तपाईले अब स्टाण्डर्ड चार्टर्डको क्रेडिट वा डेबिट कार्ड ढुक्क भई प्रयोग गर्न सक्नु हुनेछ।

थप सुरक्षित अनलाइन खरिदको लागि वान-टाइम पासवर्ड

3D Secure

मुख्य फाइदाहरु

मुख्य फाइदाहरु
मुख्य फाइदाहरु
  • अब तपाईले स्टाण्डर्ड चार्टर्ड डेबिट वा क्रेडिट कार्ड सुरक्षित किसिमले अनलाइन खरिदको लागि प्रयोग गर्न सक्नु हुनेछ।
  • बैंकले तपाईको मोबाइल नम्बर र ई-मेलमा पठाइएको वान-टाइम पासवर्डको प्रयोग विना “भेरिफाइड बाइ भिसा” को व्यवस्था भएका वेब साइटहरु मार्फत् गरिएका कारोबारहरूलाई आधिकारिक मानिने छैन । यस्तो सुरक्षा सम्बन्धि नियमले तपाईको डेबिट वा क्रेडिट कार्डको दुरुपयोग भई ठगी हुने सम्भावना न्यून हुन्छ।

यसले कसरी काम गर्दछ?

यसले कसरी काम गर्दछ?

यो नँया विशेषताले “भेरिफाइड बाई भिसा” चिन्ह भएका वेबसाइट मार्फत् तपाईले स्टाण्डर्ड चार्टर्डको क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी अनलाइन शपिंग गर्दा समुच्च सुरक्षा प्रदान गर्दछ। एसएमएस/मोबाइलको प्रमाणीकरणको लागि थप प्रक्रिया भएको यस विशेषताले केवल तपाईलाई कार्डवालाको हैसियतले अनलाइन खरिद सम्पन्न गर्न मद्दत गर्दछ।

१. अनलाइन खरिद गर्नुहोस्
२. भुक्तानी गर्ने समय स्टाण्डर्ड चार्टर्डको डेबिट /क्रेडिटको विवरण प्रविष्ट गर्नुहोस्।
३. आफ्नो मोबाइल र ई-मेलमा One-Time पासवर्ड प्राप्त गर्नुहोस्।
४ स्क्रिनमा One-Time पासवर्ड प्रविष्ट गर्नुहोस्।
५ कारोबार सम्पन्न भयो।

  • यदि तपाईले One-Time पासवर्ड (ओटिपी ) प्राप्त गर्नु भएन भने कृपया नजिकको शाखा कार्यालय गई आफ्नो मोबाइल नम्बर र / वा ई-मेल ठेगाना अध्यावधि गनुहोस्।
  • भुक्तानी पेजको माथि रहेको पप-अप विन्डोमा One-Time पासवर्ड (ओटिपी )मा One-Time पासवर्ड (ओटिपी ) प्रविष्ट गर्न आवश्यक भएकोले कृपया आफ्नो ब्राउजरको पप-अप विन्डो “इनेबल” गर्न नबिर्सनुहोला।
  • तपाईको भिसा क्लासिक क्रेडिट कार्ड , भिसा प्लेटिनम क्रेडिट कार्ड र भिसा प्लेटिनम डेबिट कार्ड नेपाल, भारत र भुटानमा मात्र अवस्थित/ दर्ता भएका मर्चेन्टहरुलाई अनलाइन भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ।
  • तपाईको अमेरिकी मुद्रा प्रि-पेड कार्ड नेपाल , भारत र भुटान बाहेक अन्य सबै मुलुकहरुमा अवस्थित/ दर्ता भएका मर्चेन्टहरुलाई अनलाइन भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ ।

बारम्बार सोधिने प्रश्नहरु

थ्रीडी सेक्युर नि: शुल्क सेवा हो जसले तपाईलाई सुरक्षित तवरले डेबिट/क्रेडिट कार्ड मार्फत् अनलाइन कारोबार गर्न मद्दत गर्दछ। थ्रीडी सुरक्षा भएको व्यापारिक वेबसाइटहरुमा मात्र यो सेवा उपलब्ध छ । इन्टरनेट मार्फत् गरिने खरिदमा सम्भावित ठगी हुन नदिन भेरिफाइड बाई भिसाको पासवर्ड ग्राहकको प्रमाणीकरणको लागि प्रयोग हुन्छ।

स्टाण्डर्ड चार्टर्डको भिसा कार्ड अनलाइन भुक्तानीको लागि प्रयोग गर्दा भीबिभीले थप सुरक्षाको प्रत्याभूति गर्दछ। भीबिभी सेवा प्रदान गर्ने अनलाइन विक्रेता आधिकारिक/ वैध हुने कुरामा निश्चिन्त हुनुहोस्। प्राइभेट कोडको अर्थ अनलाइन भुक्तानी गर्दा तपाईको कार्डको अनधिकृत प्रयोग विरुद्ध थप सुरक्षा हो। इलेक्ट्रोनिक कारोबार गर्दा केवल तपाईले मात्र आफ्नो कार्डको प्रयोग गर्न पाउने अधिकार प्रत्याभूति गर्दै भीबिभीले तपाईको अहिलेको भिसा कार्डको सुरक्षा गर्दछ। यस्तो व्यवस्था तपाईको कार्डमा स्वचालित ढंगले हुन्छ।

One-time पासवोर्ड (ओटिपी ) भनेको जुन कम्प्युटर वा अन्य डिजिटल उपकरण बाट गरिने एक चोटिको कारोबारको लागि मात्र प्रयोग गर्न सकिन्छ। प्रमाणीकरण कोलागी One-time पासवोर्ड तपाइको मोबाइल एसएमएस वा/र इ -मेल ठेगाना मा पठाइन्छ ।

यसको लागि दर्ता गर्नुपर्दैन। यो व्यवस्था तपाईको कार्डमा स्वचालित रुपमा गरिएको छ। हाम्रो रेकर्डमा भएको तपाईको मोबाइल नम्बर र/ अथवा इमेल ठेगाना पठाइने भएकोले कृपया आफ्नो सम्पर्क ठेगाना अपडेट गर्न नभुल्नु होला।

यसको लागि अनलाइन बैंकिंग/एससी मोबाइल एप मार्फत् अनुरोध गर्नुहोस अथवा आफ्नो नजिकको शाखामा सम्पर्क गर्नुहोस्

पर्दैन, यो सेवा नि: शुल्क छ।

पर्दैन, यो व्यवस्था तपाईको कार्डहरुमा स्वतः गरिएको छ।

अवश्य हुन्छ। तपाईको कार्ड विवरण सुरक्षित सर्भरमा गुप्त ढंगले भण्डार गरिएको गरिएको हुन्छ।

पर्दैन

तीन पटक सम्म गलत ओटिपी प्रविष्ट भएको खण्डमा कारोबार असफल हुन्छ। त्यसपछि तपाईले फेरी कारोबार शुरु गर्नुपर्ने हुन्छ।

तपाईले आफ्नो मोबाइल नम्बर र/ वा इ-मेल मार्फत् One-time पासवोर्ड (ओटीपी) स्वत: रुपमा प्राप्त गर्नु हुनेछ।

थ्रीडी सेक्युर ओटिपि पेजमा जानु ८ मिनट अघि पासवोर्डको प्रयोग अवधि सकिनेछ।

तपाईले थ्रीडी सेक्युर व्यवस्था नअपनाएका व्यापारिक साइटहरू मार्फत् कारोबार गर्दा तपाईलाई पासवोर्डको लागि आग्रह गरिदैन । केवल यस्तो व्यवस्था अपनाएका व्यापारिक साइटहरूमा प्रमाणीकरण प्रयोजनको लागि पासवोर्डको आवश्यक पर्दछ ।

यदि त्यस्तो विक्रेताले थ्रीडी सेक्युर अपनाएको भए तपाईले साइटमा भेरिफाइड बाई भिसा सेक्युर कोडको लोगो देख्न सक्नुहुनेछ।

थ्रीडी सेक्युर व्यवस्था नअपनाएका व्यापारिक साइटहरू मार्फत् तपाईले अनलाइन खरिद गर्न सक्नुहुनेछ । थ्रीडी सेक्युर व्यवस्था अपनाएका व्यापारिक साइटहरू मार्फत् तपाईले ओटिपी विना कारोबार सम्पन्न गर्न सक्नुहुन्न । तपाईको मोबाइल नम्बर/ इ-मेल ठेगानामा परिवर्तन भएमा वा तपाईले आफ्नो मोबाइल नम्बर/ इ-मेल ठेगाना स्टाण्डर्ड चार्टर्ड बैंकमा दर्ता नभएमा कृपया अनलाइन वा हाम्रो शाखा मार्फत् आफ्नो सम्पर्क ठेगाना अध्यावधि गर्नुहोला।

थ्रीडी सेक्युर अपनाएका विक्रेताहरुसँग कारोबार गर्दा ओटिपी जरुरी हुन्छ। तर पनि तपाईले थ्रीडी सेक्युर नअपनाएका विक्रेताहरुसँग कारोबार गर्न सक्नुहुनेछ।

ब्लक गरिएको स्ट्याटसको रिसेट गर्न कृपया फोन नम्बर +९७७ १ ४७९१८००/ ५४२४१९८ डायल गरी हामीसँग सम्पर्क गर्नुहोस। बैंकले तपाईको परिचयको प्रमाणीकरण गरे पश्चात मात्र ब्लक गरिएको स्ट्याटसको रिसेट हुने/ नहुने निर्णय गर्नेछ।

ओटिपी प्रप्त गर्न बिलम्ब हुन सक्छ किनकी तपाईंलाई ओटिपी पठाउंदा तपाईंको फोन
सेवा प्रदायक वा ईमेल सेवा प्रदायक मा निर्भर गर्छ । ओटिपी प्रप्त गर्नको लागि
तपाईंको ईमेल र मोबाइल नम्बर बैंकको रेकर्डमा अद्यावधिक हुन आवश्यक छ ।

थ्रीडी सेक्युरले तपाईलाई ओटिपी प्राप्त गर्न प्रोत्साहित गरी अनलाइन कारोबारलाई थप सुरक्षित बनाँउन मद्दत गर्दछ। यसले वास्तविक क्रेडिट/डेबिट कार्डवालानै अनलाइन कारोबार गर्ने व्यक्ति भएको प्रमाणीकारण गरी सम्भावित ठगीबाट बचाँउछ ।

यस्तो हुदैन किनभने यो सेवाले केवल सेसन कुकिस प्रयोग गर्दछ जुन तपाईको कम्प्युटरमा अस्थायी रुपमा फाइल भई तपाईले log out गरेको खण्डमा अथवा कनेक्सन अवरोध भएमा आफै डिलिट हुन्छ ।

तपाईले यी कुराहरु गनुहोस : अनलाइन व्यापारीले भेरिफाइड बाई भिसाको सेक्युर कोड अपनाएको/ नअपनाएको निश्चित गर्नुहोस। तपाईको सिस्टम ब्लक पप-अप हुने/ नहुने पनि निश्चित गर्नुहोस। आवश्यक परेको खण्डमा ब्लक पप-अप गर्ने सफ्टवेयर बन्द गर्नुहोस।

कृपया +९७७ १ ४७९१८००/ ५४२४१९८ नम्बरमा कल गरी हामीलाई सम्पर्क गर्नुहोस।

अवश्य सक्नुहुन्छ। तपाईलाई कुनै विशेष खालको सफ्टवेयर इन्स्टल गर्नु पर्दैन। तपाईले सदैव थप सुरक्षाका साथ अनलाइन भुक्तानी गर्न सक्नु हुन्छ ।

पर्दैन, ओटिपिको प्रयोग केवल थ्रीडि सेक्युर सपोर्ट गर्ने अनलाईन मरचेन्ट सित करोबार गर्दा मात्रै आवश्यक हुन्छ ।

यस्तो अवस्थामा ओटिपी सप्लिमेंनटरी कार्डहोल्डरको दर्ता भएको मोबाइल नम्बरमा पठाइन्छ। यही कारणले हामी तपाईलाई सप्लिमेंनटरी कार्डहोल्डरको सम्पर्क ठेगाना नजिकको हाम्रो शाखामा गई अपडेट गर्न सुझाव दिन्छौ।

यसो गर्न सकिदैन। ६ अंक हुने हरेक ओटिपी एक पटकको कारोबारको लागि मात्र प्रयोग गर्न सकिन्छ।

तपाईले कार्ड सम्बन्धि जानकारी प्रविष्ट गरी कारोबार सुरु गर्ने बित्तिकै तपाईको हाम्रो अभिलेखमा भएको मोबाइल नम्बर र/ वा इ -मेल ठेगानामा ओटिपी पठाइन्छ। यदि तपाईले ओटिपी प्राप्त गर्नु भएन भने कृपया बैंकमा दर्ता भएको आफ्नो मोबाइल नम्बर/इ-मेल ठेगाना सही भए/नभएको निश्चित गर्नु होस्। यदि यो सही सावित भएमा स्क्रिनको तल उल्लेखित संदेशमा देखिएको लिंकमा क्लिक गरी ओटिपी पुन: पठाउन अनुरोध गर्नसक्नु हुनेछ। पुन: पठाइएको ओटिपि लिंक पहिलो ओटिपी पठाइएको ३० सेकेन्ड भित्र एक्टिभेट हुनेछ।

प्रत्येक कारोबारमा तीन पटकसम्म तपाईले ओटिपी पठाउँन अनुरोध गर्न सक्नुहुनेछ। यदि तीन पटकसम्म पठाउँदा पनि तपाईले पासवोर्ड प्राप्त गर्नु भएन भने फेरी कारोबार शुरु गर्नुपर्ने हुनसक्छ।

हाम्रो  अभिलेखमा भएको तपाईको मोबाइल नम्बरमा हामी ओटिपी पठाँउछौ। यदी तपाई विदेशी  मोबाइल सेवा प्रयोग गरी रहनु भएको छ भने यस्तो सेवामा अन्तर्राष्ट्रिय एसएमएस सुविधा नहुनसक्छ।  तर पनि ओटिपी तपाईको दर्ता भएको इ-मेल ठेगानामा विकल्पको रुपमा पठाइन्छ। यस सम्बन्धि विस्तृत जानकारीको लागि कृपया  आफ्नो मोबाइल सेवा प्रदायक र  / वा  हार्डवेयर आपूर्तिकर्तासँग सम्पर्क गर्नुहोस्।

नेपालस्थित स्टाण्डर्ड चार्टर्ड  बैंकले (“बैंक”) प्रदान गरेको One-time पासवोर्ड (ओटिपी) सेवामा विभिन्न नियम तथा शर्तहरु लागू हुने भएकोले कृपया यसलाई ध्यानपूर्वक पढ्नुहोस्।

  • नियम तथा शर्तहरु निम्न प्रकारका छन्
  • “कार्ड” भन्नाले बैंकद्वारा जारी डेबिट वा क्रेडिट कार्ड जनाउदँछ।
  • “क्रेडिट  कार्ड टर्म” भन्नाले   तपाई र बैंक बीच समय समयमा कार्यान्वयन भएको सहमतिलाई   जनाउदँछ जसले तपाईको सेवा अनुसार कार्ड प्रयोग गर्ने नियम लाई जनाउदँछ।
  • “हामी”, “हाम्रो” र “हामीलाई” जस्ता शब्दहरुले स्टाण्डर्ड  चार्टर्ड बैंकले (नेपाल) तर्फबाट सेवा प्रवाह गर्ने एजेन्सी, एजेन्ट र/अथवा अर्कोट सिस्टम्स इन्कर्पोरेसन (Arcot Systems Inc. or its affiliates) र यसका अन्तर्गतका निकायहरुलाई जनाउदँछ।
  • “तपाई, “तपाईलाई” र “तपाईको” जस्ता शब्दहरुले सेवा उपभोग गर्ने कार्डवालालाई जनाउदँछ।

१  नियमको पालना

  • तपाईको सेवा सम्बधि प्रवधानलाई कार्ड प्रयोगको नियम तथा शर्तहरुले निर्धारण गर्नेछ। हामीलाई   समय सयमा  नियम तथा शर्तहरु परिवर्तन गर्ने अधिकार छ।  हाम्रो वेबसाइट वा अन्य कुनै माध्यमद्वारा  पूर्व सूचना दिएर यस्ता परिवर्तन गरिनेछ। लागू गरिएको नियम तथा शर्तहरु, वेबपेज मार्फत्  तपाईले जुनसुकै समय पढ्न  सक्नहुनेछ।  त्यसैगरी, तपाईले बैंकको वेबसाइटमा समय समयमा पोष्ट  गरिएको सेवा सम्बन्धि नियम र निर्देशिकाको पालना गर्नुपर्नेछ।
  • नियम तथा शर्तहरुमा  कुनै  नँया परिवर्तन/ संशोधन भएमा तपाईलाई बैंकको वेबसाइट वा अन्य कुनै मध्यमबाट समस्याबारे जानकारी गराइनेछ। यस  पश्चात् तपाईले सेवाको निरन्तर उपभोग गर्नु  भएमा त्यस्ता परिवर्तन/ संशोधन प्रति तपाईको सहमति छ भन्ने अर्थ लाग्नेछ।
  • नियन्त्रण भन्दा बाहिरको कारणले गर्दा बैंक अथवा आर्कोटलाई  एसएमएस  पठाउन  कठिन हुन सक्छ वा एसएमएस प्राप्तिमा ढिलाई हुन सक्छ । यस सम्बन्धमा  तपाईको कुनै आपत्ति हुनेछैन।
  • सेवालाई परिष्कृत,परिमार्जित वा परिवर्तन गर्ने सम्बन्धि कुनै पनि नँया प्रावधान नियम तथा शर्तहरु बमोजिम लागू हुनेछ।
  • पूर्व सूचना सहित वा यस विना बैंकद्वारा सम्पूर्ण सेवालाई  (वा यसको केहि अंश मात्र )  स्थायी वा अस्थायी  रुपमा परिवर्तन वा बन्द गर्न सक्नेछ।

२.  स्वीकृति

  • यो सेवा मार्फत् अनलाइन कारोबार गर्दा ओटीपी  (OTP) तपाईको मोबाइल फोन र/अथवा ई-मेलमा पठाइनेछ। अनलाइन कारोबार ओटीपीको (OTP) प्रयोग पछि मात्र समन्न हुनेछ। यो सेवा बैंकमा आफ्नो  मोबाइल फोन नम्बर र ई-मेल ठेगाना आधिकारिक रुपमा दर्ता/ अध्यवादी गरेका कार्डवालाहरुले  मात्र उपभोग गर्न सक्नेछन।  यो सेवाको लागि दर्ता गर्नु आवश्यक छैन। तपाइँसंग ओटिपि उपलब्ध नभएको खण्डमा वा उपलब्ध भएको ओटिपिद्वारा सेवा संचालन नभएमा बिक्रेताले भुक्तानीको लागि तपाइको कार्ड भुक्तानी अस्विकार गर्न सक्छ। यदि  तपाईले यस्तो अस्विकारबाट कुनै हानि नोक्सानी  व्यहोर्न परेमा  बैंक र आर्कोट जवाफदेही हुनेछैन।
  • आफ्नो पहिचानको प्रमाण स्वरुप तपाई यो सेवा  प्रयोग गर्न सहमत हुनुहुन्छ।

३.  गोपनियता सम्बन्धि नीति

  • यो सेवा प्रयोग गर्नु भनेको  तपाईले हामीलाई तपाई र तपाईको कार्ड सम्बन्धि सूचना हामीद्वारा छानिएका ग्राहक  क्रेडिट ब्युरो र ग्राहक सम्बन्धि रिपोर्टिंग एजेन्सी जस्ता तेश्रो पक्ष मार्फत् हासिल गर्ने अनुमति दिनु सरह हो ।

४.  सुरक्षा

  • *यो सेवा (“सेक्युरिटी डाटा”) प्रयोग गर्दा आफ्नो कार्ड नम्बरको गोपनियता एवं अन्य गोप्य सूचनाको सुरक्षा गर्न तपाई मन्जुर हुनुहुन्छ कुनै पनि तेश्रो पक्षलाई सेवा बिक्री र हंस्तान्तरण नगर्न पनि तपाई सहमत हुनुहुन्छ। यदि तपाईले आफ्नो सेक्युरिटी डाटा कुनै अन्य व्यक्तिलाई प्रयोग गर्न दिनु भयो वा यसबारे जानकारी दिनुभयो भने सेवा मार्फत् गरिएका कारोबारहरुको कारण सिर्जित हानि नोक्सानी तपाई स्वयंनै भाग ४ (घ) को प्रावधान बमोजिम व्यहोर्नुपर्नेछ।
  • यदि तपाईको अनधिकृत/अवान्छनीय कार्यहरुमा (जस्तै आफ्नो सेक्युरिटी डाटाको लिखित रेकर्ड राख्ने,सेक्युरिटी डाटालाई कुनै अन्य व्यक्तिबाट गोप्य राख्न कुनै प्रयास नगर्ने,नियम तथा शर्तहरुमा उल्लेखित सुरक्षा सम्बन्धि कुनै दायित्व वहन नगर्ने वा हामीलाई आफ्नो सेक्युरिटी डाटा अन्य व्यक्तिले थाहा पाएको वा थाहा पाउने सम्भावना भएको सम्बन्धि जानकारी गराउन ढिलाई गरेमा ) संलग्नता भएमा यस्ता क्रियाकलापहरुबाट सिर्जित क्षति तपाईले पूर्ण वा आंशिक रुपमा व्यहोर्नु पर्नेछ।
  • यदि कार्ड हराएमा वा यसको भेरिफिकेसन सम्बन्धि सूचनाको अनधिकृत प्रयोग भएमा वा सुरक्षा सम्बन्धि प्रावधान पालन नभएमा, हामीलाई तुरुन्त खबर गर्न तपाई सहमत हुनुहुन्छ।
  • नियम तथा शर्तहरु अनुसार तपाई निम्न उल्लेखित कारणहरुले गर्दा भएको क्षतिलाई जिम्मेवार ठहर्नु हुनेछैन
    • हाम्रा कर्मचारीहरु वा अन्य सेवा संग सम्बन्धित पक्षहरुद्वारा गरिएको ठगी वा अन्य गैरजिम्मेवारपूर्ण क्रियाकलाप
    • सेवा सम्बन्धि प्रणाली लगायत अन्य त्यस्तै प्रणालीमा आएको प्राविधिक समस्याबारे बैंकले खबर नगरेमा
    • तपाईले सेक्युरिटी डाटा प्राप्त गर्नुपूर्व अनधिकृत कारोबार भएमा वा
    • अन्य प्रकारका कारोबार जसमा प्रष्ट रुपले तपाई क्षतिको भागेदार हुनुहुदैन।

५. तपाईको आचरण :

तपाईद्वारा निम्न उल्लेखित क्रियाकलापहरु हुनेछैन भन्ने कुरामा तपाई मन्जुर हुनुहुन्छ

  • सेवाउपभोग गरिरहेका अन्य व्यक्ति वा इकाईको नाममा आफूलाई प्रस्तुत गर्ने
  • सेवासंचालनको लागि प्रयोग गरिएका कम्प्युटरका हार्डवेयर , सफ्टवेयर र अन्य टेलिकम्युनिकेसन सम्बन्धि उपकरणलाई क्षति वा नकारात्मक प्रभाव पार्ने सफ्टवेयर भाइरस वा अन्य कम्प्युटर प्रोग्राम, कोड, फाइल भएका सामग्री अपलोड, पोष्ट र ई-मेल गर्ने
  • बैंककोवेबसाइट र सेवामा अवान्छनीय /अनावश्यक सामाग्रीहरु पठाउने (इस्प्याम गर्न)
  • सेवाको(वेबसाइट र सफ्टवेयर सहित) कुनै पनि अंश ढाँचा परिवर्तन र बिक्री लगायत उस्तै प्राविधिक विशेषता भएको अर्को (नक्कली) कार्ड बनाउन। यसको अतिरिक्त सेवाको (वेबसाइट र सफ्टवेयर सहित) कुनै पनि अंश/भागको प्रयोग गर्ने अनुमति अन्य व्यक्तिलाई दिने र यसलाई भाग-भागमा छुट्याउने ।
  • सेवामासमाहित भएका प्रतिलिपि अधिकार, ट्रेड मार्क र अन्य त्यस्तै अधिकार सम्बन्धि सूचनाहरु हटाउने
  • बैंकर आर्कोट दुवैको लिखित अनुमति विना सेवाको (वेबसाइट सहित ) कुनै पनि अंशको “फ्रेम” वा “मिरर” गर्ने
  • रोबोट, स्पाइडर, साइटसर्च/ रिट्रीभल एप्लिकेसन वा अन्य यान्त्रिक/गैर यान्त्रिक उपकरण वा प्रक्रिया मार्फत् इन्डेक्स र डाटा प्राप्त गर्ने । सेवा (वेबसाइट सहित ) वा यसको अन्तरवस्तुको न्याभिगेसन सम्बधि संरचना वा प्रस्तुतिको नक्कल गर्न वा यसमा अवरोध पुर्याउने ।
  • सेवासंगजोडिएको सर्भर र नेटवर्कलाइ हानि पुर्याउन वा नियम तथा शर्तहरु लगाय त अन्य सेवा सम्बन्धित नीति, नियम, विधि र नियमावलीको उलंघन गर्ने
  • स्थानीय, प्रादेशिक, राष्ट्रियवा अन्तराष्ट्रिय विधान र नियमावली लगायत अन्य न्यायिक र प्रशासनिक प्रावधानको  जानी/नजानी उलंघन गर्ने / आर्कोटद्वारा सेवाको प्रयोग सम्बन्धि प्रतिपादित नियम र कानुनी व्यवस्थाहरुको (जुन प्रचलित कानुन अन्तर्गत पर्दछन )पालना नगर्ने।

६. हाम्रो दायित्व

  • नियमतथा शर्तहरुले कुनै पनि दायित्वलाई निषेध गर्दैन : प्रचलित कानुनले पनि यसको प्रत्याभूति गरेको छ।
  • प्रचलितकानुनले अनुमति दिएको हदसम्म
    • सेवाको सम्बन्धमा न बैंक न त आर्कोटलेमै प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कुनै पनि प्रकारको वारेन्टी प्रदान गर्ने छैन।
    • सेवाको परिवर्तन, निलम्बन वा बन्दको भएमा बैंक र आर्कोट तपाई वा अन्य कुनै तेश्रो पक्ष प्रति जवाफदेही हुनेछैन। यसमा तपाईको पूर्ण सहमति छ।
    • तपाईको सेवाको जस्तोसुकै प्रयोगको सम्बन्धमा बैंक र आर्कोट कुनै पनि हालतमा जिम्मेवार हुनेछैन। यसमा तपाईको पूर्ण सहमति छ।
    • डेबिट /क्रेडिट कार्ड को टर्ममा अन्य अर्थ दिने प्रावधान उल्लेख भएको अवस्था बाहेक अन्य सबै अवस्थाहरुमा तपाईले नियम तथा शर्तहरु पालना नगरेको कारण हुन गएको क्षति प्रति बैंक जवाफदेही हुनेछैन।
    • सेवाको प्रयोगले निम्त्याएको कुनै प्रकारका क्षति वा नाफामा गिरावट वा व्यापारमा अवरोध प्रति बैंक र आर्कोट कुनै पनि हालतमा जिम्मेवार हुनेछैन। ठेक्का सम्झौता, वैधानिक प्रावधानको उलंघन (टर्ट ) वा अन्य जुनसुकै विषयसंग सम्बन्धित हुन सक्ने यस्ता क्षति र नोक्सानीबारे बैंकलाई आवश्यक जानकारी हुन पनि सक्छ र नहुन पनि सक्छ।
    • तपाईले सेवा प्रयोग गर्ने दौरानमा कम्प्युटर सफ्टवेयर, डाटा, टेलिकम्युनिकेसन र सम्बन्धित उपकरणमा उब्जन सक्ने क्षति र नोक्सानी प्रति हामी उक्त सेवाको प्राविधिक प्रकृतिको कारणले जवाफदेही हुनेछैनौ।
    • यस सेवाको (वेबसाइट सहित ) डाउनलोड गर्दा वा प्रयोग गर्दा तपाईको कम्प्युटर वा अन्य उपकरणमा भाइरसले कुनै प्रकारको क्षति पुर्याएमा बैंक र आर्कोट दुवै जिम्मेवार हुनेछैन।

७. मर्चेन्टहरुसंगको  कारोबार

  • तपाईले यो बुझ्न जरुरी छ कि यो सेवाको प्रयोगको अर्थ हामीले कुनै मर्चेन्टलाई (चाहे उनीहरुलाई ओटिपि आवश्यक परोस् वा नपरोस्) सिफारिश वा अनुमोदन गरेको होइन। उदाहरणको लागि बैंकले मर्चेन्टहरुको परिचय प्रमाणित गर्ने वा उनीहरुको सेवाहरुको गुणस्तर अनुमोदन गर्दैन।
  • *यो सेवा केवललाई सम्बन्धित अनलाइन मर्चेन्टसंग शपिंग गर्दा मात्र प्रयोग गर्न सकिन्छ।
  • यदि हाम्रो आन्तरिक रेकर्ड र तपाईको कार्ड सम्बन्धि जानकारी वा सम्बन्धित खाता वा कार्डको प्रयोग बीच वैधानिक र अन्य दृष्टिकोणले एकरुपता नभएमा, उल्लेखित आन्तरिक रेकर्ड नै मान्य हुनेछ।

८. उमेर र जिम्मेवारी

  • यो सेवा प्रयोग गर्न तपाईको कानुनी रुपले उमेर पुगेको र तपाईमा यस्तो प्रयोग सम्बन्धि कानुनी दायित्वहरु वहन गर्ने क्षमता हुनुपर्दछ। प्रचलित कानुन वा डेबिटक्रेडिट कार्ड सम्बन्धि टर्ममा फरक अर्थ लाग्ने प्रावधान उल्लेख नभएको खण्डमा तपाई सेवाको सबै प्रकारका प्रयोगहरुलाई वित्तिय रुपमा जिम्मेवार हुनुहुनेछ। यसैगरी ,तपाईद्वारा आफ्नो दर्ता तथ्यांक, पासपोर्ट र अन्य प्रमाणीकरण सम्बन्धि सूचना प्रयोग गर्नको लागि अनुमति प्रदान गर्नु भएको व्यक्तिको सम्बन्धमा पनि तपाई जिम्मेवार हुनुहुनेछ।

९. सम्पत्ति सम्बन्धि अधिकार

  • यो सेवा प्रतिलिपि अधिकार र संयुक्त राज्य एवं अन्य मुलुकहरुको कानुनद्वारा सुरक्षित छ । बैंक, आर्कोट र/वा यिनीहरुको आपूर्तिकर्ताहरुमा यो सेवा र सम्बन्धित विषयवस्तु, सूचना, वेब साइट, सफ्टवेयर र अन्य सामाग्रीहरु सम्बन्धि कानुनी र अन्य अधिकार अधिकार निहित हुनेछ।
  • यो सेवामा उल्लेखित केही नामहरु दर्ता गरिएका ट्रेडमार्कहरु हुन्। तपाईले यस्ता ट्रेडमार्कहरु र उस्तै देखिने अन्यचिन्हहरु यिनीहरुको स्वामित्व भएका व्यक्तिहरुको पूर्व अनुमति वेगर प्रयोग गर्ने पाउनुहुनेछैन ।

१०. हामीमा निम्न अवस्थाहरुमा यो सेवा रोक्का गर्ने अधिकार निहित छ :

  • यदिकार्डको खाता बन्द भएमा
  • कार्डवालाकोमृत्यु भएमा वा सम्झौता अनुरुप कार्य नगरेमा
  • कार्डवालाद्वाराकार्ड खाताको उचित ढंगले प्रयोग नगरेको खण्डमा वा
  • बैंकको आफ्नै स्वविवेकमा

११ कार्डवालालाई ३० दिने सूचना दिई सेवा सम्बन्धि शुल्क लिने अधिकार बैंकमा निहित छ।

  • १२ निलम्बन र रोक्का
    • बैंकले आफ्नो तजबिजमा सूचना नदिई कुनै पनि समय सेवा निलम्बन गर्ने अधिकार निहित छ। यस्तो निलम्बन तपाईको डाटाको सुरक्षा र अन्य त्यस्तै प्रयोजनको लागि हुन सक्छ। यसैगरी , तपाईको दर्ता भएको डाटामा तथ्यता , पूर्णता, सान्दर्भिकता र विश्वसनीयता नभएको शंका लागेमा वा सम्बन्धित प्राविधिक उपकरणको मर्मत सम्भारको लागि पनि हामी सेवा निलम्बन गर्न सक्छौ।
    • तपाईलाई यथोचित रुपमा सूचित गराई हाम सेवालाई रोक्का गर्न सक्छौ।

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED