फिंगरप्रिन्ट टच लगिन सेवा

तपाईले SC बायोमेट्रिक्स लग-इन सेवाको लागि दर्ता गर्नु जरुरी छ। यदी तपाई यो सेवा उपभोग गर्न चाहनु हुदैन भने तपाईले आफ्नो अनलाइन बैंकिंगको प्रयोगकर्ता नाम र पासवोर्डबाट प्रयोग गर्न सक्नहुनेछ।

  • पहिलो चरण: मोबाइल बैंकिंग एपको लग-इन स्क्रिनमा भएको औंलाछाप आइकनमा थिच्नुहोस
  • दोश्रो चरण: आफ्नो अनलाइन बैंकिंगको प्रयोगकर्ता नाम र पासवोर्ड मार्फत् लग-इन गरी बैंकको बायोमेट्रिक्स लग-इन सेवा एक्टिभेट गर्नुहोस्।
  • तेश्रो चरण: नोटिफिकेसनमा गई “इनेबल” थिच्नुहोस
  • चौथो चरण: डाएलग बक्स देख्ने पछि बैंकको बायोमेट्रिक्स लग-इन प्रयोग गरी दर्ता र लग-इन प्रक्रिया पूरा गर्न उपकरणको फिंगर प्रिन्ट स्क्यानरमा आफ्नो दर्ता भएको औला राख्नुहोस।

तपाईले डाएलग बक्समा “क्यान्सल” थिचेको खण्डमा दर्ता खारेज हुन्छ। यस पश्चात पनि यदी तपाई बैंकको बायोमेट्रिक्स लग-इन प्रयोग गर्न इच्छुक हुनुहुन्छ भने तपाईले पुन : सम्पूर्ण प्रक्रिया दोहोर्याउनु पर्दछ।

बायोमेट्रिक्स लागिन सेवा निम्न कारणहरुले डिसेबल हुने सम्भावना हुन्छ:

  • यदी मोबाइल सेटमा दर्ता भएको फिंगरप्रिन्ट/अनुहारको आकृतिमा कुनै परिवर्तन भयो भने
  • अनलाइन बैंकिंगको प्रयोगकर्ता नाम र पासवोर्डमा परिवर्तन भयो भने
  • फरक प्रयोगकर्ता नाम र पासवर्ड को उपयोग गरी एउटै उपकरण मा अर्को प्रयोगकर्ता लग-इन भयो भने;
  • पटक पटक प्रयास गर्दा पनि बायोमेट्रिक्स लग-इन काम नगरेमा

यदि १ भन्दा बढी औंलाको छाप तपाइँको SC बायोमेट्रिक्स लग-इन सेवा दर्ता गर्नु अघि तपाइँको उपकरण मा दर्ता गरीएको छ, कुनै पनि दर्ता भएको फिंगरप्रिन्टलाई सेवाको लागि प्रयोग गर्न सकिन्छ।

तपाईको उपकरणमा भएको डाटा इनक्रिप्ट गरिएको कारण सुरक्षित रहने] छन्। तर यदि तपाईको उपकरण हरायो भने तपाईले सेवा प्रदायकलाई तुरुन्त सिम डिएक्टिभेट गर्न आग्रह गरी स्ट्याण्डर्ड चार्टर्डलाई जानकारी दिनुहोला।

सुरक्षा प्रयोजनको लागि तपाईलाई SC बायोमेट्रिक्स लग -इन सेवाको पुन: दर्ता गर्न अनुरोध गरिनेछ ।

सुरक्षा प्रयोजनको लागि तपाईलाई बायोमेट्रिक्स लग-इन सेवाको लागि पुन: दर्ता गर्न अनुरोध गरिनेछ। त्यस्तैगरी तपाईले आफ्नो उपकरणबाट फिंगरप्रिन्ट हटाउनु भयो भने पनि यस्तै अनुरोध गरिनेछ।

यो सम्भव छैन। तपाईले केवल मोबाइल बैंकिंगको लग-इन प्रयोजनको लागि बायोमेट्रिक्स लग-इन सेवा प्रयोग गर्न सक्नहुनेछ। कारोबारको निम्ति अहिलेको 2FA प्रमाणीकरणलाई प्रयोग गर्न सकिन्छ ।

तपाईले SC मोबाइल एपको बायाँ तर्फको मेनु प्रयोग गरी यसलाई निष्क्रिय गर्न सक्नुहुनेछ। तपाईले बायाँ तर्फको मेनुमा भएको यो विशेषता लग-इन गर्नु पूर्व वा पश्चात प्रयोग गर्न सक्नुहुनेछ।

यस्तो भएको खण्डमा पनि तपाईले बैंकको SC मोबाइल बैंकिंग एप डाउनलोड गरी आफ्नो लग-इन र पासवोर्ड मार्फत् अनलाइन बैंकिंग प्रयोग गर्न सक्नुहुनेछ। तर SC बायोमेट्रिक्स लग -इन सेवा भने उपलब्ध हुनेछैन।

यस्ता उपकरणहरु निम्न प्रकारका छन्:
अहिलेको अवस्थामा फेस आइडी आईफोन एक्स, एपल आइओएस भर्जन ९.0.२ वा यो भन्दा माथि एनड्रोइड ६.० वा यो भन्दा माथि मात्र

विदेशी मुद्रा सम्बन्धि सेवा

विदेशी मुद्रा सम्बन्धि जोखिमको सही व्यवस्थापनको लागि सरल समाधान

विदेशी मुद्रा सम्बन्धि सेवा

स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल विभिन्न प्रयोजनको लागि प्रभावकारी विदेशी विनिमय सम्बन्धि सेवाहरु आकर्षक दरमा प्रस्तुत गर्दछ

१ वैदेशिक अध्ययन

२ विदेशको भ्रमण

३ स्वस्ठोपचार सम्बन्धि भ्रमण

४ अन्य प्रयोजन

५ तपाईको नगदको सटही

तपाई तल उल्लेखित सेवाहरुको लागि हामीलाई विश्वास गर्नसक्नुहुनेछ :

  • विभिन्न मुद्रामा डिमाण्ड ड्राफ्टको लागि
  • हाम्रा व्यापक विश्वव्यापी संजालहरु मार्फत छिटो भुक्तानी
  • अन्तर्राष्ट्रियस्तरको कार्ड
  • नगद (यसको उपलब्धतामा भरपर्ने)
  • निश्चित गरिएको हवाई टिकट
  • शिक्षा मन्त्रालयको अध्ययन स्वीकृति
  • सम्बन्धित कलेजद्वारा जारी पत्र
  • अस्पतालद्वारा जारी पत्र र अनुमानित खर्च
  • नेपाल राष्ट्र बैंकको अनुमति (यदी आवश्यक भएमा )
  • आफूले माग गरेको रकम पुष्टि गर्ने बिल/पत्र/ वेबपेज

(विदेशी विनिमयको आवश्यकता अनुसार माथि सूचीमा उल्लेखित कगजाद बाकेक अन्य कागजाद पनि पेश गर्न जरुरी हुन सक्छ)
प्राप्त गर्नुहोस् विदेशी विनिमय सम्बन्धि द्रुत र भरपर्दो सेवाहरु विशेष शुल्कहरुमा। तपाईले गर्व गर्नु हुनेछ साच्चिकै अन्तर्राष्ट्रियस्तरको स्टाण्डर्ड चार्टर्ड बैंक संगको आफ्नो सम्बन्धमा।
माथि उल्लेखित सेवाहरुको प्रवाह नेपाल राष्ट्र बैंकको नियमावलीहरूबाट नियमन हुनेछ ।

विप्रेषण

विप्रेषण

हामी तपाईलाई विप्रेषण संबन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दछौ। तपाईले तल उल्लेखित कुनै पनि सेवा आफ्नो आवश्यकता अनुसार रोज्न सक्नुहुनेछ:

  • डिमाण्ड ड्राफ्ट
  • टेलिग्रफिक ट्रान्सफर
  • मेनेजर्स चेक
  • शिघ्र भुक्तानी सेवा -QPS (भारतमा अवस्थित स्टाण्डर्ड चार्टर्ड बैंकका सेवाग्राहीहरुको लागि अनलाइन भुक्तानीको सुविधा)
  • विदेशी विनिमय

सुरक्षित डिपोजिट लकर

सेफ डिपोजिट लक

हाम्रा ग्राहकहरुलाई यो विशेष सुविधाले आफ्नो मूल्यवान वस्तु एवं अन्य महत्वपूर्ण कागजादहरुलाई सुरक्षित राख्न मद्दत गर्दछ। बैंकको कार्यालय खुलेको जुनसुकै समयमा तपाईले यस सुविधा प्रयोग गर्न सक्नुहुनेछ। सुरक्षा प्रयोजनको निम्ति हरेक लकरमा छुट्टाछुट्टै नम्बर सहित दुइटा साँचोको व्यवस्था छ । सुरक्षित डिपोजिट लकर सुविधा निम्न उल्लेखित शाखाहरुमा उपलब्ध छ :

  • नँया बानेश्वर
  • लाजिम्पाट
  • न्यू रोड, पोखरा
  • विराटनगर
  • धरान
  • न्यू रोड, काठमाडौँ
  • यो सुविधा सम्बन्धि विस्तृत जानकारीको लागि आफ्नो नजिकको शाखा कार्यालयमा सम्पर्क राख्नुहोस।

एसएमएस अलर्ट

स्टाण्डर्ड चार्टर्ड एसएमएस अलर्ट सेवाले तपाईलाई तपाईको खाता र क्रेडिट कार्ड सम्बन्धि क्रियाकलापबारे सूचित गराउँछ।

डेबिट/ क्रेडिट कार्ड सम्बन्धि क्रियाकलाप

तपाईले आफ्नो डेबिट/ क्रेडिट कार्ड निम्न उल्लेखित प्रयोजनहरुको लागि प्रयोग गर्दा तुरुन्त एसएमएस मार्फत सूचित गरिन्छ:

  • आफ्नो खाताहरु बीच रकम स्थानान्तरण गर्दा
  • एटिएम, काउन्टर वा चेक प्रयोग गरी खाताबाट नगद झिक्दा
  • तपाईले आफ्नो कार्ड प्रयोग गरी खाताको रकम एटीएम मार्फत् झिक्दा वा रिटेल कारोबार गर्दा
  • तपाईको कार्ड प्रयोग गरी नगद झिकिएमा
  • तपाईको खाता/ कार्ड सम्बन्धि व्यक्तिगत विवरण परिवर्तन भएमा

बैंकिंग कारोबारबारे जानकारी प्रदान गर्ने एक अत्यन्त उपयोगी सुविधा हो। तपाईले आफ्नो डेबिट/क्रेडिट कार्डको प्रयोग गर्ने बित्तिकै आफ्नो मोबाइलमा एसएमएस मार्फत् तुरुन्त अलर्ट प्राप्त गर्नुहुनेछ। यसले तपाईलाई आफ्नो खाता सम्बन्धि हरेक क्रियाकलाप बारे जानकारी दिन्छ।

यो तपाईको आफ्नो खाता/क्रेडिट कार्ड सम्बन्धि क्रियाकलापबारे समयमै जानकारी प्राप्त गर्ने एक सहज तरिका हो।

बैंकको खाता र क्रेडिट कार्ड प्रयोग गर्ने सबै व्यक्तिले यो सेवा उपभोग गर्न सक्छन।

यसको प्रयोग शुल्क रु.२०० प्रति वर्ष कायम गरिएको छ।

यसको जरुरी छैन। यदी तपाईसँग बैंक खाता र/ वा क्रेडिट कार्ड छ भने तपाई स्वत: अलर्टको लागि दर्ता हुनु हुनेछ। तपाईलाई आफ्नो प्रयोग भइरहेको मोबाइल नम्बर बैंकमा अध्यावधि गरिदिन हुन अनुरोध गरिन्छ।

यसको लागि अनलाइन बैंकिंग/एससी मोबाइल एप मार्फत् अनुरोध गर्नुहोस अथवा आफ्नो नजिकको शाखामा सम्पर्क गर्नुहोस्

तपाईले एसएमएस अलर्ट आफ्नो मोबाइल मेसेज बक्समा “StanChart” र/ अथवा “SC_ALERT” बाट प्राप्त गर्न सक्नुहुनेछ।

यसो भएको खण्डमा +९७७ १ ४७९१८००/ ५४२४१९८ नम्बरमा कल गरी हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।

यसको लागि एनटिसी, एनसेल र स्मार्ट टेलिकमको सेवा प्रयोग गर्नुपर्दछ।

विद्धुतीय विवरण (इ- स्टेटमेन्ट)

सुरक्षित

तपाईको इ-मेलमा पठाईएको इ- स्टेटमेन्टमा विशेष पासवोर्ड गुप्त ढंगले (इन्क्रिप्ट) राखिएको हुन्छ। तपाईको विशेष पासवोर्ड मार्फत् आफ्नो इ- स्टेटमेन्टमा पहुँच हुन्छ।

छिटो र सुविधायुक्त

तपाईले अब स्टेटमेन्ट प्राप्त गर्न कुनै ढिलाई हुने वा यो हराउने समस्या बारे चिन्तित हुनु पर्दैन। केवल इन्टरनेटको पहुँच र केही सामान्य क्लिकहरु मार्फत् ई-स्टेटमेन्ट कहाँ र कसरी प्राप्त गर्ने निर्धारण गर्नुहोस्।

सजिलो

आफू जहाँ भएपनि इन्टरनेट मार्फत् आफ्नो स्टेटमेन्ट हेर्न, सेभ गर्न वा प्रिन्ट गर्न सक्नुहुनेछ

दर्ता

हाम्रो ग्राहक सेवा केन्द्रमा जुनसुकै समय +९७७ १ ४७९१८००/ ५४२४१९८ नम्बरमा कल गरी आफ्नो ई-स्टेटमेन्ट दर्ता गर्नुहोस।

नि: शुल्क

इ- स्टेटमेन्ट तपाईको इ-मेल ठेगाना कुनै अतिरिक्त शुल्क विना पठाइनेछ ।

तपाईको खाताको विवरणको विद्धुतीय स्वरुप हो।

यो नि: शुल्क सेवा हो जस अन्तर्गत तपाईको पीडिएफ फर्म्याटमा गोप्य रखिएको ई-स्टेटमेन्ट हामी तपाईको ई-मेलमा पठाउछौ ।

कुनै शुल्क तिर्नुपर्दैन किनकी यो सेवा स्टाण्डर्ड चार्टर्डका सम्पूर्ण ग्राहकहरुलाई नि:शुल्क छ।

यसको लागि तपाईले हाम्रो ग्राहक सेवा केन्द्रमा जुनसुकै समय सम्पर्क गर्नसक्नु हुनेछ ?

तपाईको सेवाको दर्ता प्रक्रिया सम्पन्न भए पश्चात् तपाईको ई-मेल ठेगानामा वेलकम ई-मेल पठाइन्छ

तपाईले आफ्नो खाता र क्रेडिट कार्ड सम्बन्धि ई- स्टेटमेन्ट हरेक महिना प्राप्त गर्नहुनेछ। तपाईले खाता सम्बन्धि ई- स्टेटमेन्ट दैनिक, साप्ताहिक, मासिक र अर्ध-मासिक रुपमा पनि प्राप्त गर्न सक्नहुनेछ।

अर्को विवरण मिति पछि हामी तपाईलाई कागजी विवरण पठाउन बन्द गर्नेछौ।

यो जरुरी छ। जतिबेला तपाईले ई-स्टेटमेन्ट ई-मेलमा खोल्नुहुनेछ त्यति बेला पासवोर्ड जरुरी हुन्छ।

खाताको ई-स्टेटमेन्टको लागि डिफल्ट पासवोर्ड सात अंकहरुले बनेको हुन्छ। यस्ता अंकहरुबाट आंशिक रुपले तपाईको खाता नम्बर पनि बनेको हुन् जस्तै यदि खाता नम्बर ०१ XXXXXXX १२ हो भने , पासवोर्ड XXXXXX.
क्रेडिट कार्डको ई-स्टेटमेन्टको (मुख्य कार्डवाला) लागि डिफल्ट पासवोर्ड यी दुई प्रकारका जानकारीके बनेको हुन्छ : १. तपाईको जन्म मिति २) तपाईको क्रेडिट कार्डको अन्तिम आठवटा अंकहरु जस्तै यदी तपाई सन् १९७० को फेब्रुअरी २५ मा जन्मनु भएको हो भने तपाईको काक्रेडिट कार्ड नम्बर ९८७६ -५६७८ -४५६७ – १२३४ र पासवोर्ड २५०२७०४५६७१२३४ हुनेछ।

अनलाइन बैंकिंग/एससी मोबाइल एप मार्फत् अनुरोध गरी तपाईले आफ्नो ई-मेल ठेगाना परिवर्तन गर्न सक्नहुनेछ।

कृपया एड़ोब एक्रोब्याट रिडर भर्जन ६.० वा यो भर्जन भन्दा बढी प्रयोग गरी आफ्नो गोप्य रुपमा राखिएको खाता सम्बन्धि ई-स्टेटमेन्ट र ८.१.२ वा सो भन्दा बढी प्रयोग गरी क्रेडिट कार्ड सम्बन्धि ई-स्टेटमेन्ट खोल्न सक्नुहुनेछ। माथि सिफारिश गरिएको भन्दा कम भर्जन प्रयोग गरी आफ्नो ई-स्टेटमेन्ट खोल्न/ प्रिन्ट गर्न सकिने छैन। www.adobe.com मार्फत् तपाईले पछिल्लो एड़ोब एक्रोब्याट रिडर भर्जन डाउनलोड गर्न सक्नुहुनेछ।

तपाईले विद्धुतीय विवरणको सट्टामा कागजी विवरण प्राप्त गर्न सक्नुहुनेछ। यसको लागि अर्को ई-स्टेटमेन्ट प्राप्त गर्ने मितिको १५ दिन पूर्व अनुरोध गर्नु पर्नेछ।

सम्भावित स्प्याम फिल्टरिङ्गबाट बच्न कृपया आफ्नो दर्ता भएको ई-मेल खाताको येथेष्ठ क्षमता भए/ नभएको निक्यौल गरी आफ्नो सम्पर्क सूचीमा (कन्ट्याक्ट लिस्टमा) स्ट्याण्डर्ड चार्टर्डको ई-मेल ठेगाना- Global.E-Statement-MESA@sc.com / eStatement.nepal@sc.com समावेश गर्नुहोस्।

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED