जरुरी कानुनी सूचना

अनलाइन सम्बन्धि नियम तथा शर्तहरु

सूचना

कुनै पनि अनलाइन सेवा वा यो वेब साइट प्रयोग गर्नु पुर्व कृपया तल उल्लेखित नियम तथा शर्तहरु ध्यानपूर्वक पढ्नुहोस्। यदी कुनै द्विविधा भएमा विशेषज्ञको सुझाब लिनुहोस् ।

यो तपाई र स्टाण्डर्ड चार्टर्ड बैंक ” बैंक” बीच एक कानुनी मान्यता प्राप्त सम्झौता स्वरुप हुनेछ जसमा उल्लेख गरिएका नियम तथा शर्तहरु अन्तर्गत यो वेबसाइट वा अन्य अनलाइन सेवा प्रयोग गर्न सकिन्छ।
यदी तपाईलाइ यी नियम तथा शर्तहरु स्वीकार्य छैन भने कृपया यो वेब साइट एवं अन्य अनलाइन सेवा प्रयोग नगर्नुहोला।

कम्पनी विवरण

स्टाण्डर्ड चार्टर्ड बैंक सन् १८५३ मा सिमित पुँजीमा शाही अनुमति द्वारा इंग्ल्याण्ड र वेल्समा स्थापना भएको थियो । रिफरेन्स नम्बर जेट सी१८ अन्तर्गत स्थापित यस बैंकको प्रधान कार्यालय बेलायतको लन्डनस्थित १ बासिंगहल एभिन्युको इ सी २ भी ५ डिडिमा अवस्थित छ।

क्षेत्राधिकार तथा प्रतिबन्धहरू

बैंकले नेपालबाट यो वेब साइट संचालन र नियन्त्रण गर्दछ। वेब साइटको यो खण्डमा समावेश गरिएका नेपाल सम्बन्धि समाग्री एवं सूचना केवल नेपालमा कारोबार/व्यवसाय गर्ने व्यक्ति वा संघ/सस्थांन तर्फ लक्षित र सिमित छ। बैंक यहाँ उल्लेखित समाग्री एवं सूचना अन्य मुलुक/ क्षेत्राधिकारको लागि उपयुक्तता वा प्रयोग को लागि प्रतिनिधित्व गर्दैन ।

यी नियम तथा शर्तहरुलाई नेपालको प्रचलित कानुन बमोजिम निर्देशित एवं व्याख्या गरिनेछ र कुनै विवाद उत्पन्न भएमा यसको छिनोफानो नेपालको सम्बन्धित न्यायालयले गर्नेछ।

हाम्रा सेवाहरु

यो वेब साइटमा  बैंकद्वारा  उल्लेख गरिएका सेवाहरु  यस्ता   व्यक्तिलाई  प्रदान गरिने छैन  जसलाई यसो गरिनु गैर -कानुनी छ वा यी सेवाहरु यस्ता  स्थानहरुमा उप्लब्ध गराइने छैन जहाँ यसो गरिनुलाई  स्थानीय कानुनले वर्जित  गरेको छ । यदी कुनै द्विविधा भएमा यस्ता सेवाहरु उपभोग गर्नुपूर्व कृपया स्थानीय नियामक निकाय वा व्यवसायिक सल्लाहकारसँग सम्पर्क गर्नुहोस्।

यो सूचना पढ्न  तयार   हुनुको  अर्थ  तपाई आफू  नेपालको क्षेत्राधिकार बाहिर बसोबास नगरेको र यस्तो क्षेत्राधिकार बाहिरबाट कुनै पनि उत्पादन वा सेवाको खरिदको लागि आवेदन नदिएको  भन्नेमा सहमत हुनु हो। यदी यो सत्य  होइन  भने कृपया “पछाडि फर्कने” बटन थिच्नुहोस्।

बैंक वा स्टाण्डर्ड चार्टर्ड ग्रुपसँग सम्बद्ध कम्पनीको तजबिजमा सेवाहरु कुनै एक निश्चित स्थानमा उपलब्ध  हुनेछ।सम्बन्धित नियम तथा शर्तहरु अनुरुप प्रदान गरिने यस्ता सेवाहरुको  कुनै पनि समय विना पुर्व सूचना स्थगन वा परिमार्जन गर्न सकिनेछ। सबै स्थानहरुमा सम्पूर्ण  प्रकारका  सेवाहरु उपलब्ध नहुनसक्छ। शुल्क, कमिशन र अन्य दस्तुरहरु केही  सेवामा लागू हुनसक्छ-सम्बन्धित कार्यालयले यसबारे आवश्यक जानकारी प्रदान गर्नेछ।

United Kingdom बाहिर अवस्थित कुनै पनि स्टाण्डर्ड चार्टर्ड बैंकको कार्यालय वा स्टाण्डर्ड चार्टर्ड ग्रुपको कम्पनी/एसोसिएटसँग गरिएको कारोबारहरु  यस मुलुकको कानुनी दायरामा पर्दैन। अन्य अर्थ लाग्ने प्रावधानको व्यवस्था नभएसम्म  सामान्यतया यस  वेबसाइटमा उल्लेखित स्टाण्डर्ड चार्टर्ड  ग्रुप अन्तर्गत नपर्ने कम्पनीहरुसँग गरिएको कारोबारहरुलाई कानुनी संरक्षण प्रदान गरिने छैन।

समाग्री र सूचना

यस वेबसाइटमा समाविष्ट  समाग्री र सूचना कुनै पनि मुलुकको  कुनै पनि व्यक्तिलाई सेवा उप्लब्धगराउने प्रस्ताव वा अन्य यस्तै प्रकृतिको अनुरोधको रुपमा हेरिनु हुदैन।   कुनै बाह्य तेश्रो पक्षसँग सम्बन्धित समाग्री र सूचनालाई बैंकले तपाईको  जानकारीको  लागि तपाई समक्ष  पुन: पठाउने छ।  बैंकका अधिकारी, कर्मचारी र  एजेन्टहरुले   यस वेबसाइटमा समावेश गरिएका विषयवस्तुहरुमा परिवर्तन गर्ने, नँया कुरा थप्ने वा नियन्त्रण  गर्ने छैन।  त्यसै उनीहरु यस्ता क्रियाकलाप प्रति जवाफदेही पनि हुने छैनन्।

यो वेबसाइटमा समावेश  भएका  वा देखाइएका समाग्री, सूचना, चिन्ह र लोगो प्रचलित  कानुनद्वारा प्रदत्त  वौद्धिक सम्पत्ति अधिकारले संरक्षण गरेको छ।यिनीहरुको कुनै पनि अंश  बैंकको वा  सम्बन्धित पक्षको लिखित  अनुमति बेगर परिवर्तन, पुन: उत्पादन , रिट्रीभल प्रणालीमा भण्डारण, नक्कल, सम्प्रेषण र  वितरण गर्न वा अन्य कुनै तरिकाले व्यापारिक र अरु  प्रयोजनको  लागि प्रयोग गर्न निषेध छ।  

अस्विकरण

यस वेबसाइटमा समाविष्ट समाग्री तथा सूचनाहरु अन्त्यन्त ध्यानपूर्वक तयार पारिएता पनि  यिनीहरु  तथ्यगत  , सुरक्षित, विश्वसनीय ,उपयोगी  वा कम्प्युटर भाइरसबाट मुक्त  भएको प्रत्यक्ष/अप्रत्यक्ष वारेन्टीको व्यवस्था  गरिएको छैन।

केवल   सामान्य जानकारीको लागि मात्र प्रस्तुत गरिएको यो वेबसाइटका  सामाग्री एवं सूचनालाई निर्णय निर्माणको आधारको रुपमा प्रयोग गरिनुहुदैन। यो वेबसाइट मार्फत् प्राप्त कुनै पनि सल्लाह वा सूचनालाई यसको प्राथमिक वा सही श्रोतसँग सम्पर्क नगरी वा व्यवसायीक परामर्श विना विश्वास गरिनुहुदैन।

केही सन्दर्भहरुमा भौगोलिक, राजनीतिक, आर्थिक, वित्तीय र विनिमय दर सम्बन्धि तथ्यांकडाटा मोटामोटी ढंगमा वा संक्षिप्तमा वा सरलीकृत स्वरुपमा प्रस्तुत गरिएको छ र यो समयक्रममा परिवर्तन  हुनसक्छ।  बाह्य स्रोतबाट संकलित र सम्पादित  यस्ता तथ्यांक/डाटा सही पूर्ण  रुपमा  सही नहुनसक्छ। यस वेबसाइटमा समावेश भएका समाग्री, सूचना वा तथ्यांकको  कारणले सिर्जित कुनै  पनि प्रकारका हानि नोक्सानीको लागि बैंक जिम्मेवार/जवाफदेही हुनेछैन। सटिकमा  उल्लेख गर्नुपर्दा  यिनीहरु बिल्कुल तथ्यगत, विश्वसनीय र उपयोगी छ  भनी  कुनै वारेन्टीको  व्यवस्था छैन। बैंकको नियन्त्रण बाहिरका  प्राविधिक वा अन्य समस्याले  यस वेब साइट प्रयोग गर्ने क्रममा सिर्जित कुनै पनि प्रकारका  हानि नोक्सानीको लागि जिम्मेवार/जवाफदेही हुनेछैन।

यस वेब साइटबाट कुनै सफ्टवेयर डाउनलोड गर्दा यो सुरक्षित भए/नभएको निक्यौल तपाई स्वयंले नै गर्नुपर्ने हुन्छ बैंकको नियन्त्रण बाहिरका कम्प्युटर भाइरस, ट्रोजन हर्स, वर्म, सफ्टवेयर बम्ब वा यस्तै प्रकारका समस्याले सिर्जित कुनै पनि हानि नोक्सानीको लागि बैंक जिम्मेवार/जवाफदेही हुने छैन ।

यो वेब साइटको हाईपर लिंकको मुख्य प्रयोजन केवल तपाईको सुविधाको लागि  सूचना प्रदान गर्नु हो। यस्तो लिंकसँग सम्बन्धित प्राविधिक समस्या  वा अन्य कारणले यसमा समावेश भएको समाग्री र सूचनाको प्रयोग गर्दा  कुनै हानि नोक्सानी  हुन गएमा यसको लागि बैंक जिम्मेवार/जवाफदेही हुनेछैन  बैंकले  आफ्नो वेबसाइटमा हाईपर लिंक प्रयोग गर्नुको  अर्थ   यसमा समावेश सामाग्री एवं सूचना प्रति सहमति   जनाउनु  कदापि होइन।

बैंकले वेबसाइट मार्फत् कुनै पनि  ईमेल तपाईलाई पठाइने वा यसले  नै प्राप्त गर्ने भन्ने कुराको  ग्यारेन्टी  गर्दैन।   यसैगरी आफ्नो नियन्त्रण बाहिरको इन्टरनेट प्रसारण  मार्फत् आदान प्रदान हुने ई-मेलको सुरक्षा र/ वा गोपनीयताको वारेन्टी पनि बैंकले दिदैंन। इन्टरनेट प्रसारणमा आएको  खराबीको  (जुन ई-मेल आदान प्रदानसँग पनि सम्बन्धित हुन सक्छ) कारणले सिर्जित कुनै  पनि प्रकारका हानि नोक्सानीको लागि बैंक जिम्मेवार/ जवाफदेही  हुने छैन।

सूचनाको गोपनीयता

प्रचलित कानुनले वन्देज नगरेसम्म बैंकको सूचनाको सुरक्षा र गोपनीयता सम्बन्धि नीति बमोजिम यसले यो  वेबसाइटमा संकलन गरेको तपाईको व्यक्तिगत विवरण/तथ्यांक  समय समयमा  आवश्यक प्रयोजनको लागि प्रयोग गर्न सक्छ। यस विषयमा तपाईको पूर्ण सहमति छ।

यहाँ क्लिक गरी बैंकको हालको गोपनीयता सम्बन्धि नीति हेर्न सक्नुहुनेछ।

लगानीसँग सम्बन्धित सेवाहरु

धितोपत्र बजारमा  पटक पटक उतार चढाव आउनु स्वाभाविक हो । कहिले काही कुनै धितोपत्रको मूल्यमा अनपेक्षित   गिरावट आई यो विल्कुल मूल्यविहीन पनि हुन सक्छ।  यसको अर्थ धितोपत्र बजारमा गरिएको लगानीमा   नाफा  मात्र नभई घाटा पनि हुने अन्तर्निहित जोखिम हुन्छ।   फ्युचर कन्ट्रयाक्ट वा अप्सनको कारोबार गर्दा व्यहोर्नुपर्ने घाटा ठुलो हुनसक्छ। कहिले काही यस्तो घाटा प्रारम्भिक  मार्जिन रकम  भन्दा  पनि बढी हुन सक्छ।  “स्टप- लस” वा “स्टप-लिमिट” जस्ता आकस्मिक अवस्थामा  दिइने निर्देशनहरु सधै प्रभावकारी हुन्छन भन्ने निश्चित छैन। बजारको परिस्थितिले कहिले काही यस्ता निर्देशनहरु कार्यान्वयन गर्न असम्भव बनाउँछ।  तपाईलाई छोटो समयमै थप  मार्जिन रकम जम्मा गर्न अनुरोध गर्न सकिन्छ।  यदी  तोकिएको  अवधिमा  रकम जम्मा नभए तपाईको  वित्तिय  अवस्थामा गिरावट आउँन  सक्छ।  तपाईको खाता  रकममा आएको ह्रासको लागि तपाई  नै जिम्मेवार हुनुपर्नेछ।  यही  कारणले फ्युचर कन्ट्रयाक्ट वा अप्सनको कारोबार गर्नु पुर्व यो आफ्नो लगानीको उद्देश्य , वित्तिय परिस्थिति , जोखिम वहन क्षमता र अन्य सम्बन्धित पक्षहरुको अनुरुप  रहेको/नरहेको निश्चित गर्नुहोस्। यसको लागि फ्युचर कन्ट्रयाक्ट वा अप्सनको कारोबारबारे अध्ययन गर्नु  नितान्त जरुरी छ।

आफूले खरिद वा कारोबार गर्न चाहेको कुनै पनि लगानी सबन्धि उत्पादनमा समावेश भएको जोखिम विवरण पढ्नु पनि उत्तिकै आवश्यक छ। यदी कुनै द्विविधा भएमा हामीलाई  व्यवसायीक परामर्शको लागि सम्पर्क गर्नुहोला।

क्षतिपूर्ति

तपाई बैंकले व्यहोर्नुपर्न सक्ने कुनै पनि कारबाही, दायित्व, लागत, दाबी, हानि, क्षति, कार्यवाही वा व्यय (कानूनी शुल्क, लागत र खर्चहरू सहित) को विरुद्धमा बैंकलाई पूर्ण रूपमा र प्रभावकारी रूपमा क्षतिपूर्ति गर्नको लागि। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्षतिपूर्ति प्रदान गर्न सहमत हुनुहुन्छ।

खारेजी र प्रतिबन्ध

विना कुनै पुर्व सूचना बैंकले यी नियम तथा शर्तहरु खारेज गरी तपाईको यो वेब साइट र अनलाइन सेवाको पहुँच माथि प्रतिबन्ध लगाउनसक्छ।

परिवर्तन

यो वेबसाइटमा समावेश भएको कुनै पनि समाग्री  र सूचनालाई विना कुनै पुर्व जानकारी जुन सुकै समय आफ्नो तजबिजमा परिवर्तन गर्न सक्ने अधिकार बैंकमा निहित छ यसैगरी बैंकलाई यो वेबसाइट सम्बन्धि नियम  तथा शर्तहरुलाई बेला  बेलामा विना कुनै पुर्व जानकारी   संशोधन गर्ने  अधिकार छ।  यदी तपाईले यो वेब साइटका सूचना,  सामाग्री एवं नियम तथा शर्तहरुमा   परिवर्तन भइसके पश्चात पनि निरन्तर प्रयोग गर्नु भयो भने ,  तपाईले यस्ता परिवर्तनहरु  प्रति आफ्नो सहमति जनाएको अर्थ लाग्नेछ।

वौद्धिक सम्पत्ति अधिकार

यो वेब साइटमा समाविष्ट ग्राफिक्स, ट्रेड मार्क, सर्भिस मार्क जस्ता सबै वस्तुहरुको प्रतिलिपि अधिकार स्टाण्डर्ड चार्टर्ड पीसीएलमा निहित छ र यसको लिखित सहमति विना यिनीहरुलाई कुनै पनि तरिकाले कपी, डाउनलोड, वितरण र प्रकाशन गर्न पाइनेछैन।

“स्टाण्डर्ड चार्टर्ड” र  “स्टाण्डर्ड चार्टर्ड बैंक” स्टाण्डर्ड चार्टर्ड पीसीएलका दर्ता गरिएको ट्रेड मार्क र सर्भिस मार्क हुन् र यिनीहरुलाई प्रयोग गर्ने  अनुमति   यसको लिखित सहमति विना दिन पाइनेछैन।  अन्य अर्थ लाग्ने प्रावधान उल्लेख नभएसम्म, यो वेब साइटमा प्रयोग भएका स्टाण्डर्ड चार्टर्ड ग्रुप अन्तर्गत  कम्पनीहरुका उत्पादन तथा  सेवाहरुको  अलावा नाम, लोगो र अन्य चिन्हहरु यही  कम्पनीहरुको  वौद्धिक सम्पत्ति अधिकार भित्र पर्दछ।

तपाईले यो वेब साइट प्रयोग गरी कुनै पनि सूचना वा समाग्री स्टाण्डर्ड चार्टर्ड बैंकमा पेश गर्नु भनेको  यिनीहरुको  प्रतिलिपि र वौद्धिक सम्पत्ति अधिकार सम्बन्धि  रोयल्टी रहित विश्वव्यापी अनुमति पत्र यस बैंकलाई दिनु सरह हो। प्रचलित कानुनले वन्देज नलगाएसम्म  यस्ता  सूचना वा समाग्रीलाई  बैंकले  कपी, कारोबार, वितरण र   प्रकाशन जस्ता आफूलाई आवश्यक प्रयोजनहरुको  लागि प्रयोग  गर्न सक्छ।

स्टाण्डर्ड चार्टर्ड बैंक र तपाई बीच छुट्टै सम्झौता नभएसम्म र प्रचलित कानुनले अन्य अर्थ लाग्ने प्रावधान उल्लेख नगरेसम्म यो वेब साइट प्रयोग गरी स्टाण्डर्ड चार्टर्ड बैंकमा पेश गरिएका कुनै पनि सूचना वा समाग्रीको गोपनीयता कायम गर्न बैंक बाध्य छैन भन्ने विषयमा तपाईको सहमति छ।

यो वेब साइटमा उल्लेखित सेवाहरु सम्बन्धि छुट्टाछुट्टै  नियम  तथा शर्तहरुले समावेश गरेको निश्चित प्रावधानहरुलाई  पूर्वगामी   प्रावधानहरुले  सिमित गर्दैन ।  यस विषयमा तपाईको कुनै विमति छैन।

प्रतिलिप अधिकार @  स्टाण्डर्ड चार्टर्ड बैंक २००८ 

सम्पूर्ण अधिकार सुरक्षित

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED