ConnectIPS सम्बन्धी शर्त बन्देजहरु

आफूले  अनुरोध गरेको कुनै पनि  रकमान्तरण प्रक्रिया  यस  नियम तथा शर्तहरु बमोजिम सम्पन्न हुनेछ भन्नेमा ग्राहकको सहमति छ। स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा  (जसलाई “बैंक” भनिएको छ )  तय गरिएको यस सम्झैता पत्रको कार्यान्वयनलाई  नेपाल राष्ट्र बैंक र अन्य आधिकारिक निकायको  नियमावली, निर्देशिका र परिपत्र लगायत अन्य प्रशासनिक नियमहरुले निर्दिष्ट गर्नेछ।  युद्ध, राजनीतिक संकट, सामाजिक  अराजकता वा   सम्पत्ति जफत जस्ता आफ्नो नियन्त्रण बाहिरका कारणहरुले ग्राहक वा अन्य पक्षले कुनै पनि क्षति व्यहोर्नु परेमा बैंकको  यस शाखा  साथै अन्य शाखाहरु, मुख्य कार्यालय, र योसँग जोडिएका कम्पनीहरु जिम्मेवार/ जवाफदेही हुने छैनन्।

बैंकले यो शाखाबाट भुक्तानी नहुने सेवाहरुको  स्थानान्तरण ग्राहक स्वयंको  जिम्मेवारीमा मात्र  गर्नेछ । आफ्नो नियन्त्रण बाहिरका कारणहरुले कुनै क्षति वा ढिलाई भएमा बैंक यसको लागि जिम्मेवार हुनेछैन। यसैगरी, बैंक आफ्ना कर्मचारी र  कुनै पनि एजेन्ट, उपएजेन्ट वा तिनीहरुसँग सम्बन्धित कर्मचारीहरुबाट  हुनसक्ने  भुलचुक, हेलचक्र्याई वा यस्तै प्रकारका अन्य विसंगतिको लागि पनि जवादेही हुनेछैन।

बैंक आफैले तोकेको र/वा नियामक निकायले  connectIPS -एनसीएचएलको लागि  सुझाएको अधिकतम रकम सिमा अनुरुप मात्र भुक्तानी रकमान्तरण सम्बन्धित कार्य गर्दछ।

बैंकले   नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति बमोजिम  नेपाली  रुपैँया लगायत अन्य परिवर्त्य  विदेशी मुद्रामा भुक्तानी रकमान्तरण सेवा प्रदान गर्दछ ।  बैंकले  ग्राहकको रकमलाइ विदेशी/स्वदेशी मूल्यमा परिवर्तन गर्दा  अङ्गीकार गरेको  विनिमय दर ग्राहकलाई मन्जुर छ।

connectIPS सम्बन्धि भुक्तानी/रकमान्तरणको शुल्क  नियामक निकाय र बैंकले निर्धारण गरेको दर बमोजिम  हुन्छ। यस्तो शुल्क बैंकले  सम्बन्धित ग्राहकको खाताबाट प्रत्यक्ष रुपमा कटाउन सक्छ।

बैंकले ठगी वा वा त्यस्तै प्रकारका  नियतवश गल्ती नगरेसम्म ग्राहकले यो नियम तथा शर्तहरुको अधिनस्थ रहेको  रकमान्तरण सम्बन्धि विषयमा बैंक विरुद्ध कुनै पनि प्रकारको लाल्छाना लगाउने छैन।

       

Fund transfers limits:

Per transaction: NPR 5,00,000.00/-

Per day: 1,000,000.00/-

Per month: 3,000,000.00/-

Maximum number of transactions per day: 5