्न सक्नेछौँ । उदाहरणका लागि, हामी नियुक्ति प्रक्रियामा मनोवैज्ञानिक परीक्षणको लागि स्वचालित-निर्णय प्रणाली प्रयोग गर्न सक्नेछौँ ।
तपाईमाथि प्रभाव पार्ने स्वचालित निर्णयहरू सम्बन्धमा तपाईको अधिकारहरूको बारेमा थप जानकारीको लागि, कृपया ‘तपाईका व्यक्तिगत सुचना संरक्षणका अधिकारहरू के हुन्?’ भन्ने भागमा हेर्नुहोस् ।

हामी तपाईको व्यक्तिगत सूचना स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र खुलाउन सक्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले तपाईको व्यक्तिगत सूचना हाम्रा सेवा प्रदायक, व्यवसाय साझेदार, अन्य तेस्रो पक्षहरू तथा कानूनले आवश्यक गरेमा वा कुनै निकायले अनुरोध गरेमा लगायत यस गोपनीयता सूचनामा उल्लिखित प्रशोधनका उद्धेश्यहरुको लागि खुलाउन सक्छौँ । यी को हुन् भन्ने विषय तपाईले एक व्यक्तिको रूपमा हामीसँग गरेको अन्तरक्रियामा निर्भर रहनेछ ।
हामी तपाईको व्यक्तिगत सूचना, कसरी र कोसँग खुलाउने छौँ भन्ने कुरा सीमित गर्छौँ, र सो सूचना खुलाउँदा तपाईको व्यक्तिगत सूचना गोप्य र सुरक्षित राख्न सुनिश्चित गर्ने उपायहरु अवलम्बन गर्छौं । हामीले प्रशोधन गर्ने उद्धेश्यको लागि, आवश्यक भएमा वा कानूनले अनुमति दिएमा, तपाईको व्यक्तिगत सूचना निम्न पक्षहरुसँग खुलाउन सक्नेछौँ:

  • स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरू
  • आधिकारिक तेस्रो पक्षहरू
    •  तपाईको व्यक्तिगत सूचना खुलाउन अनुमति दिई तपाईले हामीलाई अधिकार प्रदान गर्नुभएको अन्य कुनै व्यक्ति ।
  • तपाईको जानकारी प्रमाणित गर्न सक्ने तेस्रो पक्षहरू
    •  पुर्व-रोजगारदाताहरु
    •  क्रेडिट ब्युरो वा क्रेडिट रेफेरेन्स एजेन्सीहरू (क्रेडिट रेफेरेन्स एजेन्सीहरूद्वारा प्रयोग गरिएको कुनै पनि केन्द्रीकृत डाटाबेसको सञ्चालक समेत), क्रेडिट सुरक्षा प्रदायक, रेटिङ् एजेन्सीहरु, ऋण असुलीकरण एजेन्सीहरु, जालसाजी रोकथामसँग सम्बन्धित एजेन्सी तथा संगठनहरू
    •  सम्पत्ति शुद्धीकरण, आतंकवाद, जालसाजी र अन्य वित्तीय अपराधहरू रोक्न वित्तीय अपराध रोकथाम डाटाबेस जाँचहरू सञ्चालन गर्ने अन्य गैर-सरकारी तेस्रो पक्षहरू ।
  • हाम्रा सेवा साझेदारहरू
    • रोजगार नियुक्ती सम्बन्धी काम गर्ने संस्थाहरु
    •  पेशागत सल्लाहकारहरू, जस्तै लेखापरीक्षक तथा कानूनी सल्लाहकार
    •  बीमाकर्ता वा बीमा ब्रोकरहरु
    •  सेवा प्रदायकहरु, जस्तै सञ्चालन, प्रशासनिक, सूचना प्रसोधन र अन्य प्रविधि सम्बन्धी सेवा प्रदायक लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहको सञ्चालन वा वस्तु तथा सेवा प्रदानमा सुधार वा प्रवर्द्धन सहजीकरण वा विश्लेषण गर्नका निम्ति संलग्न वा साझेदार रहेका व्यक्ति ।
      o पेशागत सेवा प्रदायकहरु, जस्तै स्क्रीनिङ तथा प्रमाणिकरण प्रदायक, पुर्वरोजगारी स्वास्थ्य जाँच प्रदायक, बजार अनुसन्धानकर्मी तथा प्रबन्धन सल्लाहकार ।
    •  विज्ञापन कम्पनी तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकहरु ।
  • कानून कार्यान्वयन गर्ने निकाय तथा सरकारी अधिकारीहरू
    •  तपाईको क्षेत्राधिकार भित्र वा बाहिर रहेको स्ट्याण्डर्ड चार्टर्ड समूहको कुनै पनि सदस्य, तथा स्ट्याण्डर्ड चार्टर्ड समूहको उक्त सदस्यसँग तपाईंको सम्बन्ध रहे वा नरहेको भन्ने विषय माथि क्षेत्राधिकार रहेको कुनै पनि सरकारी, अर्ध-सरकारी, नियमनकारी, प्रशासनिक, विनियमन वा निरीक्षण निकाय, अदालत, न्यायाधिकरण, कार्यान्वयन एजेन्सी, विनिमय निकाय वा घरेलू वा विदेशी कर प्राधिकरण लगायत कानूनद्वारा आवश्यक गरिएबमोजिम वा कुनै निकायद्वारा अनुरोध भएबमोजिम ।
    •  स्ट्याण्डर्ड चार्टर्ड समूह सञ्चालनमा रहेको जुनसुकै सम्बन्धित क्षेत्राधिकार भित्र रहेको स्व-नियमनकारी वा क्षेत्रीय निकाय वा वित्तीय सेवा प्रदायकहरूको संघ।
  • अन्य तेस्रो पक्षहरू
    •  यदि हामीले हाम्रो व्यापार वा सम्पत्तिको कुनै भाग स्थानान्तरण गरेमा (वा गर्ने योजना बनाएमा): मर्जर, अधिग्रहण वा बहिर्गमनको अवस्थामा तेस्रो पक्षहरू । यदि कारोबार अगाडि बढेमा, इच्छुक पक्षले यस गोपनीयता सूचनामा उल्लेख गरिए अनुसार तपाइँको व्यक्तिगत जानकारी प्रयोग गर्न वा खुलाउन सक्नेछ, र त्यसपश्चात तपाईलाई तपाईको व्यक्तिगत सूचना प्रशोधन गर्ने तरिकामा केही परिवर्तन गरेमा सो बारेमा तपाईलाई सूचित गर्न सक्नेछ ।
    •  हामीसँग गोपनीयताको कर्तव्य भएको कुनै पनि अन्य व्यक्ति लगायतका उक्त जानकारी गोप्य राख्ने प्रतिज्ञा गरेका स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरु समेत ।

तपाईको व्यक्तिगत सूचना हामीद्वारा स्ट्याण्डर्ड चार्टर्ड समूहभित्र वा अन्य तेस्रो पक्षसँग यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यहरू पूरा गर्नका लागि प्रशोधन, भण्डारण, साझा (share), स्थानान्तरण गर्न, वा खुलाउन सकिनेछ । हामी यो कार्य हाम्रो प्रक्रिया तथा व्यवसाय सञ्चालनलाई सुधार गर्न तथा सहयोग पुर्याउन र हाम्रो कानूनी र नियामकीय दायित्वहरूको पालना गर्नको लागि गर्दछौँ । यसले सिमा पार (cross border) अन्य अधिकाक्षेत्रहरूमा तपाईको व्यक्तिगत सूचना प्रशोधन, भण्डारण, वितरण, स्थानान्तरण, वा खुलाउने (disclosing) कार्य पनि समावेश गर्न सक्नेछ ।

तपाईको व्यक्तिगत सूचना प्राप्तकर्ता नेपाल बाहिरका क्षेत्राधिकारमा रहेको अवस्थामा, र त्यहाँको स्थानीय कानून नेपालको गोपनीयता सम्बन्धी कानून समान नभएको अवस्थामा, हामी प्रचलित कानूनको पालना गर्नका निम्ति, उदाहरणको लागि, करारका आधारभूत व्यवस्था (standard contractual clauses) हरुको प्रयोग गरी, तपाईको व्यक्तिगत सुचनालाई उपयुक्त हुने पर्याप्त स्तरको संरक्षण तथा सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पुर्ण उचित उपायहरु अपनाउनेछौँ ।
थप जानकारीको लागि, सम्बन्धित करारका आधारभूत व्यवस्था (standard contractual clauses) को प्रतिलिपि लागि तपाईले हामीलार्इ सम्पर्क गर्न सक्नुहुनेछ ।

हामी तपाईको व्यक्तिगत सूचनाको गोपनीयता र सुरक्षालाई धेरै गम्भीर रूपमा लिन्छौँ । तपाईको सुचना संरक्षणको लागि, हामीले उपयुक्त प्राविधिक, भौतिक तथा संगठनात्मक उपायहरू लागू गरेका छौँ जसले तपाईको व्यक्तिगत सुचना सुरक्षित र गोप्य राख्न हामीलाई मद्दत गर्छ । उदाहरणका लागि, हामीले तेस्रो पक्षसँगका हाम्रा सम्झौतामा उपयुक्त गोपनीयता, सूचना संरक्षण र सुरक्षाका शर्तहरू समावेश गर्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले आकस्मिक घटना व्यवस्थापन र रिपोर्टिङ प्रक्रियाहरू, व्यक्तिगत सूचना संरक्षण गर्न तथा कानूनी र नियामक व्यवस्थाको पालना गर्नका लागि नियम तथा प्राविधिक उपायहरू लगायतका सूचना सुरक्षा सम्बन्धी गोपनीयता नीतिहरू लागू गरेको छ । हामी तपाईको व्यक्तिगत सूचनाको पहुँच रहने हाम्रा कर्मचारीहरुलाई हाम्रो सूचनाको गोपनीयता र सुरक्षाका मानक (standards) हरूको पालना गर्न प्रशिक्षण दिन्छौँ र नियम पालना गर्न लगाउर्छौं । हामी हाम्रा सेवा प्रदायकहरूलाई वा अन्य तेस्रो पक्षहरू जो सँग हामी संलग्न हुन्छौं र जसलाई हामी तपाईको व्यक्तिगत सूचना खुलाउछौँ, उनीहरुलाई पनि तपाईको व्यक्तिगत सुचनाको पहुँच, प्रयोग वा प्रशोधन गर्दा समान सूचना सुरक्षाका उपाय तथा मानकहरू कार्यन्वयन गराउन लगाउछौँ ।

यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यका लागि, हामी तपाईको व्यक्तिगत सूचना हाम्रो व्यवसाय सञ्चालन वा कानुनी कारणहरूका लागि तपाई हामीसँग संलग्न हुने अवधिसम्म राख्छौं र व्यक्तिगत सुचनाको प्रकार अनुसार हाम्रो सूचना धारण नीतिका मापदण्ड (data retention policy standards) र प्रचलित कानून वा नियमद्वारा आवश्यक भएबमोजिम तपाईको व्यक्तिगत सुचना थप केही समयसम्म राख्न सक्छौँ । हामीलाई आवश्यक नभएमा, हामी तपार्इको व्यक्तिगत सूचना मेटाउने, बेनामी बनाउने (anonymize), नष्ट गर्ने र/वा प्रयोग गर्न बन्द गर्नेछौँ ।

हामी तपाईको व्यक्तिगत सूचनाको सम्मान गर्दछौँ, र हामीले तपाईको विवरण कसरी प्रयोग गर्छौँ भन्ने सम्बन्धमा तपाईको निम्नानुसारका अधिकारहरू छन्:

  • तपाईको आफ्नो सूचना पहुँच गर्ने अधिकार – तपाईसँग तपाईको व्यक्तिगत सूचना हामीसँग छ कि छैन भनेर जाँच गर्ने र हामीले त्यसलाई कसरी प्रयोग गरेका छौँ भन्ने जानकारी सहित त्यस्तो सूचनाको प्रतिलिपि माग गर्ने अधिकार रहनेछ ।
  • तपाईको सूचना सच्याउने अधिकार – यदि तपाईको व्यक्तिगत विवरण परिवर्तन भएको छ वा हामीसँग तपाईको बारेमा गलत वा पुरानो जानकारी रहेको छ भन्ने तपाईलाई लागेमा, तपाईले हामीलाई सो विवरण अध्यावधिक गर्न माग गर्न सक्नुहुन्छ।
  •  तपाईको सूचना मेटाउने अधिकार – तपाईले हामीलाई आफ्नो व्यक्तिगत सूचना मेटाउन माग गर्न सक्नुहुन्छ । तथापि, हामीलाई हाम्रा उत्पादनहरू र सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्छ ।
  •  प्रशोधन रोक्ने वा आपत्ति जनाउने अधिकार – तपाई हामीलाई तपाईको सूचना प्रयोग गर्न रोक्न वा हामीले सोको प्रयोग गर्ने तरिकाको परिवर्तन माग गर्न सक्नुहुन्छ । यद्यपि, हामीलाई तपाईसँग अन्तरक्रिया गर्न वा हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्नेछ ।
  • स्वचालित निर्णय गर्ने प्रक्रियामा आपत्ति जनाउने अधिकार – तपाईले केवल स्वचालित प्रक्रियाद्वारा गरिने कुनै निर्णयले तपाईमाथि नकारात्मक प्रभाव पार्छ भने सोको पुनरावलोकन गर्न माग गर्न सक्नुहुन्छ।
  • तपाईको सूचना सार्ने (data portability) अधिकार – तपाईले हामीलाई तपाईको व्यक्तिगत सूचना मेशिनहरूले सहजै पढ्न सक्ने ढाँचामा अर्को संस्थालाई प्रदान गर्न माग गर्न सक्नुहुन्छ ।
  • अनुमति नदिने, परिवर्तन गर्ने वा पहिले दिइएको सहमति फिर्ता लिने अधिकार – हामी समय-समयमा तपाईको व्यक्तिगत सूचना प्रशोधन गर्न तपाईको सहमति माग्न सक्छौँ । तपाईले त्यस्तो सहमति नदिन वा पहिले दिइएको सहमतिमा परिवर्तन गर्न वा फिर्ता लिन हामीलाई कुनै पनि समयमा जानकारी गराउन सक्नुहुन्छ । तर, हामीले तपाईको केही व्यक्तिगत सूचना बिना हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न वा तपाईसँग सम्पर्क गर्न असमर्थ हुन सक्नेछौँ ।
  • प्रत्यक्ष विज्ञापनबाट पछि हट्ने अधिकार – तपाईले आफ्नो सहमति फिर्ता लिने तथा तपाईलाई हामीले मार्केटिङ ईमेल वा सर्वेक्षणका निम्ताहरू पठाउन बन्द गर्न माग गर्न सक्नुहुन्छ ।

हामी प्रचलित कानून बमोजिम तपाईको व्यक्तिगत सुचना सम्बन्धी अधिकारहरू प्रयोग गर्ने अनुरोधहरूमा प्रतिक्रिया दिनेछौँ । तपाईको अनुरोध प्रशोधन गर्नु अघि हामी तपाईको पहिचान पुष्टिको लागि अनुरोध गर्न सक्छौं । तपाईको अधिकारहरूको बारेमा कुनै प्रश्न छ भने, कृपया तल दिइएका विवरणहरू प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस् ।

सम्पर्क गर्ने तरिका

नेपालमा निम्न स्ट्याण्डर्ड चार्टर्ड समूहको कम्पनीले तपाईको व्यक्तिगत सुचना नियन्त्रकको (controller) रूपमा काम गर्नेछ:

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

मदन भण्डारी मार्ग वडा नं. ३१

नयाँ बानेश्वर, काठमाण्डौं, नेपाल

यदि तपाईसँग यस गोपनीयता सूचनाको बारेमा कुनै प्रश्न भएमा वा तपाईको व्यक्तिगत सूचना संरक्षण अधिकारहरूको प्रयोग गर्न चाहनुहुन्छ भने, तपाई हाम्रो सुचना संरक्षण अधिकृत (Data Protection Officer) सँग सम्पर्क गर्न सक्नुहुन्छ:
ईमेल: nepal.dpo@sc.com

यदि तपाईसँग हामीले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गरिरहेका छौँ भन्ने बारेमा कुनै चिन्ता वा गुनासो छ भने, कृपया हामीसँग सम्पर्कगर्नुहोस् । तपाई हाम्रो सूचना संरक्षणअधिकृत (Data Protection Officer) सँग सम्पर्क गर्न सक्नुहुन्छ ।

कुकीज

हाम्रो छुट्टै कुकी नीतिको बारेमा कृपया मा हेर्नुहोस्।

अन्य नियम र शर्तहरू

हाम्रो नियुक्ति प्रक्रियामा तपाईको व्यक्तिगत सूचना संकलन, प्रयोग गर्ने तथा खुलाउने सम्बन्धी नियमन गर्ने विशेष नियम र शर्तहरू हुन सक्दछ । यस्ता अन्य नियम र शर्तहरूलाई यस गोपनीयता सूचनासँगै पढ्नु पर्दछ ।

यो गोपनीयता सूचना मिति २०८०/०७/१५ गते (तदनुसार १ नोभेम्बर २०२३) अद्यावधिक गरिएको थियो ।

तपाईको व्यक्तिगत सूचनाको सुरक्षा

तपाईको व्यक्तिगत सूचना हामीलाई महत्वपूर्ण छ, र हामी तपाईलाई तपाईको सूचना कसरी प्रयोग गर्छौँ र कसरी सुरक्षित राख्नेछौँ भन्ने विषयमा जानकारी दिन चाहन्छौँ । व्यक्तिगत सूचना भन्नाले तपाईसँग सम्बन्धित अथवा तपाईलाई पहिचान गराउने विवरण हो । यस गोपनीयता सूचनामा, हामी तपाईको व्यक्तिगत सूचना कसरी संकलन, स्थानान्तरण र प्रशोधन गर्छौं भन्ने बारेमा व्याख्या गर्नेछौँ । तपाईको हक र अधिकार के के हुन र ती अधिकारहरूको प्रयोग कसरी गर्न सकिन्छ भनेर पनि व्याख्या गर्नेछौँ । साथै, समय-समयमा हामी तपाईलाई थप गोपनियता सम्बन्धी छुट्टै सूचना मार्फत, विशेष च्यानल, वस्तु, सेवा, व्यवसाय र गतिविधिहरूको बारेमा जानकारी उपलब्ध गराउनेछौँ । यस गोपनीयता सूचनामा, “हामी”, “हाम्रो”, वा “हाम्रा” भन्नाले, तपाईले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने स्ट्याण्डर्ड चार्टर्ड ब्रान्ड अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड समुह (Standard Chartered Group) को शाखा, सहायक कम्पनी वा कानूनी इकाईलाई जनाउँछ, जसले तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्ने तथा कसरी सङ्कलन र प्रयोग गर्ने निर्णय लिने कार्य गर्दछ । स्ट्याण्डर्ड चार्टर्ड समुह भन्नाले स्ट्याण्डर्ड चार्टर्ड पीएलसी (Standard Chartered PLC), सम्बन्धित सहायक र सम्बद्ध कम्पनीहरू, लगायत प्रत्येक शाखा वा प्रतिनिधि कार्यालयलाई व्यक्तिगत रूपमा वा सम्मिलित रूपमा जनाउँछ । यस गोपनीयता सूचना प्रदान गर्ने सम्बन्धित स्ट्याण्डर्ड चार्टर्ड समुहका सदस्य(हरू)को विवरणका लागि यस गोपनीयनता सूचनामा रहेको ‘कसरी सम्पर्क गर्ने’ भन्ने भागमा हेर्न सक्नुहुनेछ । हाम्रो सम्बन्धन-प्राप्त केही कम्पनीहरुको वेबसाइटहरुको आफ्नै छुट्टै ब्रान्ड पहिचान छ र उनीहरूले प्रदान गर्ने विशिष्ट उत्पादन र सेवाहरूको लागि आफ्नै छुट्टै गोपनीयता सूचनाहरू रहेका छन् । उनीहरुले तपाईको व्यक्तिगत सूचना कसरी प्रयोग गर्छन् भन्ने सम्बन्धमा तपाईले त्यस्ता सम्बन्धन-प्राप्त कम्पनीहरुले निर्देशन गरेबमोजिमको गोपनीयता सूचनाहरू हेर्नु पर्नेछ । हाम्रो अनलाइन विज्ञापनहरू प्रदर्शन गर्ने वा हामीसँग जोडिएका तर हामीले सञ्चालन वा नियन्त्रण नगर्ने तेस्रो पक्षका वेबसाइटहरूमा यो गोपनीयता सूचना लागू हुँदैन । ती वेबसाइटहरूका आफ्नै गोपनीयता सूचनाहरू हुनुपर्छ, जुन तपाईले पढेर उनीहरूले तपाईको व्यक्तिगत सूचना कसरी सङ्कलन तथा प्रशोधन गर्छन् र तपाईका अधिकारहरू के के हुन् भन्ने बारेमा बुझ्न सक्नुहुनेछ । हामीले समय-समयमा यो गोपनीयता सूचना अध्यावधिक गर्नेछौँ । तपाईले यस गोपनीयता सूचनाको अन्त्यमा वर्तमान संस्करणको मिति सुचीकृत भएको पाउनुहुनेछ । तपाईको व्यक्तिगत सूचना सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा भएमा, कृपया हामीलार्इ निसंकोच सम्पर्क गर्नुहोला (तपाईले ‘कसरी सम्पर्क गर्ने’ भागमा हाम्रो सम्पर्क विवरण पाउन सक्नुहुनेछ) ।

हामी तपाईको बारेमा निम्न प्रकारका व्यक्तिगत सूचना संकलन गर्न सक्छौँ । यस गोपनीयता सूचनामा, ‘तपाई’ भन्नाले तपाईलाई व्यक्तिगत रूपमा जनाउँछ यदि तपाईः

  • व्यक्तिगत विक्रेता हुनुहुन्छ;
  • व्यक्तिगत विक्रेताको प्रतिनिधि, वा विक्रेतासँग सम्बन्धित व्यक्ति हुनुहुन्छ; वा
  • हाम्रा व्यापारिक वा कर्पोरेट विक्रेताहरूसँग सम्बन्धित कम्पनी, व्यापार वा संस्थाको प्रतिनिधि वा त्यससँग सम्बन्धित व्यक्ति हुनुहुन्छ ।

हामीले संकलन गर्ने हाम्रो विक्रेताहरूसँग सम्बन्धित व्यक्तिगत विवरण मुख्यतः संचालक तथा अधिकारीहरू, अन्य कर्मचारीहरू, प्रत्यक्ष वा अप्रत्यक्ष हितग्राही धनीहरु र हाम्रो due diligence दायित्वहरु पुरा गर्न हामीलाई चाहिने आधिकारिक व्यक्तिहरु, स्ट्याण्डर्ड चार्टर्ड समुहलाई वस्तु र/वा सेवाहरू उपलब्ध गराउनका लागि हामीले अन्तरक्रिया गर्ने व्यक्तिहरुको हस्ताक्षरकर्ता विवरण तथा सम्पर्क जानकारी लगायतका जानकारीहरुमा सीमित हुनेछ ।
यदि तपाईले हामीलाई अन्य कसैको व्यक्तिगत सूचना दिनुहुन्छ भने, तपाईले सो व्यक्तिको अनुमति लिनुपर्नेछ र निजलाई हामीले कसरी त्यसको प्रयोग गर्नेछौँ भन्ने बारे जानकारी दिनुपर्नेछ ।
कानुन अनुसार र आवश्यकता बमोजिम, हामीले तपाईको निम्न प्रकारका व्यक्तिगत सूचना संकलन गर्न सक्नेछौँ :

  • पहिचान सम्बन्धी सूचना – तपाईको (अद्वितीय वा अर्ध-अद्वितीय रुपमा) पहिचान गराउने विवरण । उदाहरणका लागि, तपाईको नाम, तपाईका फोटोहरू, सीसीटीभी (CCTV) वा तपाईका भिडियो रेकर्डिङहरू, हाम्रो परिसरका भवनमा प्रवेश गर्दा चाहिने विवरण तथा राष्ट्रिय पहिचान नम्बर, पासपोर्ट नम्बर र कर पहिचान नम्बर जस्ता आधिकारिक/सरकारी परिचय विवरणहरु लगायतका अन्य पहिचानकर्ता ।
  • सम्पर्क सूचना – तपाईलाई सम्बोधन गर्न, सन्देश पठाउन वा सम्पर्क गर्न अनुमति प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इमेल ठेगाना, तपाईको फोन वा मोबाइल नम्बर तथा तपाईको व्यवसायिक वा आवासीय ठेगाना ।
  • पेशा सम्बन्धि सूचना – तपाईको शैक्षिक वा पेशागत पृष्ठभूमि सम्बन्धी जानकारी । उदाहरणका लागि, पेशा, पद, अनुमतिपत्र, तथा पेशागत सदस्यताहरु, क्षेत्रीय ट्र्याक-रेकर्ड प्रमाणित गर्ने कागजातहरू, ग्राहक प्रशंसापत्र (client testimonials), वर्तमान तथा भूतपूर्व रोजगारी विवरण, curriculum vitae/resume, पेशागत योग्यता, सिफारिसहरू र रोजगारी भिसा ।
  • आर्थिक तथा वाणिज्य सूचना – आवश्यकता बमोजिम तपाईको आर्थिक अवस्था तथा पृष्ठभूमि, स्थिति र इतिहासलाई पहिचान गर्ने जानकारी । उदाहरणको लागी, तपाईले हामीबाट भुक्तानी प्राप्त गर्दा तपाईको खाता विवरण, तपाईको व्यवसायिक वित्तीय क्रेडिट प्रतिवेदन र स्कोर लगायतका तपाईको पृष्ठभूमि सम्बन्धी जानकारी ।
  • भौगोलिक (Geolocation) सूचना – कुनै यन्त्रको स्थान समावेश गर्ने वा प्रदान गर्ने जानकारी । उदाहरणका लागि, तपाईको इन्टरनेट प्रोटोकल (IP) ठेगाना वा तपाईको कुकीज (cookies) पहिचानकर्ता ।
  • व्यवहारिक सूचना – तपाईको व्यवहारिक विशेषताहरूको वर्णन गर्ने विश्लेषणात्मक जानकारी । उदाहरणका लागि, हाम्रो वेबसाइटहरूमा हुने ब्राउजिङ व्यवहार तथा हाम्रा विज्ञापन साझेदार र सामाजिक सञ्जाल प्लेटफोर्म प्रदायकहरू जस्ता तेस्रो पक्षीय संस्थाहरूले प्रदान गरेका वस्तु तथा सेवाको प्रयोगकर्ताको रूपमा गरिने तपाईको अन्तरक्रिया ।
  • व्यक्तिगत सम्बन्ध सम्बन्धी सूचना – तपाईको पहिचान निर्धारण गर्न सक्ने व्यक्ति वा संस्थाहरू बीचको सम्बन्ध वा नजिकको सम्बन्धको बारेमा जानकारी । उदाहरणका लागि, तपाईले प्रतिनिधित्व गर्ने वा तपाईसँग सम्बन्धित एजेन्सी, कम्पनी, व्यवसाय वा संस्था ।
  • सञ्चार सूचना – हामीसँग भएको तपाईको आवाज, सन्देश, इमेल र अन्य सञ्चारमा समावेश गरिएको तपाईसँग सम्बन्धित जानकारी ।
  • फौजदारी अभियोग , कारबाही वा आरोपको सूचना – आपराधिक सजाय वा हामीले हाम्रो वित्तीय अपराध रोकथाम दायित्वहरूको सम्बन्धमा पहिचान गर्ने, फौजदारी अभियोग वा सोसँग सम्बन्धित जानकारीको विवरण । यसमा अपराध वा आरोपित अपराध वा अभियोगका विवरणहरू समावेश रहनेछ ।
    हामी सामान्यतया तपाईको व्यक्तिगत विवरण सिधै तपाईबाट नै प्राप्त गर्छौ, तर आवश्यक परेमा हामी अन्य स्रोतहरुबाट पनि तपाईको व्यक्तिगत विवरण प्राप्त गर्न सक्छौँ:
  • तपाईले चिन्ने व्यक्तिहरू – जस्तै तपाईका सहकर्मी, ठेकेदार तथा सहयोगीहरू ।
  • व्यवसाय तथा अन्य संस्थाहरू – जस्तै:
    o तपाईको रोजगारदाता र/वा तपाईले प्रतिनिधित्व गर्नुभएको वा तपाईसँग सम्बन्धित कम्पनी, व्यवसाय वा संस्था ।
    o अन्य वित्तीय संस्था तथा वित्तीय सेवा प्रदायकहरू ।
  • सार्वजनिक रूपमा उपलब्ध स्रोतहरू – जस्तै अनलाइन रजिष्टर वा विवरणपुस्तक (Directories) वा अनलाइन प्रकाशनहरू, सामाजिक सञ्जालका पोस्टहरू तथा सार्वजनिक रूपमा उपलब्ध अन्य जानकारीहरू ।
  • कुकीज – तपाई हाम्रो वेबसाइट, अनलाइन बैंकिङ वा मोबाइल एप्लिकेशनहरूमा जाँदा, ब्राउज वा प्रयोग गर्दा, हामी तपाईको यन्त्रबाट केहि जानकारीहरू स्वत: संकलन गर्न कुकीज प्रयोग गर्न सक्छौँ । हामी त्यस्तो जानकारीलाई आन्तरिक विश्लेषण तथा समस्या समाधानको लागि, तपाईलाई चिन्न तथा तपाईका प्राथमिकताहरू सम्झनको लागि, हाम्रा सामग्रीहरु व्यक्तिगत बनाउन तथा सोको गुणस्तर सुधार्नका लागि र तपाईको खाताको सुरक्षा अवस्था निर्धारण गर्न प्रयोग गर्न सक्छौँ । हाम्रो वेबसाइटहरूमा ब्राउज गर्दा कुकीज कसरी प्रयोग गरिन्छ र तपाईले यसलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने जानकारीको लागि कृपया हाम्रो कुकी नीति हेर्नुहोस्:

हामी तपाईको व्यक्तिगत विवरण, तपाई वा तपाईले प्रतिनिघित्व गर्ने वा तपाईसँग सम्बन्धित व्यक्ति, कम्पनी, व्यवसाय वा संगठनसँग हाम्रो सम्बन्ध व्यवस्थापन गर्न तथा हाम्रो व्यवसाय सञ्चालन गर्नको निम्ति संकलन गर्छौँ ।
हामी सामान्यतया कानूनबमोजिम आवश्यक भएमा तपाईको अनुमति लिएर अथवा प्रचलित कानूनले अनुमति दिएमा वा आवश्यक गरेमा, आवश्यक पारेमा लगायत निम्नानुसारका कानूनी कारणहरुको निम्ति तपाईको व्यक्तिगत विवरण प्रशोधन गर्छौँ:

  • करार – हामीले करार बमोजिमका दायित्वहरू पुरा गर्ने क्रममा ।
  • कानूनी दायित्व – हामीद्वारा कनून र नियमहरूको पालना गर्न परेको खण्डमा ।
  • वैधानिक हित – प्रशोधनको उद्देश्य हाम्रो वैधानिक हित (Legitimate Interest) भित्र भएको खण्डमा ।

हामीले तपाइँको व्यक्तिगत सूचना केका लागि प्रयोग गर्छौँ भन्ने कुरा प्राय: हाम्रो प्रशोधनको उद्देश्यको रूपमा उल्लेख गरिन्छ र यी कुराहरु तल विस्तृत गरिएको छ । यदि तपाईले आवश्यक व्यक्तिगत विवरण हामीलाई प्रदान नगरेमा अथवा हामीले आवश्यक ठानेको र/वा हाम्रा कानूनी तथा नियामकीय दायित्वहरू पुरा गर्न आवश्यक व्यक्तिगत विवरण हामीद्वारा प्रशोधन होस भन्ने नचाहेमा, तपाई वा तपाईसँग सम्बन्धित वा तपाईले प्रतिनिधित्व गर्नुभएको व्यक्ति, कम्पनी, व्यापार वा संस्थाले हामीलाई उत्पादन र/वा सेवाहरू प्रस्ताव गर्न वा प्रदान गर्न असमर्थ हुनुहुनेछ ।

प्रशोधनको उद्देश्य:

तपाईले हामीलाई प्रत्यक्ष रुपमा वस्तु र/वा सेवाहरू प्रदान गर्नुहुन्छ वा हामीलाई वस्तु वा सेवाहरु प्रदान गर्ने अन्य व्यक्ति, संस्था, व्यापार वा संगठनसँग सम्बन्धित हुनुहुन्छ वा प्रतिनिधित्व गर्नुहुन्छ वा गर्नु हुन्न भन्ने विषयमा आधारित भई, आवश्यकता अनुसार निम्न उद्देश्यहरूको लागि हामी तपाईको व्यक्तिगत विवरणहरु प्रशोधन गर्छौँ:
हाम्रो विक्रेता सम्बन्धहरू भित्र्याउने (Onboarding), व्यवस्थापन र निगरानी गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • विक्रेता Onboarding मा, सम्झौता नवीकरण तथा आवश्यकता अनुसार सम्झौता कार्यान्वयन गर्ने क्रममा due diligence गर्ने
  • हामीलाई वस्तु र/वा सेवाहरू उपलब्ध गराउने उद्देश्यले हाम्रो विक्रेता/सेवा प्रदायकको प्रतिनिधिको रूपमा तपाईसँग अन्तरक्रिया गर्ने
  • हाम्रो विक्रेता खाता सिर्जना गर्न तथा कायम राख्ने
  • तपाईलाई सम्पर्क गर्ने
  • विक्रेता सम्झौताको कार्यान्वयन निगरानी गर्ने
  • खाता तथा रसिद फर्छ्यौट गर्ने

हाम्रो व्यापार संचालन गर्न
यसमा निम्न विषयहरु समावेश छन्:

  • प्रशासनिक कार्य सम्पादन, जोखिम व्यवस्थापन गतिविधि, अडिट तथा हाम्रो सञ्चार र प्रशोधन प्रणालीको संचालन र सुरक्षा सुनिश्चित गर्ने जस्ता व्यापारिक संचालन व्यवस्थापनमा संलग्न हुने
  • हाम्रा प्रणाली, वस्तु तथा सेवाको विकास, परीक्षण तथा विश्लेषण गर्ने, उदाहरणका लागि, प्रयोगकर्तालाई सुचालित वेबसाइट वा अन्य एप्लिकेसन प्रदान गर्ने
  • हाम्रो तपाईसँग भएका सञ्चारको निगरानी तथा अभिलेखीकरण गर्ने, उदाहरणका लागि, प्रशिक्षण तथा गुणस्तर उद्देश्यका लागि फोन कलहरु ।

तपाई र हाम्रा व्यक्तिहरूलाई सुरक्षित राख्ने

यसमा निम्न विषयहरु समावेश छन्:

  • भवन प्रवेशका लागि परिचय प्रमाणीकरण सुरक्षा जाँच गर्ने
  • हाम्रा शाखाहरु, परिसरहरु तथा एटीएमहरूमा जालसाजी र/वा चोरी जस्ता अपराधहरु जाँच्न तथा रोकथाम को निम्ति सीसीटीभिको प्रयोग गर्ने
  • हाम्रा सम्पत्ति तथा परिसरहरूमा घटना वा आपतकालीन परिस्थितिहरूको अनुसन्धान तथा प्रतिवेदन पेश गर्ने
  • तपाईको सूचना सुरक्षित र गोप्य राख्नको निम्ति हाम्रो प्रणाली तथा नेटवर्कहरूको सुरक्षाको लागि
  • अन्य स्वास्थ्य तथा सुरक्षा कार्यान्वयनको उद्देश्यहरूका लागि ।

वित्तीय अपराध जाँच, अनुसन्धान तथा रोकथाम गर्न

यसमा निम्न विषयहरु समावेश छन्:

  • स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी खुलाउनको लागि व्यक्तिको पहिचान गर्ने तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्न लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्ने अथवा पालना गर्ने
  • सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी, वा अन्य गैरकानूनी कृयाकलापको जाँच, रोकथाम वा निकासा कार्यान्वयन गर्नको लागि समूह भित्र सबैलाई लागू हुने कुनैपनि कार्यक्रमहरु बमोजिम सूचना तथा जानकारीको अन्य कुनै प्रयोग गर्ने
  • कानूनले आवश्यक गरेबमोजिम सरकार तथा अन्य आधिकारिक केन्द्रीकृत डाटाबेसहरू विरुद्ध पहिचान प्रमाणीकरण सुरक्षा जाँचहरू सञ्चालन गर्ने
  • वास्तविक वा शंकास्पद जालसाजी, वित्तीय अपराध वा अन्य आपराधिक क्रियाकलापहरूसँग सम्बन्धित कारोबार तथा निवेदन जाँच गर्ने र आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने
  • हाम्रो कानूनी तथा नियामक दायित्वहरु र आन्तरिक नीतिहरूको अनुपालना सुनिश्चित गर्ने, प्रचलित कानूनले अनुमति दिएको हदसम्म, हामीसँग भएका आवाज तथा इलेक्ट्रोनिक सञ्चारहरू रेकर्ड तथा निगरानी गर्ने ।

प्रचलित कानून, नियमावली र अन्य आवश्यकताहरूको पालना गर्न

यसमा निम्न विषयहरु समावेश छन्:

  • स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र सूचना तथा जानकारी बाँड्नको लागि व्यक्तिको पहिचान गर्न तथा अनुसन्धानात्मक प्रक्रिया, उपाय वा व्यवस्थाहरू कार्यान्वयन गर्न लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहका नीतिहरू पूरा गर्न अथवा पालना गर्ने
  • स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको स्थानीय तथा विदेशी कानून, नियमावली, नियम, निर्देशन, निर्णय वा अदालतका आदेश, अनुरोध, मार्गदर्शन, सरकारी प्रतिबन्ध, निषेधाज्ञा, सूचना सम्बन्धी व्यवस्था, बन्देज, कुनै पनि निकाय (घरेलू वा विदेशी कर प्राधिकरण लगायत) सँगको सम्झौता वा माग, अदालत वा न्यायधिकरण, कार्यान्वयन निकाय वा विनिमय निकायको पालना गर्ने
  • स्ट्याण्डर्ड चार्टर्ड समूहले सञ्चालन कार्य गर्ने कुनै पनि सान्दर्भिक अधिकारक्षेत्रको कानूनी, नियमनकारी, सरकारी, कर, कानून कार्यान्वयन वा अन्य निकाय, अथवा स्व-नियमनकारी वा क्षेत्रीय निकायहरू, वा वित्तीय सेवा प्रदायकहरुको संघद्वारा जारी कुनै स्वैच्छिक निर्देशिका वा सिफारिसहरू पालना गर्ने ।

स्ट्याण्डर्ड चार्टर्ड समूहका कानूनी अधिकारहरू प्रयोग गर्न र कानूनी कारवाही सञ्चालन गर्न

यसमा निम्न विषयहरु समावेश छन्:

  • हाम्रा अधिकारहरू पत्ता लगाउने र प्रयोग गर्ने, तथा हाम्रा अधिकार र हितहरूमा हुने क्षति विरुद्ध आफुलाई सुरक्षित राख्ने
  • सम्भावित मुद्दा वा अनुसन्धानको लागि प्रमाणको रूपमा आवश्यक पर्न सक्ने रेकर्डहरू संरक्षण गर्ने
  • ऋण तथा बक्यौता असुली गर्ने
  • हाम्रा अधिकारहरू वा स्ट्याण्डर्ड चार्टर्ड समूहको अन्य सदस्यको अधिकारहरू कार्यन्वयन गर्न मुद्दा चलाउने
  • पेशागत सल्लाह प्राप्त गर्ने
  • बीमा दाबी गर्ने वा अनुसन्धान गर्ने
  • कुनै पनि बीमा सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा प्रतिक्रिया दिने
  • कानूनी अधिकारहरुको स्थापना, प्रयोग वा बचाउ गर्नको लागि वा वर्तमान वा भावी कानूनी, सरकारी वा अर्ध-सरकारी, नियामक, वा क्षेत्रीय निकायहरू वा संघहरू सम्बन्धी विषय, कारवाही वा प्रक्रियामा बचाउ गर्ने वा प्रतिक्रिया दिने ।

हामी तपाईको व्यक्तिगत सूचना स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र खुलाउन सक्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले तपाईको व्यक्तिगत सूचना हाम्रा सेवा प्रदायक, व्यवसाय साझेदार, अन्य तेस्रो पक्षहरू तथा कानूनले आवश्यक गरेमा वा कुनै निकायले अनुरोध गरेमा लगायत यस गोपनीयता सूचनामा उल्लिखित प्रशोधनका उद्धेश्यहरुको लागि खुलाउन सक्छौँ । यी को हुन् भन्ने विषय तपाईले एक व्यक्तिको रूपमा हामीसँग गरेको अन्तरक्रियामा निर्भर रहनेछ ।

हामी तपाईको व्यक्तिगत सूचना, कसरी र कोसँग खुलाउने छौँ भन्ने कुरा सीमित गर्छौँ, र सो सूचना खुलाउँदा तपाईको व्यक्तिगत सूचना गोप्य र सुरक्षित राख्न सुनिश्चित गर्ने उपायहरु अवलम्बन गर्छौं । हामीले प्रशोधन गर्ने उद्धेश्यको लागि, आवश्यक भएमा वा कानूनले अनुमति दिएमा, तपाईको व्यक्तिगत सूचना निम्न पक्षहरुसँग खुलाउन सक्नेछौँ:

  • स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरू
  • आधिकारिक तेस्रो पक्षहरू
    • तपाईको व्यक्तिगत सूचना खुलाउन अनुमति दिई तपाईले हामीलाई अधिकार प्रदान गर्नुभएको अन्य कुनै व्यक्ति ।
  • तपाईको जानकारी प्रमाणित गर्न सक्ने तेस्रो पक्षहरू
    •  क्रेडिट ब्युरो वा क्रेडिट रेफेरेन्स एजेन्सीहरू (क्रेडिट रेफेरेन्स एजेन्सीहरूद्वारा प्रयोग गरिएको कुनै पनि केन्द्रीकृत डाटाबेसको सञ्चालक समेत) र जालसाजी रोकथामसँग सम्बन्धित एजेन्सी तथा संगठनहरू
    •  सम्पत्ति शुद्धीकरण, आतंकवाद, जालसाजी र अन्य वित्तीय अपराधहरू रोक्न वित्तीय अपराध रोकथाम डाटाबेस जाँचहरू सञ्चालन गर्ने अन्य गैर-सरकारी तेस्रो पक्षहरू ।
  • हाम्रा सेवा साझेदारहरू
    •  पेशागत सल्लाहकारहरू, जस्तै लेखापरीक्षक तथा कानूनी सल्लाहकार
    •  बीमाकर्ता वा बीमा ब्रोकरहरु
    • सेवा प्रदायकहरु, जस्तै सञ्चालन, प्रशासनिक, सूचना प्रसोधन र अन्य प्रविधि सम्बन्धी सेवा प्रदायक लगायत स्ट्याण्डर्ड चार्टर्ड समूहको सञ्चालन वा वस्तु तथा सेवा प्रदानमा सुधार वा प्रवर्द्धन सहजीकरण वा विश्लेषण गर्नका निम्ति संलग्न वा साझेदार रहेका व्यक्ति ।
    • पेशागत सेवा प्रदायकहरु, जस्तै बजार अनुसन्धानकर्मी, फरेन्सिक अनुसन्धानकर्ता तथा प्रबन्धन सल्लाहकार ।
    •  विज्ञापन कम्पनी तथा सामाजिक सञ्जाल प्लेटफर्म प्रदायकहरु ।
  • अन्य वित्तीय सेवा संस्थाहरू
    •  अन्य वित्तीय संस्थाहरू, जस्तै वाणिज्य बैंक, प्रतिनिधि बैंक वा राष्ट्रिय बैंकहरू।
  • कानून कार्यान्वयन गर्ने निकाय तथा सरकारी अधिकारीहरू
    •  तपाईको क्षेत्राधिकार भित्र वा बाहिर रहेको स्ट्याण्डर्ड चार्टर्ड समूहको कुनै पनि सदस्य, तथा स्ट्याण्डर्ड चार्टर्ड समूहको उक्त सदस्यसँग तपाईंको सम्बन्ध रहे वा नरहेको भन्ने विषय माथि क्षेत्राधिकार रहेको कुनै पनि सरकारी, अर्ध-सरकारी, नियमनकारी, प्रशासनिक, विनियमन वा निरीक्षण निकाय, अदालत, न्यायाधिकरण, कार्यान्वयन एजेन्सी, विनिमय निकाय वा घरेलू वा विदेशी कर प्राधिकरण लगायत कानूनद्वारा आवश्यक गरिएबमोजिम वा कुनै निकायद्वारा अनुरोध भएबमोजिम ।
    •  स्ट्याण्डर्ड चार्टर्ड समूह सञ्चालनमा रहेको जुनसुकै सम्बन्धित क्षेत्राधिकार भित्र रहेको स्व-नियमनकारी वा क्षेत्रीय निकाय वा वित्तीय सेवा प्रदायकहरूको संघ।
  • अन्य तेस्रो पक्षहरू
    •  तपाईले प्रतिनिधित्व गर्नुभएको वा तपाईसँग सम्बन्धित व्यक्ति, कम्पनी, व्यापार वा संस्था ।
    •  यदि हामीले हाम्रो व्यापार वा सम्पत्तिको कुनै भाग स्थानान्तरण गरेमा (वा गर्ने योजना बनाएमा): मर्जर, अधिग्रहण वा बहिर्गमनको अवस्थामा तेस्रो पक्षहरू । यदि कारोबार अगाडि बढेमा, इच्छुक पक्षले यस गोपनीयता सूचनामा उल्लेख गरिए अनुसार तपाइँको व्यक्तिगत जानकारी प्रयोग गर्न वा खुलाउन सक्नेछ, र त्यसपश्चात तपाईलाई तपाईको व्यक्तिगत सूचना प्रशोधन गर्ने तरिकामा केही परिवर्तन गरेमा सो बारेमा तपाईलाई सूचित गर्न सक्नेछ ।
    •  हामीसँग गोपनीयताको कर्तव्य भएको कुनै पनि अन्य व्यक्ति लगायतका उक्त जानकारी गोप्य राख्ने प्रतिज्ञा गरेका स्ट्याण्डर्ड चार्टर्ड समूहका अन्य सदस्यहरु समेत ।

तपाईको व्यक्तिगत सूचना हामीद्वारा स्ट्याण्डर्ड चार्टर्ड समूह भित्र वा अन्य तेस्रो पक्षसँग यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यहरू पूरा गर्नका लागि प्रशोधन, भण्डारण, वितरण (share), स्थानान्तरण गर्न, वा खुलाउन सकिनेछ । हामी यो कार्य लेनदेन सहजीकरण गर्दा तथा हाम्रा ग्राहकहरूलाई वस्तु तथा सेवा प्रदान गर्दा प्रभावकारी, कुशलता र सुरक्षित तरिकाले सञ्चालन गर्न, हाम्रा प्रक्रिया तथा व्यापार सञ्चालनलाई सुधार्न र सहयोग पुर्याउन, र हाम्रा कानूनी र नियामकीय दायित्वहरू पूरा गर्न गर्दछौं । यसले सिमा पार (cross border) अन्य अधिकाक्षेत्रहरूमा तपाईको व्यक्तिगत सूचना प्रशोधन, भण्डारण, वितरण, स्थानान्तरण, वा खुलाउने (disclosing) कार्य पनि समावेश गर्न सक्नेछ ।
तपाईको व्यक्तिगत सूचना प्राप्तकर्ता नेपाल बाहिरका क्षेत्राधिकारमा रहेको अवस्थामा, र त्यहाँको स्थानीय कानून नेपालको गोपनीयता सम्बन्धी कानून समान नभएको अवस्थामा, हामी प्रचलित कानूनको पालना गर्नका निम्ति, उदाहरणको लागि, करारका आधारभूत व्यवस्था (standard contractual clauses) हरुको प्रयोग गरी, तपाईको व्यक्तिगत सुचनालाई उपयुक्त हुने पर्याप्त स्तरको संरक्षण तथा सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पुर्ण उचित उपायहरु अपनाउनेछौँ ।

थप जानकारीको लागि, सम्बन्धित करारका आधारभूत व्यवस्था (standard contractual clauses) को प्रतिलिपिलागि तपाईले हामीलार्इ सम्पर्क गर्न सक्नुहुनेछ ।

हामी तपाईको व्यक्तिगत सूचनाको गोपनीयता र सुरक्षालाई धेरै गम्भीर रूपमा लिन्छौँ । तपाईको सुचना संरक्षणको लागि, हामीले उपयुक्त प्राविधिक, भौतिक तथा संगठनात्मक उपायहरू लागू गरेका छौँ जसले तपाईको व्यक्तिगत सुचना सुरक्षित र गोप्य राख्न हामीलाई मद्दत गर्छ । उदाहरणका लागि, हामीले तेस्रो पक्षसँगका हाम्रा सम्झौतामा उपयुक्त गोपनीयता, सूचना संरक्षण र सुरक्षाका शर्तहरू समावेश गर्छौँ । स्ट्याण्डर्ड चार्टर्ड समूहले आकस्मिक घटना व्यवस्थापन र रिपोर्टिङ प्रक्रियाहरू, व्यक्तिगत सूचना संरक्षण गर्न तथा कानूनी र नियामक व्यवस्थाको पालना गर्नका लागि नियम तथा प्राविधिक उपायहरू लगायतका सूचना सुरक्षा सम्बन्धी गोपनीयता नीतिहरू लागू गरेको छ । हामी तपाईको व्यक्तिगत सूचनाको पहुँच रहने हाम्रा कर्मचारीहरुलाई हाम्रो सूचनाको गोपनीयता र सुरक्षाका मानक (standards) हरूको पालना गर्न प्रशिक्षण दिन्छौँ र नियम पालना गर्न लगाउर्छौं । हामी हाम्रा सेवा प्रदायकहरूलाई वा अन्य तेस्रो पक्षहरू जो सँग हामी संलग्न हुन्छौं र जसलाई हामी तपाईको व्यक्तिगत सूचना खुलाउछौँ, उनीहरुलाई पनि तपाईक व्यक्तिगत सुचनाको पहुँच, प्रयोग वा प्रशोधन गर्दा समान सूचना सुरक्षाका उपाय तथा मानकहरू कार्यन्वयन गराउन लगाउछौँ ।

यस गोपनीयता सूचनामा उल्लेखित उद्देश्यका लागि, हामी तपाईको व्यक्तिगत सूचना हाम्रो व्यवसाय सञ्चालन वा कानुनी कारणहरूका लागि तपाई हामीसँग संलग्न हुने अवधिसम्म राख्छौं र व्यक्तिगत सुचनाको प्रकार अनुसार हाम्रो data retention policy standards र प्रचलित कानून वा नियमद्वारा आवश्यक भएबमोजिम तपाईको व्यक्तिगत सुचना थप केही समयसम्म राख्न सक्छौँ । हामीलाई आवश्यक पर्न छाडेमा, हामी व्यक्तिगत सूचना मेटाउने, बेनामी बनाउने (anonymize), नष्ट गर्ने र/वा प्रयोग गर्न बन्द गर्नेछौँ ।

हामी तपाईको व्यक्तिगत सूचनाको सम्मान गर्दछौँ, र हामीले तपाईको विवरण कसरी प्रयोग गर्छौँ भन्ने सम्बन्धमा तपाईको निम्नानुसारका अधिकारहरू छन्:

  • तपाईको आफ्नो सूचना पहुँच गर्ने अधिकार – तपाईसँग तपाईको व्यक्तिगत सूचना हामीसँग छ कि छैन भनेर जाँच गर्ने र हामीले त्यसलाई कसरी प्रयोग गरेका छौँ भन्ने जानकारी सहित त्यस्तो सूचनाको प्रतिलिपि माग गर्ने अधिकार रहनेछ ।
  •  तपाईको सूचना सच्याउने अधिकार – यदि तपाईको व्यक्तिगत विवरण परिवर्तन भएको छ वा हामीसँग तपाईको बारेमा गलत वा पुरानो जानकारी रहेको छ भन्ने तपाईलाई लागेमा, तपाईले हामीलाई सोको त्यसलाई अध्यावधिक गर्न माग गर्न सक्नुहुन्छ ।
  • तपाईको सूचना मेटाउने अधिकार – तपाईले हामीलाई आफ्नो व्यक्तिगत सूचना मेटाउन माग गर्न सक्नुहुन्छ । तथापि, हामीलाई हाम्रा उत्पादनहरू र सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्छ।
  • प्रशोधन रोक्ने वा आपत्ति जनाउने अधिकार – तपाई हामीलाई तपाईको सूचना प्रयोग गर्न रोक्न वा हामीले सोको प्रयोग गर्ने तरिकाको परिवर्तन माग गर्न सक्नुहुन्छ । यद्यपि, हामीलाई तपाईसँग अन्तरक्रिया गर्न वा हाम्रा वस्तु तथा सेवाहरू प्रदान गर्न तपाईको केही व्यक्तिगत विवरणहरूको आवश्यकता हुन सक्नेछ ।
  •  स्वचालित निर्णय गर्ने प्रक्रियामा आपत्ति जनाउने अधिकार – तपाईले केवल स्वचालित प्रक्रियाद्वारा गरिने कुनै निर्णयले तपाईमाथि नकारात्मक प्रभाव पार्छ भने सोको पुनरावलोकन गर्न  माग गर्न सक्नुहुन्छ ।
  •  तपाईको सूचनासार्ने (data portability) अधिकार – तपाईले हामीलाई तपाईको व्यक्तिगत सूचना मेशिनहरूले सहजै पढ्न सक्ने ढाँचामा अर्को संस्थालाई प्रदान गर्न माग गर्न सक्नुहुन्छ ।